चाबी बिर्सेको बहाना बनाएर प्रेमिकाको कोठामा बसेका प्रेमीले गरे बलात्कार

प्रतिकार्यात्मक तस्वीर।

२१ वर्षीय युवतीका प्रेमी उनको घर नजिकै बस्थे। एक दिन प्रेमीले भने, मैले घरको चाबी बिर्से, अभिभावकको फोन उठिरहेको छैन।’ त्यसपछि उनी आफ्नो प्रेमिकाको कोठामा बसे।

ब्रिटिस युवतीको भनाइ छ कि उनका प्रेमीले आफूलाई सन्चो नभएको र यौन क्रियाकलाप गर्न सक्ने अवस्थामा छैन। तर, राती प्रेमिकाको कोठामा बस्दा ठीक उल्टो घटना भयो।


Advertisement

द सनको रिपोर्ट अनुसार घटनापछि युवती निन्द्राबाट व्यूँझिदा कराउन थालिन।  २३ वर्षीय युवकले सत्य बताइदिए। उनी हेडन कस्टमर सर्विस इजरको रूपमा एक कम्पनीमा काम गर्थे।

जबकी युवती हेयर ड्रेसरको रुपमा काम गर्दथिन्।  घटनापछि युवती कयौँ दिनसम्म उक्त घटनाबारे साथी वा परिवारलाई बताउन सकिनन्।


Advertisement

त्यसपछि युवतीले लुकेर प्रेमिसँगको कुरा रेकर्ड गरिन, उक्त कुराकानीमा उनले आफूले बलात्कार गरेको स्वीकार गरेका थिए। र, युवती उजुरी लिएर प्रहरीकहाँ पुगिन्।
न्यूकैसल क्राउन कोर्टमा हेडनले अपराध स्वीकार गरिसकेका छन्।

र, अदालतले उनलाई ४ वर्ष जेल सजाय सुनाएको छ।  अदालतले ती युवकको नाम सेक्स अफेन्डरमा पनि लेख्न आदेश दिएको छ।
 

कमेन्ट गर्नुहोस्