×

NMB BANK
NIC ASIA

कांग्रेसमा किचलो

कांग्रेस विवादको खाडल गहिरिँदै, सहमतिका लागि भन्दै केन्द्रीय समिति बैठक एक साता धकेलियो

पुस ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा देखिएको भातृसंगठनको नेतृत्व विवादमा सहमति जुट्न नसक्दा शुक्रवार बस्ने भनिएको केन्द्रीय समिति बैठक एकसाता पछि सरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सहमतिको प्रयास गर्ने भन्दै गत बुधवार (आजसम्म)का लागि स्थगित गरिएको बैठक थप सहमति जुटाउने भन्दै १० गतेसम्मका लागि स्थगित गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार अपराह्न वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा पौडेल समूहका नेताहरू भेला भएर थप सहमति जुटाउन १० गतेसम्म बैठक स्थगित गर्न प्रस्ताव गर्ने निर्णय गरे ।


Advertisment
Nabil box
Kumari

पौडेल समूहको प्रस्तावलाई सभापति देउवाले सदर गरेपछि बैठक पछि धकेलिएको हो । बैठक पुस १० गते बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले लोकान्तरलाई जानकारी दिए ।

Vianet communication
Laxmi Bank

सहमतिका लागि नेताहरूको दौडधूप तीव्र देखिएपनि एक सातामा विवाद झन् उत्कर्षमा पुगेको छ । 

कांग्रेसको भातृसंगठन तरुण दल र नेपाल विद्यार्थी संघमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको आ-आफ्नै दाबी छन् । 

पुस २६ गतेदेखि शुरू भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकलाई पौडेल समूहले निरन्तर बहिष्कार गर्दै आइरहेको छ ।

१४ औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न सभापति देउवा तयार नभएको भन्दै पौडेल समूह बैठकमा सहभागी भएको छैन । 

केन्द्रीय समितिको पहिलो दिनको बैठकलाई पौडेल समूहले बहिष्कार गरेपनि बैठक भने बसेको थियो ।

बैठकमा विभागको संख्या २८ बाट ४१ पुर्‍याउने, नेविसंघको ११ औं महाधिवेशका लागि तदर्थ समिति गठन गर्ने र म्याद सकिइसकेको तरुण दलको कार्यसमितिको म्याद ६ महिना थप्ने विषयमा छलफल भएको थियो । नेविसंघ गत वर्षको माघदेखि नै नेतृत्वविहीन छ ।

महाधिवेशन नजिकिएका बेला सभापति देउवाले विभाग, तरुण दल र नेविसंघमा आफू अनुकूल नेतृत्व र पदाधिकारी ल्याएर चलखेल गर्न खोजेको आरोप पौडेल समूहको छ । 

विगत केही दिनयता सहमतिका लागि तीव्र छलफल चलिरहेको भएपनि सभापति देउवा र वरिष्ठ नेता पौडेल दुवै टसको मस भएका छैनन् । दुवैले आ-आफ्नो दाबी छोडेका छैनन् । 

'हामी महाधिवेशन कार्यतालिकामा छलफल गर्न तयार छौं,' देउवापक्षीय एक नेताले लोकान्तरसँग भने, 'उहाँहरूले कमसेकम सबै विवादित विषयहरू केन्द्रीय समितिमै छलफल गर्ने वातावरण मिलाउनुपर्‍यो । आफूले भनेजस्तो भए लोकतन्त्र, नत्र मनोमानी हुने उहाँहरूको तर्क सही छैन ।'

केन्द्रीय सदस्य रामकृष्ण यादवले दुवै पक्षबीच छलफल भइरहेको जानकारी दिए ।

'दुवै पक्षबीच छलफल चलिरहेको छ,' यादवले लोकान्तरसँग कुरा गर्दै भने, 'सबै कुरा प्याकेजमै मिलाउन खोजिएको छ । त्यसका लागि चरण चरणमा छलफल र सहमति गर्दै जानुपर्ने आवश्यकता देखिएकाले बैठक १० गतेसम्म सारिएको हो ।'

नेविसंघको नेतृत्वबारे अहिलेसम्म कुनै सहमति भएको आफूले थाहा नपाएको दिपक भट्टराईको भनाइ छ । 'अहिलेसम्म कुनै सहमति भएको छैन,' भट्टराईले लोकान्तरसँग भने । 

पौडेल समूहले तरुण दल या नेविसंघमध्ये कुनै एउटाको नेतृत्व आफूलाई दिनुपर्ने माग गरिरहेको छ । यदि सभापति देउवाले नेविसंघको तदर्थ समितिमा आफूखुशी पदाधिकारीहरू राखे समानान्तर समिति गठन गर्ने अडान पौडेल पक्षका नेविसंघ नेताहरूले लिएका छन् । 

तरुण दलमा पनि देउवाले आफूखुशी गर्न खोजेको भन्दै पौडेलपक्षीय नेताहरू सशंकित बनेका देखिन्छन् ।

लोकान्तरसँग कुरा गर्दै भुपेन्द्रजंग शाहीले भने, 'संस्थापन पक्ष आफूखुशी गर्ने नियतका साथ अघि बढेको देखिन्छ, हाम्रा लागि त्यो स्वीकार्य छैन । यदि सहमति भएन भने जस्तोसुकै कदम चाल्न पनि हामी पछि पर्ने छैनौं ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x