×

NMB BANK
NIC ASIA

कर्णालीमा पनि भ्रमण वर्ष शुभारम्भ : मुख्यमन्त्री भन्छन् – पर्यटकलाई भगवान मान्नुस्

पुस १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णालीको बुलबुले तालमा भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ । कर्णाली प्रदेशका विभिन्न झाँकीसहित भ्रमण वर्षको शुभारम्भ गरिएको हो ।

Muktinath Bank

कार्यक्रममा जुम्लाको देउडा गित, हुडके नाच, सुर्खेत लेकबेसीदेखि सोरठि, नेपाल प्रहरिद्वारा ब्यान्ड बाजा, सिम्ताको गर्रा नृत्य, पसेरु नृत्य, राउटे नृत्य जस्ता झाँकी प्रदर्शन गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा कर्णाली आएका विदेशी पाहुनालाइ कार्यक्रममा भव्य स्वागत गरिएको छ । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले खादा ओढाई सम्मान गरेका थिए । यसअघि मन्त्रालयले भारतीय पर्यटकहरुको बबइमा स्वागत गरेको थियो ।


Advertisment
Nabil box
Kumari

बुलबुले तालमा भएको शुभारम्भ कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो ।  प्याराग्लाइडिङमा दुई जना विदेशी र चार जना नेपाली सहभागी भएका थिए । वीरेन्द्रनगरको १४ नम्बरमा पर्ने गढीदेखि सोझै बुलबुले तालमा अवतरण गरेका थिए ।

Vianet communication
Laxmi Bank

साग विजेता खेलाडीलाई सम्मान

१३ औं साग बिजेता खेलाडीलाई कर्णाली प्रदेश सरकारले नगद पुरस्कारसहित सम्मान गरेको छ । कर्णालीबासी भएका नाताले कर्णालीका लागि पदक ल्याएको बताउँदै प्रदेश सरकारले सम्मान गरेको हो ।

मुख्यमन्त्री शाहीले १३ औ सागमा उसुमा स्वर्णपदक जितेका दिपक हमाललाई नगद ३ लाख, म्याराथनमा रजत पदक प्राप्त गर्ने सल्यान कि पुष्पा भण्डारी, महिला फुटबल समूहमा रजत पदक प्राप्त गर्ने सुर्खेतकी गिता राना, र महिला हेन्ड बलमा रजत पदक प्राप्त गर्ने रुकुम पश्चिमकी शारदा बिकलाई जनही नगद रु दुई लाख र सम्मान पत्रसहित सम्मान गरेका थिए ।

त्यस्तै कास्यपदक बिजेताद्वय दैलेखका चन्द्रकला थापा बक्सिङतर्फबाट, खोखोतर्फ सुर्खेतका टेक बहादुर सार्कीलाई जनही १/१ लाख नगदसहित मुख्यमन्त्री शाहीले सम्मान गरेका हुन् ।

पैसेरु नाचमा रमे मुख्यमन्त्री र मन्त्री

सुर्खेतको सिम्तामा चर्चीत नृत्य पैसेरु नाचमा मुख्यमन्त्री शाही झुमेका छन् । शाहीसँगै प्रदेश सरकारका पर्यटनमन्त्री नन्दसिंह बुढा, सामाजिक विकासमन्त्री दल रावल, प्रदेश सभा सदस्य कौशिलावत्ती खत्री, सिम्ता गाउँपालिकाका अध्यक्ष कबिन्द्र कुमार केसी पनि नृत्यमा झुमेका थिए ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले कर्णाली पर्यटकलाइ दिलदेखि नै स्वागत गर्न आतुर रहेको बताए । ‘हामीसँग पर्याप्त पर्यटनका सम्भावना छन,’ उनले भने, ‘कर्णालीमा आउने सबै पर्यटकलाई कर्णाली स्वागत गर्न आतुर छ । नेपालकै भर्जिन प्रदेशमा भ्रमण गर्ने सबैलाइ अनुरोध गर्दछु ।’

कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले राष्ट्रको आवश्यकता र महत्व पूरा गर्न पर्यटन क्षेत्रले ठूलो योगदान दिइरहेको बताए । ‘यो नेपाल भ्रमण वर्षले यो वर्षका लागि मात्रै पर्यटकलाई आकर्षण गर्नेछैन । आगामी वर्षमा पनि नेपालको समग्र पर्यटन क्षेत्रको विकासका लागि कोसेढुंगा बन्ने मेरो विश्वास छ,’ उनले भने, ‘हाम्रो प्रदेशमा पनि त्यसैले शुभारम्भ गरिएको हो । सम्पन्नता हासिल गर्ने महत्वपुर्ण क्षेत्रको रुपमा रहेको पर्यटन क्षेत्रको सबै क्षेत्रले भरपुर उपयोग गर्न जरुरी छ ।’

सभामुख शाहीले पर्यटनमैत्री संस्कार र व्यवहार प्रर्दशन गर्न आवश्यक रहेको बताउँदै कर्णाली विकट भएपनि कर्णालीको बहुआयामलाई भरपुर उपयोग गरे देशलाई नै योगदान दिन सकिने बताए । उनले सबै क्षेत्रको सहकार्य र समन्वयबाट मात्रै कर्णालीको समृद्धि सम्भव रहेको बताउँदै यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली सरकारले कृषि र पर्यटनलाई नै समृद्धिको मुल आधारको रुपमा गत वर्ष नै लगिसकेको बताए । ‘विश्वको गन्तव्य नेपाल, नेपालको गन्तव्य कर्णाली भन्ने मूल नाराका साथ हामी अघि बढेका छौं । कर्णालीको मुख्य आयश्रोत कृषि हो । आत्म निर्भर अर्थतन्त्रका लागि यसले टेवा पुर्‍याउँछ,’ उनले भने, ‘दोश्रो पर्यटन हो । रारा, शेफोक्सुण्डो, कुभिन्डे दह, बुलबुले ताल जस्ता प्राकृतिक पर्यटनका आधार स्तम्भ हुन ।’ उनले कर्णालीमा मार्सी पाईने, जौ, फापर जस्ता रैथाने बाली भएको र अर्गानिक उत्पादन हुनेहुँदा यसलाई एग्रो पर्यटनको रुपमा विकास गरिने बताए ।

‘कर्णालीमा धार्मिक तथा भाषिक पर्यटनको सम्भावना पनि छ,’ उनले भने, ‘नेपाली भाषाको उत्पति कर्णालीको सिंजामा नै भएको हो । यहाँको काँक्रेविहार, मानसरोवरका लागि छोटो दूरी , देउतीबज्यै, चन्दननाथ मन्दिरलाई पर्यटन क्षेत्रको रुपमा प्रचार गरी हिन्दु र बौद्ध धर्मावलम्बी कर्णाली ल्याउन सकिन्छ ।’

उनले कर्णाली विकट भएको बताए । ‘कर्णाली आउन असजिलो क्षेत्र हो,’ शाहीले भने, ‘कर्णाली आउन सस्तो कसरी बनाउन सकिन्छ, कसरी सहज आवतजावत जाने बाटो बनाउन सकिन्छ चुनौती छ । तर हामी ती चुनौतीको डटेर सामना गर्दै पर्यटकलाई कर्णालीमा ल्याउन हामी लाग्छौ ।’

उनले बाहिरबाट आउने अतिथिलाइ भगवानको रुपमा लिइ अघि बढनुपर्नेमा जोड दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x