×

NMB BANK
NIC ASIA

छोराको ज्यान जोगाउँदा आमा जीवनमरणको दोसाँधमा

मंसिर २९, २०७६

NTC
Sarbottam
श्रीमानको कुटाइबाट गम्भीर घाइते मञ्जुदेवी खत्वे । तस्वीर : नानीमैया कटवाल/ रासस
Premier Steels
Marvel

जीउभरि कुटेको निलडाम, लाठीको चोटले बसेको सुम्लो, कुटाइले सुन्निएको अनुहार र शरीर, संवेदनशील अङ्ग (योनी)बाट रगत बगिरहेको देखिन्छ । बोल्न खाेज्छिन्, तर सक्दिनन्। पीडाले बेलाबेलामा बेहोस बनाउँछ। 

Muktinath Bank

गम्भीर घाइते अवस्थामा अस्पताल भर्ना भएकी तिलाठी कोइलाडी गाउँपालिका– ८ तोपाकी ३० वर्षीया मञ्जुदेवी खङ्ग यतिबेला जीवनसँग सङ्घर्ष गर्दै गर्दैछिन्। छिमेकीको सहयोगमा ११ वर्षीय जेठा छोरा अर्जुनले शनिबार उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराए। स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै चिकित्सकले उनलाई सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्ने भनेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मञ्जुको घरमा ११ र सात वर्षीय छोरा तथा पक्षघात बिरामी सासू छन्। आर्थिक अवस्थासमेत अत्यन्त कमजोर रहेकाले मञ्जुको सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउन सक्ने अवस्था छैन। छोराहरूलाई कुटपिटबाट जोगाउँदा आफ्नो यो हालत भएको मञ्जुले बताइन् गत शुक्रबार राति सधैँझैँ मातिएर आउने उनका श्रीमान् राजकुमार खङ्गले मुखमुखै लागेको भनी छोराहरूलाई कुटपिट गर्न थाले । 


Advertisment
Nabil box
Kumari

 'बुबा घर प्रवेश गरेपछि खुशी भएका कान्छा छोराले बिस्कुट मागे, जेठा छोराले आज माछा ल्याउने भन्नुभएको थियो, खोइ त ल्याएको भने”, मञ्जुले भनिन्, 'कुरा यति थियो, मादक पदार्थ र गाँजा सेवन गरी घर आएका श्रीमान्ले छोराहरूलाई नराम्रोसँग कुटन थालेपछि जोगाउन आफू अघि सर्दा रातभरि कुटाइ खाए ।' मागबमोजिम बिस्कुट र माछा ल्याउन नसकेका राजकुमारले छोराहरूलाई कुटपिट गर्न थालेपछि मञ्जु जोगाउन अघि सरेकी थिइन्। 'कमाएको जति सबै बाहिरै रक्सी खाएर उडाउने, छोराहरूले खानेकुरा माग्दा चाहिँ कुट्ने,' मञ्जुले प्रतिवाद गरिन्।

Vianet communication
Laxmi Bank

बुबा आउलान् अनि माछा भात पकाएर खाउँला भनी नाबालक छोरा राति अबेलासम्म आशा गरेर बसेका थिए। मञ्जुले पनि छोरालाई बुबा आएपछि पकाएर खानुपर्छ भनी आश्वासन दिएर पर्खाउनुभएको थियो तर रक्सी र गाँजाको नशामा मातिएर खाली हात आएका श्रीमान्ले अनाहकमा छोरालाई कुटेको देखेर रिस थाम्न नसकेकी मञ्जुले घरमा तरकारी ल्याउनुहुन्छ र पकाउँला भनेर हामी पर्खी बसेका छौँ, तपाईं भने कमाएको सबै रक्सी खाएर उडाउने भनेर कराइन्। 

 रक्सी खाएर बाहिरै पैसा उडाउने भए, घर किन आएको भनेपछि राजकुमारले छोेरालाई छाडी मञ्जुलाई कुटन थाले । लात, मुक्काले मात्र नभई लाठीले रातभरि कुटपिट गरेको मञ्जुले बताइन्। कुटपिटबाट मञ्जु बेहोस भइन्। सम्पूर्ण शरीरमा निलडाम र चोटपटक लागेको छ । मञ्जुलाई रातभरि बेहोस हुनेगरी कुटेका राजकुमार बिहानै फरार भएपछि जेठा छोरा अर्जुनले छिमेकीसँग हारगुहार गरी आमालाई राजविराजस्थित अस्पताल भर्ना गराए । राजकुमारलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।

 सुनसरी शिवगञ्ज भोक्रहाका बद्री शर्मा खत्वेकी छोरी मञ्जुको १६ वर्षको उमेरमा राजकुमारसँग बिहे भएको थियो । ससानो कुरामा धेरैपटक कुटाइ खाएको बताएकी मञ्जुले गहभरि आँसु पार्दै भनिन्, 'यसपटक बस्नसम्म नसक्ने गरी कुटपिट गर्नुभयो ।' ज्यानभरि नै चोटपटकको निलडाम रहेका र रगत बगिरहेको छ । 'अवस्था नाजुक भए पनि अन्यत्र जान नसक्ने भएपछि यहीँ अस्पतालमा उपचार गराइरहेका छौँ, सुधारोन्मुख हुने आशा छ.' अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले भने।  नानीमैया कटुवाल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x