×

NMB BANK
NIC ASIA

विश्वविख्यात सेलिब्रेटी तर आधा पुरुष, आधा महिला !

मंसिर ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउडका चर्चित अभिनेता, लेखक, संगीतकार तथा टेलिभिजन प्रस्तोता रिचर्ड ओ ब्रायनले आफूलाई महिला र पुरुष दुवै मान्ने गर्दछन् ।

Muktinath Bank

उनलाई देख्ने जो कोही पनि छक्क पर्ने गर्छन् उनी महिला हुन् कि पुरुष भनेर ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् १९७३ मा उनले एक सांगीतिक स्टेश शो ‘द रकी हरर शो’ लेखेका थिए । यो प्रस्तुति अन्तर्राष्ट्रिय स्तरमै निकै चर्चित बनेको थियो । उक्त शो पश्चात् उनको छुट्टै पहिचान स्थापित भएको थियो ।


Advertisment
Nabil box
Kumari

बीबीसीसँग उनले भनेका छन्, ‘म जे होइन, त्यो देखिन चाहँदिन । अभिनेता एन्टन रोजरले मलाई तिमी महिला र पुरुषबाहेक अरु नै केही हौ भनेर भने । मलाई लाग्यो कि उनले भनेको ठीक हो । यो रवैया मलाई मन पर्‍यो ।’

Vianet communication
Laxmi Bank

रिचर्डले सन् २०१३ मा एक अन्तर्वार्ता दिएका थिए । उक्त अन्तर्वार्ताका क्रममा उनले आफू महिला र पुरुषको बीचको मान्छे भएको बताएका थिए । उनले आफू ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला रहेको दाबी गरेका थिए, त्यसबेला ।

सन् २०१७ मा उनले एउटा विवादास्पद अभिव्यक्ति दिए । समलिंगी महिलाहरु खास महिला नभएको उनले बताएका थिए त्यतिबेला ।

बीबीसीसँगको एक अन्तरवार्ताका क्रममा रिचर्डलाई सोधियो, ‘पासपोर्टको आवेदन दिने बेलामा तपाईंले महिला र पुरुषमध्ये कुन विकल्पमा चिनो लगाउनुहुन्छ ?’

जवाफमा उनले भने, ‘पुरुषमा चिनो लगाउँछु । तर मलाई ‘अन्य’ भन्ने विकल्पमा चिनो लगाउन मन लाग्छ ।’

अहिले ७७ वर्षको उमेर पुगिसक्यो उनको । रिचर्डले जीवनकालमा अहिलेसम्म ३ पटक बिहे गरिसकेका छन् । उनका ३ वटा छोराछोरीसमेत छन् ।

सन् १९७१ मा उनले अभिनेत्री किमी वांगसँग बिहे गरे । वांगसँग बाट एकवर्ष पछि नै एउटा छोरा जन्मियो ।

उनले बार डिजाइनर जेन मससँग दोश्रो बिहे गरे र दुईजना छोराछोरी जन्माए ।

सन् २०१३ मा रिचर्डले तेस्रो बिहे गरे । जर्मन नागरिक ३५ वर्षीया सबरिना ग्राफसँग उनले तेस्रो बिहे गरेका हुन् ।

तीन वर्ष लामो प्रेम सम्बन्धपश्चात् रिचर्ड र सबरिनाले बिहे गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x