निजगढ विमानस्थलको अवधारणापत्रः १० हजार रुख मात्र काट्नुपर्छ

द्रतमार्ग, विमानस्थल निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाइ गर्न नहुने बताएको छ। देशको आर्थिक गतिविधि तीव्र हुने भएकाले कुनै पनि निहुँ निकाली निर्माण कार्य ढिलाइ गर्न नहुनेमा समितिका पदाधिकारीहरुको जोड छ।
 
पूर्वसचिव एवं पूर्वाधारविद् वीरेन्द्रबहादुर देउजाले १८ वर्षअघि नै उक्त विमानस्थलका लागि सर्भे गरिएको जानकारी दिँदै नेपालको आर्थिक उन्नति तथा दीर्घकालीन हितसँग जोडिएकाले सो विमानस्थल निर्माणका लागि सबै सरोकारवाला पक्षले सहयोग गर्नुपर्नेमा जोड दिए।

दुईदशकअघि नै बारामा एउटा अन्तरराष्ट्रिय विमानस्थलको आवश्यकता महसुस गरी सरकारले अध्ययन थालेको बताउँदै पहिल्यै बन्नुपर्ने विमानस्थल दशकौँ बितिसक्दा पनि बन्न नसकेको उनीहरुको भनाइ थियो ।


Advertisement

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले त्रिभुवन विमानस्थलपछि निजगढ विमानस्थल अन्तरराष्ट्रियरुपमा सम्पर्क बढाउन दोस्रो भरपर्दो विमानस्थल हुने उल्लेख गर्दै त्यसका लागि दुई हजार हेक्टर वन क्षेत्रका रुख कटान गरिनुपर्ने आवश्यकता रहेको तथा जङ्गल क्षेत्रको दक्षिणपट्टीको ५५ किलोमिटर क्षेत्रमा तारबार बाँधिएको बताए।

उनले उक्त विमानस्थल निर्माणका लागि विवाद खडा गर्नु आवश्यक नभएको प्रष्ट पार्दै सरकारले पनि विमानस्थल निर्माण गर्ने कार्य अघि बढाउने तथा लगानीकर्ताको खोजी कार्य शुरु भएको बताए।


Advertisement

इञ्जिनीयर ओम शर्माले तयार पारेको अवधारणापत्रमा उक्त विमानस्थल निर्माण गर्दा पनि ७० प्रतिशत रुख सुरक्षित हुने तथा १० हजार रुख काट्नुपर्ने अवस्थामा रहेका उल्लेख भएको सो पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। राससको सहयोगमा

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्