८६२ डाक्टरले बिरामी जाँच्न नपाउने

सांकेतिक तश्वीर

नेपाल मेडिकल काउन्सिलले ८ सय ६२ चिकित्सकलाई तत्कालका लागि बिरामी जाँच्न अयोग्य ठहर गरेको छ । 

काउन्सिलले चारचार महिनामा लिने चिकित्सक लाइसेन्स (नाम दर्ता) परीक्षामा फेल भएकाले एमबीबीएस तथा बीडीएस उत्तीर्ण भए पनि उनीहरु बिरामी जाँच्न अयोग्य ठहरिएका हुन् ।


Advertisement

चार महिनापछि हुने परीक्षामा पास भएमा मात्रै उनीहरुले बिरामी जाँच्न पाउने काउन्सिलले जनाएको छ । अयोग्य घोषित हुनेमा एमबीबीएसतर्फका ६३१ र बीडीएसतर्फका २३१ जना छन् ।  यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

काउन्सिलले जारी गरेको सूचीमा एमबीबीएसतर्फ ४९ प्रतिशत अर्थात् ६०६ जना र बीडीएसतर्फ ४२ प्रतिशत अर्थात् १६८ जना पास भएका छन् । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्