२६ जेठ २०८३, मंगलबार

दुई मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु

मंसिर २९, २०७६
दुई मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु

सिरहाको लहान–ठाडी सडकअन्तर्गत लहान नगरपालिका–२३ स्थित सडकमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको स.३प. ५३१९ र विपरीत दिशाबाट जाँदै गरेको स.६प. २६७६ नंको मोटरसाइकल आपसमा ठोक्ँिकदा स.३प ५३१९ नंको मोटरसाइकलका चालक लहान नगरपालिका–५ निवासी ४० वर्षीय सबिर अहमद नवाफको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते नवाफलाई उपचारका लागि लहान अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको शव लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ । सोही दुर्घटनामा परी लहान नगरपालिका–२४ गोविन्दपुर निवासी २१ वर्षीय राहुल भण्डारी र स.६प. २६७६ नंको मोटरसाइकल चालक लहान–२३ बथनाहा निवासी १८ वर्षीय रामशंकर यादव घाइते भएका छन् ।

घाइते दुवैलाई थप उपचारका लागि विराटनगर पठाइएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्