कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
पुस १३, २०७६
प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने निर्णय गरेको छ ।
प्रदेशको राजधानी पनि हेटौंडा नै कायम गर्न पार्टीको प्रदेश सभा संसदीय दललाई निर्देशन दिने निर्णय आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले गरेको छ ।
'प्रदेश ३ को नाम बाग्मती राख्ने निर्णय भएको छ,' बैठकमा सहभागी एक सचिवालय सदस्यले लोकान्तरसँग भने, 'राजधानी अहिले हेटौंडामा छ, त्यहाँ चल्दै गर्छ ।'
प्रदेश ३ मा नेकपासँग स्पष्ट दुईतिहाइ बहुमत छ । प्रदेशको नाम र राजधानी प्रदेश सभाको दुईतिहाइ बहुमतले तोक्न सक्छ ।
नेकपाभित्रै नाम र राजधानीका सम्बन्धमा सहमति जुट्न नसक्दा यो विषय पार्टी सचिवालयसम्म पुगेको थियो ।
मुख्यत: नेकपाभित्र प्रदेशको राजधानीका सम्बन्धमा ठूलो विवाद छ । नेकपा र अन्य पार्टीका गरी करीब दुईतिहाइ सांसद काठमाडौं उपत्यका आसपासमा राजधानी राख्नुपर्ने पक्षमा छन् ।
त्यसो त प्रदेश सभामा ५२ जना सांसदले काठमाडौं उपत्यकाबाटै प्रतिनिधित्व गर्छन् । काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लाका सांसदहरूको मत जोड्दा दुईतिहाइभन्दा माथि पुग्छ । यस्तो अवस्थामा पनि प्रदेश राजधानी हेटौंडा कायम गर्न पार्टी सचिवालयबाट निर्देशन आएपछि नेकपाकै सांसदहरू असन्तुष्ट बनेका छन् ।
पढ्नुहोस्, यो पनि :
नेकपा सचिवालयको निर्णय– प्रदेश ३ को नाम बाग्मती
प्रदेश सभामा काभ्रेबाट प्रतिनिधित्व गर्ने नेकपा सांसद रत्नप्रसाद ढकालले सचिवालयको गैरसंवैधानिक निर्देशन आफूहरूलाई मान्य नहुने बताए । 'यो विषयमा प्रदेश सभाको दुईतिहाइ बहुमतले निर्णय गर्ने भनेर संविधानमै उल्लेख छ,' सांसद ढकालले लोकान्तरसँग भने, 'यस्तो विषयमा निर्देशन दिने निर्णय गरेर उहाँहरूले संविधानअनुसार नै गल्ती गरिसक्नुभयो ।'
ढकालले थपे, 'पार्टी सचिवालयले संविधानभन्दा बाहिर गएर निर्देशन दिन मिल्दैन र यसरी दिएको निर्देशन हामी मान्दा पनि मान्दैनौं ।'
नाम र राजधानी दुवै संसदको प्रक्रियाबाटै टुंगिनुपर्नेमा उनको जोड छ । 'संविधानअनुसार प्रदेश सभामा मतदानको प्रक्रियामा जाने हो, जहाँ दुईतिहाइ पुग्छ त्यही राजधानी कायम हुन्छ,' सांसद ढकालले भने, 'नाम पनि प्रक्रियाबाटै तोकिन्छ ।'
नेकपाकै अर्का सांसद चन्द्रबहादुर लामा पार्टीको निर्णयमा आफ्नो सबैभन्दा ठूलो घोर आपत्ति रहेको बताउँछन् ।
'औपचारिकरूपमा हामीलाई त्यस्तो निर्देशन प्राप्त भइसकेको छैन, यदि यस्तो निर्णय पार्टीले गरेको हो भने गम्भीर गल्ती गर्यो,' सांसद लामाले लोकान्तरसँग भने, 'पार्टी अलग हो, प्रदेश अलग हो । प्रदेशमा आफ्नै पार्लियामेन्ट छ, हामी त्यसका सदस्य हौं । संविधानले दिएको अधिकार प्रयोग गरेर हामी आफैं निर्णय लिन सक्छौं, हामीलाई जनताको म्यान्डेट पनि छ ।'
कार्यविधि समेत पास भइसकेर प्रक्रियामा जाने बेलामा पार्टीबाट यस्तो निर्देशन आउनु आपत्तिजनक भएको उनको प्रतिक्रिया छ ।
'कार्यविधि समेत पास भइसकेको र एक ढंगले प्रक्रियामा जानुपर्ने अवस्थामा पार्टीको यस्तो निर्देशन आउनु आपत्तिजनक छ,' सांसद लामाले भने, 'संविधानभन्दा माथि पार्टी छैन, हामी प्रक्रियाबाटै नाम र राजधानी टुंग्याउँछौं ।'
सांसद लामाले थपे– 'काभ्रे राजधानी हुनुपर्छ भनेर प्रस्ताव गर्ने सांसद म नै हुँ, मैले त यो कुरा कुनै पनि हालतमा मान्नेवाला छैन, हाम्रो पनि आफ्नै विवेक छ, भोट हाल्ने त हामीले हो, सचिवालय सदस्यहरूले हात समातेर भोट हाल्न लगाउने त होइन होला !'
कांग्रेस सांसद् नरोत्तम वैद्य पनि प्रदेश राजधानी र नामाकरणबारे नेकपाले गरेको निर्णय अनुपयुक्त रहेको बताउँछन् । हेटौंडा राजधानी राख्ने निर्णय संघीयताको मर्मअनुसार पनि अनुपयुक्त रहेको र बाग्मती नाम पुरानै ढर्राको भएको उनको प्रतिक्रिया छ ।
'नाम बाग्मती, राजधानी हेटौंडा भनिसकेपछि अब मुख्यमन्त्रीलाई पनि अञ्चलाधीश भनौं,' नेकपाको निर्णयप्रति व्यंग्य गर्दै सांसद वैद्यले भने, 'बाग्मती पुरानै अञ्चलको नाम हो, हेटौंडा पनि पहिले अञ्चलकै राजधानी ।'
प्रदेशको नामाकरण गर्दा हलचल हुने खालको नयाँ नाम राख्नुपर्ने उनको सुझाव छ ।
'इटालीको भ्याटिकन भने जस्तै हो नि हाम्रो पशुपति,' सांसद वैद्यले लोकान्तरसँग भने, 'पशुपति नाम राखेर यसलाई स्पेशल टेरिटोरी बनाउनुपर्छ ।'
पढ्नुहोस्, यो पनि :
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...