×

NMB BANK
NIC ASIA

स्वास्थ्य चौकी टाढा छ, घरमै प्रसूति गराउँछन् दुर्गममा

पुस १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जिल्लाको विकट महाभारत गाउँपालिका वडा नम्ब। १ र २ का स्थानीय महिलाहरु गर्भवती भएर प्रसूति गराउन घण्टौँ हिँडेर स्वास्थ्य चौकी जानुपर्ने बाध्यताका कारण अझै पनि घरमा नै प्रसूति गर्नेको सङ्ख्या धेरै रहेको पाइएको छ।

Muktinath Bank

एकातिर भौगोलिक विकटता र अर्कोतिर बेथा लागेपछि स्वास्थ्य चौकी लैजाने मान्छेको अभावका कारण अझै पनि घरमा नै प्रसूति गराउनेको सङ्ख्या धेरै रहेको पाइएको गोकुले स्वास्थ्य चौकीका हेल्थ असिस्टेण्ट प्रविण कुँवरले बताए। उनका अनुसार अहिले पनि बेथा लागेपछि स्वाथ्य चौकी बोकेर ल्याउन नै गाह्रो हुने गरेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँघरमा बोकेर ल्याउने मान्छेसमेत कमी भएका कारण अझै पनि घरमा नै प्रसूति गराउनेको सङ्ख्या धेरै रहेको छ। घरमा नै प्रसूति गराउने चलन भएका कारण पनि त्यस्तो अवस्था आएको हो। 


Advertisment
Nabil box
Kumari

स्वास्थ्य चौकीका अनमी हिरामाया घिसिङका अनुसार अघिल्लो आर्थिक वर्ष १८ र यस वर्ष ७ जना गरी २५ जनाले स्वाथ्य चौकीमा प्रसूति गराएका छन्। सरकारले गर्भवती भएपछि नियमित रुपमा चार पटकसम्म गर्भ जाँच गराएर स्वास्थ्य चौकीमा प्रसूति गराएबापत  ८०० र यातायात खर्चस्वरुप  दुई हजार गरी दूई हजार ८०० पाउने गरे पनि विशेष गरी स्वास्थ्य संस्थामा आएर प्रसूति गराउनेको संख्या कम रहेको उनले बताए। अहिले पनि वडा नम्बर १ र २ का सेवाग्राहीलाई स्वास्थ्य चौकीसम्म आइपुग्न भूगोलअनुसार डेढ घण्टादेखि चार घण्टासम्म लाग्ने गरेको घिसिङले बताए।

Vianet communication
Laxmi Bank

भवन सुविधा सम्पन्न भए पनि अहिले सो स्वास्थ्य चौकी भवनमा दरबन्दीअनुसारको जनशक्ति छैन । विकट क्षेत्रमा दरबन्दीअनुसारको दक्ष जनशक्ति कम हुनुका साथै भूगोलका कारण घण्टौँ हिड्नुपर्ने बाध्यताले सेवा लिन आउनेको संख्या कमै हुने गरेको स्थानीयहरुको भनाइ छ।

भौगोलिक विकटताका कारण प्रसूतिसम्बन्धी विगतमा भन्दा निकै सचेत भए पनि आउनेको सङ्ख्या कम भएका कारण आफूहरुले त्यसलाई सतप्रतिशत गराउन अभियान चलाएको वडा नं। १ का वडाध्यक्ष कान्छामान जिम्बाले बताए।  ‘सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१, महाभारत गाउँपालिकाको १ र २, खानीखोला–४ लगायत गरी करिब तीन÷चार घण्टा टाढादेखि हिँडेर आउनुपर्ने बाध्यता छ,’ उनले भने। 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x