बैशाख २२, २०७९
सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ । जुन भिडियोमा एक आमाले आफ्नो बच्चाको सुरक्षा कसरी गर्छिन् भन्ने देख्न सकिन्छ । अर्थात आफ्नो सन्तानको सुरक्षालाई लिएर कति चनाखो हुन्छिन् भन्ने कुरा भिडियोले द...
संसारका धेरै देशमा १३ अंकलाई अशुभ मानिन्छ । त्यही भएर कतिपय देशका होटेलमा १३ नम्बरको कोठा नै हुँदैन ।
शुक्रवार १३ तारिख प–यो भने पश्चिमीहरू असाध्यै अशुभ मान्छन् । यस्तो संयोग परेको दिन अमेरिकामा करीब नौ अर्ब डलरको उत्पादनमा असर पुग्ने तथ्यांक छ ।
मनोविज्ञानले १३ अंकप्रतिको डरलाई ट्रिस्काइडेकाफोयिबा नामकरण गर्ने गरेको छ । तेह्र तारिखको दिन पश्चिममा सबभन्दा बढी दुर्घटना हुन्छन् ।
तेह्रलाई यसरी अशुभ मान्ने प्रचलनको शुरुवात बेबिलोनियन सभ्यताको कोड अफ हम्मुराबीबाट भएको मानिन्छ । यी कोडहरू त्यतिखेरका कानून हुन् । यिनमा १३ नम्बर नभएकाले त्यो अंक अशुभ मानियो ।
इतिहासकार चाहिँ यो कुतर्क भएको विश्वास गर्छन् । अब छुट्यो होला नि १३ अंक लेख्न, के को शुभ अशुभको कुरा हुनु भन्छन् उनीहरू ।
अंकगणितको दृष्टिकोणबाट हेर्दा १३ अनुपयोगी र असुविधाजनक छ । यसअघि आउने १२ लाई गणितज्ञहरू पर्फेक्ट नम्बर मान्छन् । यही हिसाबमा १२ घन्टाको इकाइमा समय मापन गरिन्छ भने १२ महिनाको एक वर्ष हुन्छ । तेह्र चाहिँ अविभाज्य र अपरिमेय संख्या हो । कम उपयोगी भएका कारण यसलाई अशुभ मानिएको हुनसक्छ ।
क्रिस्चियनहरू चाहिँ बोक्सीहरूको १३ जनाको समूह हुने मान्यता राख्छन् । अनि बाइबलमा जीसस क्राइस्टलाई धोका दिने जुडास अन्तिम भोजमा भाग लिने तेह्रौं व्यक्ति थिए भनी उल्लेख छ ।
प्राचीन क्रिस्चियन ग्रन्थहरूका अनुसार येशुलाई शुक्रवारको दिन क्रसमा झुण्ड्याइएको थियो अनि इभले एडमलाई शुक्रवारकै दिन वर्जित फल खुवाएकी थिइन् । केनले एबललाई शुक्रवार हत्या गरेका थिए । यसैकारण शुक्रवार राम्रो दिन मानिन्न अनि त्यसमा १३ अंक थपिँदा त फ्राइडे द थर्टिन्थ खराबै हुने भयो क्रिस्चियनहरूका लागि ।
नर्डिक मिथहरूले पनि १३ अंक अशुभ हुनुका पछाडिका कथा हाल्छन् ।
एजेन्सी
सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ । जुन भिडियोमा एक आमाले आफ्नो बच्चाको सुरक्षा कसरी गर्छिन् भन्ने देख्न सकिन्छ । अर्थात आफ्नो सन्तानको सुरक्षालाई लिएर कति चनाखो हुन्छिन् भन्ने कुरा भिडियोले द...
मार्च महिनामा युनाइटेड किंडमले विश्व स्वास्थ्य संगठनलाई ब्याक्टेरियल इन्फेक्सन तिव्र रुपमा फैलिएको बतायो । त्यसपछि संगठनले ब्याक्टेरियल इन्फेक्सन फूड पोइजनिङ बेल्जियमको चकलेटको कारण फैलिएको पत्ता लगायो । ...
प्रायः नदीमा चिसो पानी बग्दछ । तर कुनै कुनै नदीहरू फरक प्रकृतिका हुन्छन् । कतिपय नदीहरूमा चिसो पानी नबगेर तातो पानी बगिरहेका हुन्छन् । सुन्दा अचम्म लाग्न सक्छ, तर यो साँचो कुरा हो । यहाँ एक यस्तो नदीक...
तपाईंले कहिल्यै गाइ वा अन्य जनावरले पियानो बजाएको देख्नुभएको वा सुन्नुभएको छ ? सुन्नुभएको छैन भने यो भिडियोले तपाईंलाई अचम्ममा पार्न सक्छ । यस भिडियोमा गाईका केही बाच्छाबाच्छीहरूले पियानो ब...
पछिल्लो समय आम मानिसको समस्या मोटोपनको देखिन्छ । मोटोपनका कारण तनावमा हुन्छन् प्रायः मानिस । कसरी फिट रहने भन्ने सोचमै हुन्छन् धेरै जसो । मानिसले भने मोटोपन घटाउनका लागि अनौठा अनौठा उपायहर...
संसद भवनभित्र पोर्न चलचित्र हेर्ने ब्रिटिश सांसदले पदबाट राजीनामा दिएका छन् । संसदमा २ पटक पोर्न भिडियो हेरेको अर्की महिला सांसदले संसदमै बताएपछि यस घटनाबारे चर्चा भएको थियो । ब्रिटिश सांसद...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...
सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...