२६ जेठ २०८३, मंगलबार

नेपालमाथिको नाकाबन्दी फिर्ता नगरे संसद अवरुद्धको चेतावनी दिने भारतीय नेता त्रिपाठीको निधन

नेपालमाथिको नाकाबन्दी फिर्ता नगरे संसद अवरुद्धको चेतावनी दिने भारतीय नेता त्रिपाठीको निधन

२०७२ सालमा नेपालमाथि भारतले गरेको अमानवीय नाकाबन्दीको भारतीय संसदमै विरोध गर्ने भारतीय राष्ट्रवादी कांग्रेसका वरिष्ठ नेता डीपी त्रिपाठीको बिहीवार बिहान निधन भएको छ ।

त्रिपाठीले नेपालको शान्ति प्रक्रियामा भारतको तर्फबाट विशेष भूमिका खेलेका थिए । उनले २०६२/६३ मा भएको दोस्रो जनआन्दोलनमा आन्दोलनको पक्षमा सद्भाव राखेका थिए ।

भारतीय कम्युनिस्ट पार्टीका नेता सीताराम यचुरीसँगै त्रिपाठीले जनआन्दोलनको पूर्वसन्ध्यामा नेपाल आएर राजाको निरंकुशताको विरोध गरेका थिए ।

त्रिपाठी लामो समयदेखि बिरामी थिए । उनी भारतका एक प्रभावशाली नेतामध्येका एक हुन् ।

त्रिपाठी नेपालप्रति सद्भाव राख्ने भारतीय नेतामध्ये पर्छन् । उनले २०७२ सालमा भारतले नेपालमाथि गरेको नाकाबन्दीका विरुद्धमा भारतीय संस्थापनसँग आँखा जुधाएर कुरा गरेका थिए ।

त्यतिबेला संसद रहेका त्रिपाठीले नेपालमाथि गरिएको अमानवीय नाकाबन्दी फिर्ता नलिए संसद अवरुद्ध गर्ने चेतावनी दिएका थिए ।

उनको पुरा नाम देवीप्रसाद त्रिपाठी हो । उनी भारतमा पिछडिएको मध्ये पर्ने उत्तर प्रदेशको सुल्तानपुरमा जन्मेका थिए । १६ वर्षको उमेरमै राजनीति शुरू गरेका त्रिपाठी राजीव गान्धीका दाहिने हात बनेका थिए ।

यद्यपि सोनिया गान्धीसँग उनको राजनीतिक मतभेद बढेपछि शरद पवारसँग मिलेर पार्टी फुटाएर राष्ट्रवादी कांग्रेस घोषणा गरेका थिए ।

उनले दिल्लीको चर्चीत जवाहरलाल नेहरू विश्वविद्यालयमा छात्रसंघको अध्यक्षसमेत रहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्