२७ जेठ २०८३, बुधबार

स्वास्थ्यचौकी बनेपछि स्थानीय दंग

मंसिर ३०, २०७६
स्वास्थ्यचौकी बनेपछि स्थानीय दंग
सांकेतिक तश्वीर

दाङको दङ्गीशरण गाउँपालिका–२ गोल्टाकुरी स्वास्थ्यचौकीको नयाँ भवन निर्माण सम्पन्न भएको छ । नयाँ स्वास्थ्य भवनले  सहज  स्वास्थ्य सेवा पाउने भन्दै स्थानीय औधि खुशी भएका छन् । 

साथै उक्त भवनबाट प्रयोगशाला  सेवासमेत प्रदान गरिने चौकीले जनाएको छ । दुई तले उक्त भवनको भुइँतलामा आठ र पहिलो तलामा छ वटा कोठा रहेका छन् ।

डिभिजन कार्यालयका इञ्जिनीयर महेशबहादुर सिंहका अनुसार एक करोड ७७ लाखमा निर्माण पूरा भएको हो । गाउँपालिका अध्यक्ष भागीराम चौधरीले भवनको उद्घाटन गर्दै घर आगनमा जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न प्राथमिकता दिएको बताए । यसअघि जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रदान गरिँदै आइएको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्