×

NMB BANK
NIC ASIA

कांग्रेस विवाद

कांग्रेसमा सहमतिको प्रयास ‘फेल’ ! पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिष्कार गर्ने

पुस ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र चर्किएको विवाद समाधान नभएपछि शुक्रवार बस्ने भनिएको केन्द्रीय समितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताले बहिष्कार गर्ने भएका छन् ।

Muktinath Bank

१४ औं महाधिवेशन कार्यतालिका, विभाग गठन, नेविसंघ र तरुण दलको नेतृत्वबारे सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच विवाद चर्किएपछि २ सातादेखि केन्द्रीय समितिको बैठक बस्न सकिरहेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंसिर २६ गतेदेखि बोलाइएको केन्द्रीय समितिको बैठक वरिष्ठ नेता पौडेल पक्षीय नेताहरूले निरन्तर बहिष्कार गर्दै आइरहेका छन् । 


Advertisment
Nabil box
Kumari

‘आज (शुक्रवार) पनि हामी बैठकमा जाँदैनौं,’ वार्ता समितिका सदस्य समेत रहेका केन्द्रीय सदस्य हृदयराम थानीले लोकान्तरसँग भने, ‘अहिलेसम्म गरिएका वार्ता र सहमतिका प्रयास फेल हुँदै आइरहेका छन् । यस्तो अवस्थामा हामी केन्द्रीय समिति बैठकमा बस्ने कुरा हुँदैन ।’

Vianet communication
Laxmi Bank

पौडेल पक्षको बहिष्कारका बाबजुद मंसिर २६ र २७ गते २ पटक केन्द्रीय समिति बैठक बसेको थियो । त्यसपछि मंसिर ३० र पुस २ गते बोलाइएका बैठक स्थगित भएका थिए । पुस २ गते १० गते बैठक बस्ने तय गरिएको थियो । पुस १० गते बस्ने भनिएको बैठकलाई पुनः ११ गते आज अर्थात् शुक्रवारका लागि सारिएको थियो । 

पौडेल पक्षले मंसिर २६ र २७ गतेको केन्द्रीय समिति निरन्तर बहिष्कार गरेपछि २८ गते शनिवार सभापति शेरबहादुर देउवा आफैं वरिष्ठ नेता पौडेल निवास बोहोराटार पुगेका थिए । 

‘सहमति कसरी हुन्छ त ? खोज्नु परेन ? बैठक बहिष्कार गरेर मात्र सहमति हुन्छ ?’ निधिलगायत केही नेतासहित बोहोराटार पुगेका देउवाले भेट्नेबित्तिकै पौडेललाई प्रश्न गरे । 

दुई नेताबीच वार्ता समिति बनाउने सहमति भयो । वार्ता समितिमार्फत समस्या समाधान गर्ने भन्दै देउवाले निधिलाई अघि सारे भने पौडेलले प्रकाशमान सिंहलाई अघि सारे । वार्ता समितिमा निधि, सिंह र २ केन्द्रीय सदस्य दिलेन्द्र बडू र हृदयराम थानी रहेका छन् । 

त्यसयता पौडेल र देउवाबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्ने विषयमा कुनै संवाद भएको छैन । 

लोकान्तरसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले पार्टीभित्रको विवादका विषयमा आफ्नो सभापतिसँग केही कुरा नभएको बताए । ‘वार्ता समिति छँदैछ नि !’ लोकान्तरलाई पौडेलले दिएको जवाफ थियो तर वार्ता समितिले २ सातासम्म सहमति जुटाउन सकेको छैन ।   

यी हुन् पौडेलका माग

वरिष्ठ नेता पौडेलले तरुण दल वा नेविसंघमध्ये कुनै १ भातृ संगठनको सभापति माग गरेका छन् । नेविसंघको तदर्थ समितिमा ७ जना महामन्त्री राख्नुपर्ने र ३ आफूलाई चाहिने पौडेल पक्षले माग राखेको छ भने ४० प्रतिशत विभागको नेतृत्वको दाबी पनि पौडेल पक्षले गर्दै आइरहेको छ । 

देउवापक्ष भने महाधिवेशन कार्यतालिकाबारे छलफल गर्ने समय नभएको भन्दै पन्छिइरहेको छ ।

‘उहाँहरूले महाधिवेशन कार्यतालिका फागुनको अन्तिममा ल्याउने भन्दै हुनुहुन्छ, किन फागुनमा भन्ने प्रश्नको जवाफ छैन,’ थानीले लोकान्तरसँग प्रतिप्रश्न गरे, ‘नेविसंघको पनि कुन मोडेलमा टुंग्याउने भन्ने कुरा स्पष्ट भएको छैन । तरुण दल पनि भुपेन्द्रजंग शाहीको केसमा अल्झिरहेको छ । विभाग गठनको विवाद जस्ताको त्यस्तै छ । के मिलेको छ भन्ने अब ?’ 

पौडेल पक्षले केन्द्रीय समितिलाई बन्धक बनाए – गोपालमान श्रेष्ठ 

देउवा पक्षीय केन्द्रीय सदस्य तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठले पौडेल पक्षलाई केन्द्रीय समितिलाई बन्धक बनाएको आरोप लगाएका छन् । ‘यसरी लामो समयसम्म बैठकलाई बन्धक बनाउनु हुँदैन,’ लोकान्तरसँग कुरा गर्दै श्रेष्ठले भने, ‘सहमतिका प्रयासहरू भएका छन् । उहाँहरू नयाँ–नयाँ माग लिएर आउनुहुन्छ । आजको केन्द्रीय समिति बैठक बस्छ र बस्नुपर्छ ।’

नयाँ रणनीति तय गर्न चाक्सीबारीमा पौडेल पक्षको भेला

संस्थापन पक्षसँग कुनै सहमति हुन नसकेपछि पौडेलपक्षीय नेताहरू प्रकाशमान सिंहनिवास चाक्सीबारीमा भेला भएका छन् । शुक्रवार अपराह्न उनीहरू नयाँ रणनीति तय गर्न भेला भएका हुन् । 

‘अहिलेसम्मका सहमतिका प्रयासहरू असफल भइसकेपछि नयाँ आधारमा नयाँ अडान निर्माण गर्न हामी भेला हुँदैछौं,’ पौडेल पक्षीय एक केन्द्रीय समिति सदस्यले लोकान्तरसँग भने, ‘हाम्रो बैठकले जे तय गर्छ, त्यही आधारमा हामी पुनः उहाँहरूसँग कुरा गर्छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x