सिन्धुपाल्चोकमा बस दुर्घटना, ठूलो संख्यामा हाताहाती भएको आशंका

सन्दर्भ तस्वीर

कालिञ्चाेक रिजर्भ गएर फर्किँदै गरेकाे बस सिन्धुपाल्चोकको मुडेमा दुर्घटना भएको छ ।

भक्तपुरबाट कालिन्चोक गएका तीर्थयात्रु बोकेको बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 


Advertisement

जिल्ला प्रहरी कार्यालयका अनुसार उद्धार कार्य भइरहेको छ । एक प्रहरी अधिकारीले भने, 'बस सडकबाट ५ सय मिटर तल खसेको हो । उद्धार कार्य भइरहेको छ । अहिलेसम्म पाँच जना घाइते भएका छन् । यति नै  जनाको मृत्यु भएको भन्ने जानकारी आएको छैन ।'

दुर्घटनामा ठूलो संख्यामा हाताहाती भएको अनुमान गरिएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्