कात्तिक १७, २०८०
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दोको ४६ केजी तौल समूहमा काजल श्रेष्ठले स्वर्ण पदक जितिन् ।
सागमा स्वर्ण जित्ने अवस्था सम्म आइपुग्न काजलले लामो संघर्ष गरेकी छन् । अनेक दु:ख झेलेकी छन् ।
पुर्ख्यौली घर सिन्धुपाल्चोक भएपनि भक्तुपरमा जन्मेहुर्केकी काजलले १३ वर्षको उमेरमा एक दिन टोलका साथीहरू ड्रेस लगाएर तेक्वान्दो खेलिरहेको देखिन् । अनि उनलाई पनि रहर जाग्यो । त्यसपछि सोचिन्- म पनि यसैगरी ड्रेस लगाएर किक हान्छु ।
घरमा बेलुका ममीलाई भनिन्- ममी, म पनि तेक्वान्दो सिक्छु नि ।
ममीको जवाफ आयो- नखेल छोरी, हात खुट्टा भाँचिन्छ ।
उनले जिद्दी गरिरहिन् ।
'खेल्छु खेल्छु भनिरहेँ । हुन्न भन्दै हुनुहुन्थ्यो,' तेक्वान्दो शुरूआत गर्दाका दिनबारे उनी भन्छिन्, 'बच्चाबेलामा आफूले भनेको कुरा नभएपछि म रोइदिएँ । अनि पछि ममीले भोलिपल्ट भर्ना गरिदिनुभयो ।'
*****
बच्चादेखिनै उनी अरूभन्दा अलि राम्रो किक हान्थिन् रे ! एल्लो ग्रीन हुँदा उनले एउटा टुर्नामेन्ट खेलेकी थिइन् । । त्यसमा नमज्जाले पिटाइ खाइन् । त्यसपछि काजललाई लागेछ- अब चाहिँ गर्नुपर्छ । यसरी पिटाइ खाएर मात्रै हुँदैन । आफैं पिट्छु ।
भन्छिन्, 'पिटाइ खाएपछि झन् ट्रेनिङ गर्न थालेँ । मेहनतको स्तर बढाउँदै गएँ ।'
पहिलो गोल्ड मेडल
काजलले दोस्रो नेकोस गेम खेलिन् । उनका अनुसार त्यो जुनियर नेसनल गेमजस्तै थियो । उक्त गेममा उनले स्वर्ण पदक जितिन् । 'त्यो बेला म एकदमै खुशी भएकी थिएँ । गोल्ड मेडल प्लस बेस्ट फाइटर पनि पाएको थिएँ,' संघर्षका दिन स्मरण गर्दै भन्छिन्, 'अनि क्यास प्राइज पनि ५ हजार पाएकी थिएँ । यो कुरा म कहिल्यै पनि बिर्सिनँ सक्दिनँ ।'
उनले कहिल्यै पनि बिर्सिन नसक्ने क्षण अर्को पनि छ । त्यो हो- सन् २०१४ को जुनियर वर्ल्ड च्याम्पियनसिप ।
काजलले १५ वर्षको उमेरमा पहिलो पटक अन्तर्राष्ट्रिय टुर्नामेन्ट खेलिन्, ताइपेइमा ।
नेपालभरबाट छानिएर वर्ल्ड च्याम्पियनसिप खेल्न गएकी काजलले ताइपेइका केही कुराहरू अझैसम्म पनि मनमा राखेकी छन् । उनलाई त्यहाँको म्याटदेखि सम्पूर्ण डेकोरेसन मन परेछ । 'पहिलो इन्टरनेसनल गेम थियो । एकदमै उत्सुक थिएँ । त्यहाँ जाँदा त म्याटहरू पनि कति राम्रो के । एरिना पनि कस्तो ब्यूटीफुल ! एकदमै राम्रो । नेपालको भन्दा बिल्कुलै फरक,' काजलले लोकान्तरसँग पहिलो अन्तर्राष्ट्रिय खेल अनुभव साटिन् ।
तर गेम खेल्दा उनलाई डरपनि लागेको थियो रे ! राम्रो पफर्म गर्न सकिनन् । उनी चीनकी खेलाडीसँग हारिन् ।
साग छनोटका कुरा
