×

NMB BANK
NIC ASIA

बलात्कारका आरोपी ‘सिद्धबाबा’लाई पुनः सात दिनको म्याद थप

मंसिर ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

‘सिद्धबाबा’ भनिने सुनसरी चतराका कृष्णबहादुर गिरीलाई जिल्ला अदालतले सोमबार पुनः सात दिनको म्याद थप गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने गिरीलाई अदालतले पुनः सात दिनको म्याद थप गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी निगरानीमा अस्पतालमा बस्दै आएका गिरीलाई आज प्रहरीले जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो । प्रहरीले अदालतमा उपस्थित गराएकामा अदालतले थप अनुुसन्धानका लागि गिरीलाई सात दिनको म्याद दिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

जिल्ला अदालत सुनसरीका न्यायाधीश मणिराम न्यौपानेको इजलासले कृष्णबहादुरलाई सात दिन अस्पतालमै निगरानीमा रहने गरी प्रहरी अनुसन्धानका लागि म्याद थप गरेको प्रनाउ शर्माले बताए ।

Vianet communication
Laxmi Bank

अदालतले यसअघि सिद्धबाबालाई तीन पटक गरी १४ दिनको म्याद दिइसकेको छ । अदालतले सिद्धबाबालाई आजबाट लागू हुने गरी थप भएको सात दिनमा प्रहरीलाई पुनः अदालतमा उपस्थित गराउन भनिएको छ ।

अदालतले गिरीलाई पुनः सात दिनको म्याद थप गरेपछि उनलाई अदालतको आदेशबमोजिम तत्कालका लागि विराट नर्सिङ होममै पठाइएको सुनसरीका शर्माले बताए । यसअघि प्रहरीले तीन दिनको म्यादसँगै गिरीको मुद्दा अदालत समक्ष बुझाउने बताएको थियो ।

सोहीअनुरुप अघिल्लो दिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरीले अनुसन्धान सकिएको भन्दै अनुसन्धान प्रतिवेदन बुझाए पनि अनुसन्धानको कागजात पर्याप्त र अभियोग पुरक नभएकाले पुनः म्याद थपको मागसहित अदालत पेश गरिएकामा अदालतबाट सात दिनको म्याद प्राप्त भएको जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x