×

NMB BANK
NIC ASIA

भैरहवा सेजमा देखिएन उद्योगीको आकर्षण, ८५ करोडका संरचना जीर्ण

पुस १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

निर्यात प्रवद्र्धन गर्ने गरी रुपन्देहीमा स्थापना भएको विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगीहरू आउन आनाकानी गरेका छन् ।

Muktinath Bank

सेज उद्घाटन भएको ५ वर्ष बितिसक्दा समेत भैरहवास्थित सेजमा जम्मा ३ वटा उद्योगले मात्र उत्पादन शुरू गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेज ३ पटक उद्घाटन समेत भयो तर व्यवसायीले उद्योग स्थापनाका लागि चासो देखाएका छैनन् । २२ वटा उद्योगले सञ्चालनको अनुमति लिएपनि ३ वटा मात्रै सञ्चालनमा आएका छन् ।


Advertisment
Nabil box
Kumari

उद्योग सञ्चालनका लागि अनुमति लिएका ५ उद्योगको अनुमति समेत खारेज भएको छ । ३ वटाले संरचना निर्माणको काम गरिरहेका छन् । 

Vianet communication
Laxmi Bank

सरकारले सेजमा विशेष अधिकार र सुविधा दिएपनि उद्योग स्थापनाको अनुमति लिएका उद्योगी समेत उद्योग स्थापना गर्न हिच्किचाएको देखिन्छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणका उपसचिव सुन्दर थापाले उद्योग स्थापनाका लागि ‘होल्ड’ गरेर राखेपनि सम्झौता गरेका उद्योगीहरू आउन नचाहेको बताए । 

‘पहिलो चरणमा २२ वटा उद्योग सञ्चालनमा आउने गरी सम्झौता भएको थियो,’ थापाले भने, ‘३ वटा मात्र सञ्चालनमा आएका छन् । ५ वटाको अनुमति खारेज गरियो । २ वटा आउने तयारीमा रहेको बताइन्छ । अन्य १२ वटा के गर्ने हुन् ठेगान छैन ।’ 

सेज रुपन्देहीको रोहणी गाउँपालिका बगाहा क्षेत्रमा पर्छ । आर्थिक क्षेत्र पूर्णरुपमा सञ्चालनमा आउने छाँट नदेखिएपनि उद्घाटन भने ३ पटक भएको छ । २०७१ मंसिर २ गते तत्कालीन गृहमन्त्री बामदेव गौतम र उद्योगमन्त्री महेश बस्नेतले संयुक्त रुपमा सेज उद्घाटन गरेका थिए ।

त्यसपछि २०७३ फागुन ५ गते पुनः तत्कालीन उद्योग मन्त्री नविन्द्रराज जोशीले सेज उद्घाटन गरे भने २०७६ वैशाख अन्तिम साता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले औपचारिक उद्घाटन गरे ।

सेजमा उद्योगीको आकर्षण नदेखिँदा ८५ करोड लगानी गरेर बनाएका सेजका संरचना जीर्ण बन्दै गएका छन् । सेजमा भएका उद्योगलाई कच्चा पदार्थ आयात गर्दा भन्सार छुट, ५ वर्षसम्मलाई आय कर छुट, मजदूरले कुनै अवरोध गर्न नपाइने लगायतका विशेष अधिकार दिइएको छ तर अन्य क्षेत्रमा महंगो जग्गा लिएर उद्योग खोल्न तयार हुने उद्योगी सजेमा जान आनाकानी गर्दा निर्यातमुखी अर्थतन्त्र बनाउने राज्यको योजनामा ठेस पुग्ने देखिन्छ । 

उद्योगीका अनुसार नेपालमा उत्पादन हुने कच्चा पदार्थले ६ महिना पनि उद्योग चल्न सकस छ । यस्तो अवस्थामा सरकारले सेजमा स्थापना भएका उद्योगले ६० प्रतिशत उत्पादन विदेश निर्यात गर्नुपर्ने प्रावधान लागू गरेको छ ।

त्यसैले ५ वर्ष अघिदेखि भैरहवामा सञ्चालन भइरहेको सेजमा ३ वटा मात्र उद्योग स्थापना भएका छन् । ५२ बिघा क्षेत्रफल रहेको सेजमा ६८ वटा प्लट छन् । सबै प्लट भाडामा गए २२ भन्दा बढीसम्म उद्योग स्थापना हुन्छन् ।

सेजमा २ करोड रुपैयाँ लगानीभन्दा बढीका उद्योग सञ्चालन हुनुपर्ने प्रावधान छ । सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कूलप्रसाद न्यौपानेले विदेशबाटै कच्चा पदार्थ ल्याएर फेरि उत्पादन गरेर निर्यात गर्नुपर्ने प्रावधानले उद्योगीहरू आउन नचाहेको बताए । ‘नेपालमा पर्याप्त कच्चा पदार्थ छैन,’ न्यौपानेले भने, ‘भारत अथवा अन्य मुलुकबाट कच्चा पदार्थ ल्याएर उतै निर्यात गर्न उद्योगले सम्भव देखेनन् । भारत र चीन जस्ता ठूलो मुलुकसँग नेपालले प्रतिस्पर्धा गर्न सक्दैन ।’

‘उद्योगमा विद्युत्को सवस्टेसन निर्माण गर्ने भनिएको थियो । त्यो पनि अहिलेसम्म भएको छैन । १८ वर्ष अगाडिको अवधारणले यहीँ गतिले पूरा हुने देखिँदैन,’ उनले भने ।

शक्ति मिनिरल्स प्रालि, ब्रिजेस लाइट, स्टिलका भाडाकुँडा र चुनढुंगा प्रशोधन गरेर बनाइएको पत्थरको गरी ३ वटा उद्योगले धिमा गतिमा उद्योग सञ्चालन गरिरहेका छन् । अन्यले विदेशबाट कच्चा पदार्थ आयात गरेर उत्पादन गर्छन् भने पत्थर नेपालकै कच्चा पदार्थबाट बनेको हो । जय बुद्ध मेटल, एल्मुनियन उद्योग र एस प्लास्टिकले संरचना निर्माणको काम गरिरहेको बताइन्छ । 

खाद्य उद्योग, कृषिजन्य हर्वल प्रोडक्ट, छालाको वस्तु, तयारी पोशाक, हस्तकला, धातु तथा प्लास्टिक उत्पादन गर्ने उद्योगलाई सेजले प्राथमिकतामा राखेको छ । विशेष आर्थिक क्षेत्र भैरहवाका कम्प्युटर अपरेटर मीरा भट्टराईले सबै सुविधा पुर्‍याउँदा पनि उद्योगीहरू नआउनु आश्चर्यको विषय रहेको बताइन् ।

‘बिजुली, पानी, बैंक, बीमा सबै सुविधा उपलब्ध गराएका छौं । खै किन आउनुहुन्न उद्योगीहरू ? आश्चर्यको विषय छ,’ उनले भनिन् । उनले विद्युत् सवस्टेसन निर्माणका लागि टेन्डर प्रक्रिया शुरू भएको जानकारी दिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x