आठौं राष्ट्रिय खेलकुद सकिएको एक महिनामै नेसनल टीम बनाइएको थियो । देशभरिबाट छानेर राम्रो खेल्ने र पदक जितेका खेलाडीहरू समावेश गरेर एउटा टीम बनाइएको थियो । सबैलाई जम्मा गरेर ट्रेनिङ गराइएको थियो । त्यसो त नेपाल तेक्वान्दो संघले पनि सागका लागि जोड गरेको थियो ।
काजलका अनुसार देशभरबाट जम्मा भएका खेलाडीहरूलाई ट्रेनिङपछि पहिलो सेलेक्सन गराइयो । त्यो पनि लीग शैलीमा । खेलाडीहरूले आफ्नो तौल समूहबाहेक अरू तीन वटा तौल सहूहसँग भिड्नुपर्थ्यो । ४६ केजी तौल समूहकी काजलले ४६, ४९ र ५३ केजीसँग भिडिन् । काजलले चारमा चारै फाइट जितिन् । 'म त वान नम्बरमा परिहालेँ । अनि दोस्रो सेलेक्सनको इन्ट्री गरेँ,' साग सेलेक्सन सुनाइन् उनले, 'दोस्रो सेलेक्सनमा दुई फाइट खेल्नुपर्थ्यो । मैले दुवै फाइट जितेँ । अनि म नम्बर वान हुँदै साफ गेमका लागि रेडी भएँ ।'
सेलेक्सन र ट्रेनिङमा राम्रो गरेकाले प्रशिक्षकले काजलबाट गोल्ड मेडल नै आशा गरेका थिए रे ! त्यसपछि उनी साग तयारीका लागि चीन उडिन् । त्यहाँ पनि उनले एउटा टुर्नामेन्ट खेलिन् । 'त्यो चाहिँ र्याङकिङवाइज थियो । त्यो गेममा मैले कास्य पदक जितेँ,' चीन यात्रा सुनाउँदै काजलले भनिन्, 'सेमिफाइनलमा म थाइल्याण्डको खेलाडीसँग हारेँ । थाइल्याण्डकी खेलाडी एसियन च्याम्पियन थिइन् ।'
थाइल्याण्डकी खेलाडीसँग उनले तिनै राउन्ड खेलिन् । 'स्कोरिङ चाहिँ खाइनँ मैले । त्यसपछि मलाई होप आयो । अब चाहिँ मैले गर्छु,' उर्जासहित उनले भनिन् ।
त्यसैपछि हो उनलाई लागेको- साग गेममा गोल्ड मेडल जित्छु कि क्या हो !
सागका कुरा
काजलको अनुसार तेक्वान्दोको बरियताअनुसार टाइसिट ड्र हुन्छ । उनले ४६ केजी तौल समूहमा 'बाई' पाएकी थिइन् । मतलब उनले एक फाइट खेल्नु परेन । उनी सिधै सेमिफाइनल पुगिन् ।
सेमिफाइनल भारतसँग थियो । उनले आफ्नो प्रतिद्वन्दीको गेम हेरिरहेको थिइन् । जसले गर्दा उनलाई प्रतिद्वन्द्वीविरुद्ध खेल रणनीति बनाउन सहज भयो । 'मैले यूट्युबतिर हेर्थेँ उनलाई । उनी राम्रो प्लेयर थिइन् ।'
काजलको अनुसार भारतीय खेलाडीको स्पीड थियो, हाइट पनि अलि बढी ।
'उनी चाहिँ गेभ अप नगर्ने टाइपको थिइन् । उनीसँग पर्यो । फर्स्टमा चाहिँ डर पनि लागिरहेको थियो,' प्रतिद्वन्द्वी र खेल वातावरणबारे उनी सुनाउँछिन्, 'म पनि गेभ अप नगर्ने खाले परेँ । जे होस् तीव्र प्रतिस्पर्धा हुन्छ जस्तो लागेको थियो ।'
खेलअगावै काजलले सोचेकी थिइन् रे- भारतीय खेलाडीले जति स्पीडमा हान्छिन् त्यो भन्दा डबल स्पीडमा आफूले हान्ने ।
भारतीय खेलाडीको किक जसरी पनि छल्दै आफूले एक खाँदा दुई/तीन वटा दामी किक हान्ने उनले सोचेकी थिइन् रे !
