×

NMB BANK
NIC ASIA

पौडेल पक्षलाई फकाउन निधिको दौडधूप

मंसिर २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा देखिएको पछिल्लो विवाद उत्कर्षमा पुगेका बेला उपसभापति विमलेन्द्र निधिले सहमतिका लागि दौडधूप तीव्र पारेका छन् ।

Muktinath Bank

आइतवार अपराह्न निधि शशांक कोइरालानिवास महाराजगञ्ज पुगे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रीय समिति बैठकमा १४ औं महाधिवेशनको कार्यतालिकालाई छलफलको सूचीमा नराखेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष 'फायर' भएको छ ।


Advertisment
Nabil box
Kumari

२६ गते बोलाइएको केन्द्रीय समिति बैठकमा संस्थापन पक्षले महाधिवेशनका बारेमा छलफल गर्न नचाहेको भन्दै पौडेलपक्षले बहिष्कार गरेको थियो ।

Vianet communication
Laxmi Bank

विवाद साम्य पार्न शनिवार सभापति शेरबहादुर देउवा उपसभापति विमलेन्द्र निधिलाई लिएर पौडेलनिवास बोहोराटारमा पुगेका थिए । पौडेलसँगको छलफलमा देउवाले महाधिवेशन कार्यतालिकाका बारेमा छलफल गर्न आफू तयार रहेको भन्दै आश्वस्त पार्न खोजे ।

तर आफ्नो असहमति रहँदा रहँदै पनि विभागको संख्या बढाएको भन्दै पौडेल सहमतिमा आउन मानेनन् ।

त्यसपछि नयाँ रणनीति तय गर्न पौडेल पक्षका नेताहरू शशांकनिवास महाराजगञ्जमा भेला भए । उक्त भेलामा संस्थापन पक्षले आफूलाई पेलेर जान खोजेको भन्दै नयाँ सहमति नभएसम्म केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय भएको थियो ।

शनिवार बेलुका नै प्रकाशमानसिंह निवास चाक्सीबारीमा अर्को सहमतिको प्रयास भयो । देउवा पक्षबाट निधि र पौडेलपक्षबाट सिंह लगायत अन्य नेताहरूले छलफल गरेपनि सहमति जुटाउन सकेनन् ।

सहमति जुट्न नसकेपछि आइतवार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक अन्योलमा परेको छ । अन्योल फुकाएर बैठक सुचारु गर्न निधि शशांक निवास महाराजगञ्ज पुगेका हुन् ।

भेटमा निधिले सहमतिका आधारमा अघि बढ्न आफूहरू तयार रहेको भन्दै शशांकलाई आश्वस्त पार्ने प्रयास गरे । यससानै नेवि संघ, तरुण दल, पार्टीका विभिन्न विभाग र महाधिवेशनको कार्यतालिका लगायतका बिषयमा सहमति गरेर अघि बढ्ने विषयमा कुराकानी भएको छ ।

कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले मङ्सिर २६ गते बिहीवारको बैठकमा प्रस्तुत गरिएका एजेण्डाका विषयमा सहमतिपूर्वक अघि बढ्नुपर्छ भन्नेमा उपसभापति निधि र महामन्त्री कोइराला सहमत भएको दाबी गरे ।

तर संस्थापन पक्षको चाला ठीक नभएको भन्दै पौडेल आइतवारै सपरिवार पाथिभरा घुम्न निस्केका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x