×

NMB BANK
NIC ASIA

प्रत्यक्ष निर्वाचित सांसदलाई ६ करोड बाँड्ने कार्यक्रम खारेजीको मागसहित ३ सांसद सर्वोच्चमा

मंसिर ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका नाममा प्रत्यक्ष निर्वाचित सांसदहरूलाई पैसा बाँड्ने काम संविधान र संघीयताको मर्मविपरीत भएको जिकिर सहितको रिट बोकेर ३ सांसद सर्वोच्च अदालत पुगेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

कांग्रेस सांसदहरू प्रतिनिधि सभाका प्रकाश रसाइली स्नेही र रंगमती शाही तथा राष्ट्रिय सभाका प्रकाश पन्थले प्रत्यक्ष निर्वाचित सांसदहरूलाई ६ करोडका दरले पैसा बाँड्ने उक्त कार्यक्रम खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्न लागेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'स्थानीय तह र प्रदेश समेत रहेको अवस्थामा संघका सांसदहरूले नै पैसा बोकेर हिँड्ने कुरा मिलेन र सांसदहरूलाई ६ करोड बाँड्ने कुरा न्यायोचित पनि भएन त्यसैले रिट दायर गर्न लागेका हौं,' राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

संविधानले संघीय संसद्का सबै सांसदलाई एउटै हैसियत र एकै क्षमताको मानेको दाबी गर्दै उनले सांसदहरूलाई दुई/तीन वर्गमा वर्गीकरण गरिएको गुनासो पनि गरे ।

Vianet communication
Laxmi Bank

'संविधानले परिकल्पनै नगरेको अवस्थामा सांसदहरूलाई दुईथरि–तीनथरि बनाउने काम भयो,' पन्थले भने, 'एकथरि सांसद मात्र ६ /६ करोड बोकेर गाउँ छिर्ने कुरा विभेदपूर्ण छ ।'

संघीयताको मर्मअनुसार विकास निर्माणका कामहरू स्थानीय तहले नै गर्नुपर्ने भन्दै उनले सांसदलाई पैसा बाँड्ने कार्यक्रम नै खारेज हुनुपर्ने आफूहरूको माग रहेको बताए ।

आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली, २०७६ अनुसार विकास निर्माण र कल्याणकारी कार्यक्रममा खर्च गर्न सक्नेगरी सरकारले बजेटमार्फत प्रत्यक्ष निर्वाचित सांसदहरूलाई ६ करोडका दरले रकम उपलब्ध गराएको छ ।

१६५ प्रत्यक्ष निर्वाचित सांसदले उक्त रकम प्राप्त गर्दा प्रतिनिधि सभाका ११० समानुपातिक सांसद र राष्ट्रिय सभाका ५९ सांसदले भने पाएका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x