काजलले शुरूबाटै अट्याक गर्न थालिन् । पहिलो राउन्डमा काजलको १८ तथा भारतीय खेलाडीको ११ अंक थियो । ७ अंकको अग्रता लिएपछि काजललाई जित्छु भन्ने आशा जाग्यो । तर पहिलो राउन्डमा बढी स्पीड खेल्दा काजल थाकिन् । उनले थपिन्, 'तर भारतीय खेलाडी चाहिँ थाक्दै नथाक्ने खाले थिइन् । म चाहिँ अलि थाक्या, थाक्या जस्तो भा'थेँ ।'
दोस्रो राउन्डमा काजलले रणनीति बनाइन्- सकेसम्म किक ब्लक गर्ने र स्कोर गर्न नदिने । उनको रणनीति सफल भयो । दोस्रो राउन्डमा पनि काजलले लीड गरिन् ।
'अनि लास्ट राउन्ड त उसलाई छलाइछलाइ जितिदिन्छु भन्ने भयो । तेक्वान्दोमा त वान स्कोरले पनि जितिन्छ नि त,' यो उनको आत्मविश्वासपछिको स्वर थियो ।
थर्ड राउन्डमा उनले रक्षात्मक खेलिन् । अन्तिममा काजलको ५० तथा भारतीय खेलाडीको ३९ अंक भयो । अनि पुगिन्- फाइनलमा ।
ट्रेनिङको क्रममा उनको एंकलमा समस्या भएको रहेछ । भन्छिन्- राम्रोसँग किक हान्न सक्दैन थिएँ । हातमा पनि समस्या छ । पञ्च हान्न गाह्रो थियो । मैले त्यो गेममा पञ्च नै प्रयोग गरेको थिइनँ । फाइनललाई राख्छु भनेकी थिएँ ।
*****
भारतलाई हराएपछि उनमा गोल्ड मेडल जित्ने आशा बढेको रहेछ । तर चुनौती थिइन्- पाकिस्तानी खेलाडी । कारण- दक्षिण एसियाली राष्ट्रहरूमा तेक्वान्दोमा पाकिस्तान बलियो हुनु ।
तर उनको दिमागमा जसरी पनि गोल्ड मेडल जित्ने थियो । कोटेश्वरस्थित बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनमा लोकान्तरकर्मीसँग गफिएकी काजलले भनिन्, 'तर मेरो दिमागमा गोल्ड मेडलबाहेक अरू केही पनि थिएन । जो आओस्, जे आओस् म हराएरै छाड्छु । गोल्ड जितेरै छाड्छु भन्ने थियो ।'
गोल्ड मेडल जित्न सजिलो थिएन । उनीसँग कडा प्रतिद्वन्द्वी थिइन् । पाकिस्तानी खेलाडी अग्लो कदकी थिइन्, काजल डल्ली । 'तेक्वान्दोमा हाइटले निकै अर्थ राख्छ । हाइट बढी हुनेलाई फाइदा हुन्छ,' उनी भन्छिन् ।
फाइनलमा काजलकी ममी पनि गेम हेर्न आएकी थिइन् । त्यसैबेला उनलाई लागेछ- ओहो ! ममीको अगाडि अलिकति भने पनि गर्नुपर्छ ।
फाइनल जिते स्वर्ण पदक (गोल्ड मेडल) नत्र रजत पदक (सिल्भर मेडल) पक्का थियो । तर काजललाई रजत पदक मन पर्दैन थियो । 'रजत पक्का भएको थियो । तर मलाई रजत चाहिएको थिएन । मलाई रजत मनै पर्दैन । मलाई गोल्ड मेडलबाहेक केही पनि मन पर्दैन ।'
