कात्तिक २४, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
पुस ६, २०७६
सेवाग्राहीहरूले सरकारी कार्यालयबाट सेवा लिँदा घूस दिनुपर्ने बाध्यता अझै पनि कायम रहेको एक अध्ययनले देखाएको छ । घूस नदिएका कारण आफ्नो काम समयमा नभएको सेवाग्राहीको गुनासो छ ।
सरकारी कार्यालयबाट सेवा दिँदा कर्मचारीले घूस माग्छन्, घूस नदिए समयमा काम गर्दैनन् । राष्ट्रिय सतकर्ता केन्द्रले सिन्धुली जिल्लामा सेवाग्राहीबीच गरेको सर्वेक्षणमा यस्तो तथ्य सामने आएको हो ।
केन्द्रले १० वटा प्रश्न तयार पारी जिल्ला स्थित विभिन्न सरकारी कार्यालयमा सेवा लिन आएका १५० जना सेवाग्राहीलाई फारम भराएको थियो । त्यसक्रममा सेवाग्राहीले घूस नदिएमा आफूहरूको काममा ढिलासुस्ती हुने गरेको गुनासो गरेका थिए ।
१० प्रतिशत कामको ढिलाई घूस नदिएकै कारण हुने गरेको पाइयो ।
यस्तै कार्यालयमा सम्बन्धित कर्मचारी नभएकाले २७ प्रतिशत र कर्मचारीले काम नगरेका कारण ३६ प्रतिशत सेवाग्राहीको काम ढिला भएको सर्वेक्षणबाट आएको तथ्यांकमा उल्लेख छ ।
सेवाग्राहीमा सचेतनाको अभाव
सरकारी कार्यालयबाट केके काम कुन–कुन प्रक्रिया पूरा गरेर हुन्छ भन्ने साधारण ज्ञानको कमी अहिले पनि ठूलो संख्याका सेवाग्राहीमा रहेको पाइन्छ ।
सिन्धुली जिल्लाका १८ प्रतिशत सेवाग्राहीलाई अहिले पनि सरकारी कार्यालयको नागरिक बडापत्रबारे जानकारी छैन ।
कार्यालयको नागरिक बडापत्रको बारेमा सञ्चार माध्यमबाट थाहा पाउनेको संख्या १८ प्रतिशत र सम्बन्धित कार्यालयमा आफैंले पढेर थाहा पाउनेको संख्या ७८ प्रतिशत रहेको सर्वेक्षण सर्वेक्षणमा पाइएको छ ।
सरकारी कार्यालयबाट काम गर्दा आवश्यक वा तोकिएको कागजात पुर्याउन नजान्नेको संख्या २७ प्रतिशत रहेको पाइएको छ ।
सिन्धुली जिल्लाका थोरै संख्यामा नागरिकलाई मात्रै सरकारी कार्यालयबाट सार्वजनिक सरोकारका सूचना मागेर पाउन सकिन्छ भन्ने कुरा थाहा भएको देखिन्छ ।
सूचनाको हकको बारेमा थाहा भएको/नभएको बारेमा सरकारी कार्यालयमा आएका सेवाग्राहीलाई सोध्दा ५७ प्रतिशत सेवाग्राहीले सो बारेमा आफूलाई थाहा नभएको बताए ।
सर्वेक्षणका क्रममा सरकारी कार्यालयमा सेवा लिन आएका ४१ प्रतिशत सेवाग्राहीले मात्रै सूचनाको हकका बारेमा आफूलाई जानकारी भएको बताए ।
सेवा प्राप्त नगरे पनि मौन रहन्छन् सेवाग्राही
सरकारी कार्यालयमा राखिएको नागरिक बडापत्र वा नेपालको कानूनअनुसार आम नागरिकले तोकिएको सेवा, तोकिएको प्रक्रिया पूरा गरी तोकिएको समयमा प्राप्त गर्ने व्यवस्था गरेको छ ।
सरकारी कार्यालयहरूमा सेवाग्राहीले पाउने सेवामा ढिलाई हुने वा सेवा प्राप्त नहुने स्थिति भएतापनि अधिकांश सेवाग्राहीले सम्बन्धित ठाउँमा उजुरी वा गुनासो भने गर्दैनन् ।
सरकारी कार्यालयमा आफूले पाउने सेवा प्राप्त नगरेका सेवाग्राहीलाई सोध्दा ८२ प्रतिशत सेवाग्राहीले गुनासो वा उजुरी गर्ने कार्य नगरेको बताए भने १५ प्रतिशत सेवाग्राहीले मात्रै उजुरी वा गुनासो गरेको जवाफ दिए ।
सरकारी कार्यालयबाट पाउने सेवाको गुणस्तरको सन्दर्भमा ८० प्रतिशतले असन्तुष्टि व्यक्त गरेका छन् भने ७५ प्रतिशत सेवाग्राहीले कर्मचारीको व्यवहार समेत राम्रो नभएको बताएका छन् ।
सर्वेक्षण तथ्यांक स्रोत: राष्ट्रिय सर्तकता केन्द्र
राष्ट्रिय सतर्कता केन्द्रले सुसासनको स्थिति मापनका लागि यो आर्थिक वर्षमा ७ वटा प्रदेशका ७ वटा जिल्लामा सेवाग्राही सर्वेक्षण गरेको छ ।
प्रदेश ३ अन्तर्गत सिन्धुली जिल्लाको सेवाग्राही सर्वेक्षण गएको मंसिर महिनामा भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...