
एक पाइलटले उडानकै क्रममा विमानको इन्जिन बिग्रेपछि सुझबुझपूर्ण रूपमा अर्जेन्टिनाको ओटामेन्डी प्राकृतिक आरक्षमा विमान अवतरण गराएका छन् । विमानमा सवार नवैजनाको ज्यान जोगिनेगरी उनले अवतरण गराएका हुन् ।
सेस्ना सी–५६० बिजनेस जेटका नाम नखुलाइएका पाइलटले मकैबारीमा विमान अवतरण गराएका हुन् ।
घटनाको नाटकीय तस्वीरमा विमान भुइँमा अवतरण भएर चिप्लिएको र बारीमा घस्रिएको अनि रोकिएको देखिन्छ ।
प्रतिकूल मौसममा उडिरहँदा विमानको इन्जिन बन्द भएको समाचारहरूमा जनाइएको छ ।
दुर्घटनामा बाँचेका कसैलाई पनि चोटपटक नलागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
एजेन्सी