उनमा जसरी पनि गोल्ड मेडल जित्नु थियो । दरिलो आवाजमा उनी सुनिइन्, 'रिङमै हातखुट्टा भाँचिए पनि भाँचियोस् तर मलाई गोल्ड मेडलनै जित्नु थियो ।'
उनको मनमा गोल्ड मेडलको आगो बलेको थियो । जोश बढेको थियो । उर्जा थपिँदै थियो । जीतको हुटहुटी पनि बढ्दै थियो ।
उनलाई जीतपछि बज्ने राष्ट्रिय गान सुन्ने धोको थियो । 'राष्ट्रिय गानको धुन सुन्दा एकदमै प्राउड फील हुन्छ । मैले चीनमा पनि त्यो धुन सुन्न एकदमै कोशिश गरेकी थिएँ । तर सफल भइनँ,' उनले राष्ट्रभाव पोखिन् ।
गोल्ड मेडल जित्नुअगावै उनले एउटा योजना बनाएकी रहिछिन्- फर्स्ट पोडियममा बस्ने अनि चिच्याई, चिच्याई राष्ट्रगान गाउने ।
गोल्ड मेडलका लागि पाकिस्तानी खेलाडी विरुद्ध बनाएको रणनीति सरसर्ती बताइन्, 'फाइनलमा हात गएपनि जाओस् पञ्च पनि यूज गर्छु अनि खुट्टाले डङडङ किक हान्छु । गेम पनि त्यस्तै भयो । मैले शुरूदेखिनै उसको किक ब्लक गर्दै स्कोर गरेँ ।'
पहिलो राउन्डमा पाकिस्तानी खेलाडीको किक उनको टाउकोमा लाग्यो । उनले भनिन्, 'ब्लक गर्दागर्दै पनि कहाँबाट छिर्यो, छिर्यो ।'
उनले पनि तलमाथि जहाँ पाइन्, त्यहिँ हानिन् । पहिलो राउन्डमा काजलको १४, पाकिस्तानी खेलाडीको ९ अंक थियो ।
दोस्रो राउन्डमा आफूले सक्दो ब्लक गर्दै किक हानेको बताइन् । भनिन्, 'झुक्याउँदैझुक्याउँदै तलमाथि जहाँ खाली देख्यो, त्यहीँ हान्न थालेँ । एकदमै स्पीड खेलेकी थिएँ मैले । सेकेन्ड राउन्डमा पनि मैले राम्रो स्कोरले लीड गरेँ ।'
दोस्रो राउन्डमा धेरै स्कोरले लीड गरेपछि काजललाई लागेछ- गोल्ड त मेरै हो । तेस्रो राउन्डमा खेल्दाखेल्दै काजलको स्कोर ५० भइसकेको थियो । पाकिस्तानी खेलाडीको जम्मा १४ थियो । अन्तत: काजलले ३६ स्कोरले स्वर्ण पदक जितिन् ।
*****
गोल्ड मेडल जितेपछि ममीलाई अंगालो हालेर रोइन् । 'गोल्ड मेडल जितेर नेपालको झण्डा बोकेर म्याट घुम्दाखेरि त ओहो ! एकदमै खुशी भएकी थिएँ,' खुशी साट्दै भनिन्, 'आफैं आँसु आयो । थाम्नै सकिनँ । अनि ममीलाई अंगालो हालेर रोएँ ।'
उनले अन्तिममा भनिन्, 'सागमा मैले सोचेकी थिएँ- आई विल गेट गोल्ड मेडल ! त्यो पूरा भयो । सपना पूरा हुँदा उड्याजस्तो फील भयो ।'
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...