×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा 'नेपाल भ्रमण वर्ष २०२०' को भव्य उद्घाटनको तयारी

पुस १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० को भव्यताका साथ उद्घाटनको तयारीमा जुटेको छ ।

Muktinath Bank

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टको संयोजकत्वमा रहेको प्रदेशस्तरीय प्रबद्र्धन समितिले भ्रमण वर्ष उद्घाटनको तयारीमा जुटेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भ्रमण वर्ष जनवरी १ (पुस १६) आउन ३ दिन बाँकी छ । प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट संरक्षक रहेको प्रवर्द्धन समितिको पुस ८ गतेको बैठकले तयारीका लागि विभिन्न उपसमितिहरू गठन गर्दै उद्घाटनमा केन्द्रीत भएको छ । उद्घाटनको लागि विभिन्न कार्ययोजना बनाएको सो समितिले भ्रमण वर्षको लोगो, भव्य रूपमा उद्घाटन गर्नका लागि सांस्कृतिक झाँकी तथा र्‍याली गर्ने, मञ्च तथा गेट बनाउने, मञ्चमा भाषण तथा सांस्कृतिक प्रस्तुति गर्ने कार्ययोजना बनाएको भ्रमण वर्षका फोकल पर्सन भोजराज पाठकले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

फोकल पर्सन पाठकका अनुसार धनगढीको ट्राफिक चौराहादेखि शहिदगेट तथा क्याम्पस रोड लगायतका स्थानबाट शोभा र्‍याली निकाल्ने र संघीय प्रहरी इकाईको मैदानमा कार्यक्रम कार्यक्रम आयोजना गरिने भएको छ ।

Vianet communication
Laxmi Bank

एक निकाय एक अभियान सञ्चालन गर्न सबै सरकारी, गैरसरकारी, नीजि क्षेत्र लगायतका सरोकारवालाहरूलाई आह्वान गरिएको छ । प्रदेशभित्रका सम्पूर्ण सरकारी कार्यालयहरूलाई अनिवार्य रूपमा गेटमा कलश राख्न अनुरोध गरेको जनाइएको छ ।

यसैबीच प्रचारप्रसारमा जोड दिइएको छ । प्रदेशमा पर्यटकलाई आकर्षण गर्न नेपाल भ्रमण वर्ष २०२० प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिको फेसबुक पेज सञ्चालन गरेको छ । पर्यटन गतिविधिहरूको सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्न, पर्यटन सम्बन्धी जानकारीमूलक सूचना, गतिविधि तथा तस्वीरहरू पोष्ट गर्न प्रचारप्रसार उपसमितिका संयोजकको जिम्मेवारीमा फेसबुक पेज सञ्चालन गरिएको छ । 

त्यस्तै सुदूरपश्चिमका ५ स्थानमा स्वागतद्वार निर्माण गरिने भएको छ । कञ्चनपुरको गड्डाचौकी नाका, धनगढीको भन्सार नाका, चिसापानी, झुलाघाट बैतडी र धनगढी विमानस्थलमा स्वागतद्वार निर्माण गरिँदै छ ।  

सुदूरपश्चिम प्रदेशको पर्यटकीय गन्तव्यहरू झल्कने गरी तस्वीरहरू प्रयोग गर्दै आवश्यकता अनुसार होर्डिङ बोर्ड निर्माण गर्ने, प्रदेशका सबै जिल्लाहरूको प्रतिनिधित्व हुने गरी पर्यटकीय गन्तव्यहरूको फोटो, यस प्रदेशको कला संस्कृति झल्काउने तस्वीर, यस प्रदेशका पुरातात्विक सम्पदाहरू झल्कने तस्वीरहरू समावेश हुने गरी प्रचारप्रसार उपसमितिले तस्वीरहरू संकलन गरि फोटोमा क्रेडिड उल्लेख गराई स्टिकर, पोस्टर, ब्याच, होर्डङ बोर्ड निर्माण गर्ने समितिले निर्णय गरेको छ । साथै समितिले पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नका लागि प्रोमोसनल भिडियो र गीत बनाउने र सो मार्फत् पर्यटकलाई आह्वान गर्ने समेत निर्णय गरेको छ ।

उद्घाटनको लागि भव्य तयारी गरिए पनि भ्रमण वर्ष मनाउने वार्षिक कार्ययोजना भने बनाउन सकिएको छैन । हालसम्म पर्यटन प्रवर्द्धन तथा विकासको लागि वर्षभरी के–के गर्ने भन्ने योजना बनाउन नसकिएको हो । प्रदेश सरकारको सो मन्त्रालय तथा समितिले अझैसम्म ठोस रूपमा भ्रमण वर्षका लागि पर्यटन गन्तव्य पहिचान, गन्तव्यमा पुर्वाधार निर्माण, गन्तव्यको प्रचार प्रसार लगायतका योजनाहरू बनाउन सकेको छैन । तर भ्रमण वर्षका फोकल पर्सन पाठकले भ्रमण वर्षमा सुदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्य कुन–कुन स्थान रहने भन्ने निर्णय नभएपनि १ निर्वाचन क्षेत्र १ पर्यटन गन्तव्य बनाउने लक्ष्य रहेकोे दाबी गरे । ७ बहिनी भगवती, ५ शिव धाम, शुक्लाफाँटा, घोडाघोडी, खप्तडसहित यहाँको प्रत्येक गाउँ, सहर, परम्परागत कला, संस्कृति, भेषभुषा पर्यटन गन्तव्यको आधार भएको उनको भनाइ छ ।

त्यस्तै मन्त्रालयले तराईका मानिसलाई पहाड घुमाउने कार्ययोजना बनाएको छ । तर कति जनालाई कुन–कुन स्थानमा घुमाउन लगिनेबारे कार्ययोजना बनाउन सकेको छैन । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x