×

NMB BANK
NIC ASIA

सुर्खेत र दैलेखमा २१ सय भन्दा बढी छाउगोठ, भत्काउन अवरोध गर्नेलाई सिधै जेल

पुस १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेशका सुर्खेत र दैलेख जिल्लामा रहेका सबै छाउगोठ भत्काउन दुवै जिल्लाका प्रशासन कार्यालयले अग्रसरता देखाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

गृहमन्त्रालयले छाउगोठ तत्काल भत्काउन निर्देशन दिएपछि प्रशासन तातेको हो । सुर्खेत जिल्लामा १८ सय र दैलेख जिल्लामा ३ सय १८ छाउगोठ रहेको अनुमान गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार सुर्खेतका चौकुने गाउँपालिकामा चार सय, बराहताल गाउँपालिकामा एक हजार र पञ्चपुरी नगरपालिकामा ४ सय छाउगोठ रहेका छन् ।


Advertisment
Nabil box
Kumari

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सरकारी वकिल कार्यालय प्रमुख र जिल्ला प्रही कार्यालय प्रमुखको एक समिति बनाई स्थानीय तहसँग सोझै समन्वय गर्दै छाउगोठ भत्काउन टोली विहीबार बराहताल जान लागेको प्रजिअ अधिकारीको भनाइ छ ।

Vianet communication
Laxmi Bank

‘हामी भोली बिहीवारदेखि बराहतालमा छाउगोठ भत्काउन जाँदैछौं,' उनले भने, 'सबैभन्दा पहिले कर्मचारी, जनप्रतिनिधि र शिक्षकका घरमा रहेका छाउगोठ भत्काउँछौं । त्यसपछि समुदायस्तरमै छाउगोठ भत्काउन अनुरोध गर्छौं । नभत्काए प्रहरी परिचालन गरेर भत्काउँछौं । अवरोध गर्नेलाई मुलुकी संहिता अनुसार फौजदारी अभियोगमा तीन महिना जेल राख्छौं ।’

सुर्खेतमा छाउगोठ भत्काउने अभियान २० वर्ष पहिले गैरसरकारी संस्थाहरूले शुरू गरेको भएपनि त्यो दिगो नभएको उनको भनाइ  थियो ।

‘अब हामी स्थानीय सरकार, प्रहरी प्रशासनले वर्षैभरि छाउगोठ भत्काउने अभियान जारी राख्नेछौं,' लोकान्तरसँग कुरा गर्दै अधिकारीले भने, 'यो अभियान जबसम्म कसैले पनि छाउगोठ बनाउन रोक्दैनन् तबसम्म जारी रहनेछ ।’

उनले सबै स्थानीय तहलाई छाउगोठमुक्त भनेर घोषणा गर्न पनि निर्देशन दिएको बताए । 'यसका अलावा हामीले कार्यालयमा छाउगोठ भत्काउने र छाउ बार्न नदिने भन्दै हस्ताक्षर गर्न पम्पलेट पनि टाँसेका छौं,' उनले भने, 'सेवाग्राहीहरूले हस्ताक्षर गर्दै आउनु भएको छ । यो अभियानमा सबैको साथ रहने हाम्रो अपेक्षा छ ।’

उनका अनुसार वीरेन्द्रनगरको अछामी डाँडामा पनि छाउगोठ भएको सुन्नमा आएको बताउँदै त्यसतर्फ  पनि टोली परिचालन गरिनेछ ।

दैलेख जिल्लाको आठबीस नगरपालिकामा छाउगोठ भत्काउने अभियान सुरु भएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । उनका अनुसार जिल्लाका दुल्लु नपा, चामुण्डा विन्द्रासैनी नपा, आठबीस नपा र ठाँटीकाँध गाउँपालिकामा छाउ बार्ने गरिन्छ ।

त्यहाँ रहेका छाउगोठ भत्काउन स्थानीय तहका कार्यकारी, स्रोत साधन भएको गैरसरकारी संस्था र प्रहरी परिचालन गरिएको उनको भनाई छ ।

‘सुरुमा हामी छाउगोठ भत्काउन आम नागरिकलाई सचेतना दिन्छौं,' कट्टेलले भने, 'दिमागमा रहेको छाउगोठ भत्काउने प्रयास गर्छौं । त्यसरी पनि छाउगोठ भत्काउन मानेन भने दुइ चार जनालाई थुन्छौं । अब दैलेखमा छाउगोठ बनाउन नदिने गरि हाम्रो अभियान सुर भएको छ ।’

उनले जो सुकैको घरमा पनि छाउगोठ भएको पाइए भत्काउन अनुरोध गर्ने, नभत्काए कारवाही गर्नेगरी अघि बढेको जानकारी दिए ।

उनका अनुसार छाउगोठ नभत्काउनेलाई पहिलो चरणमा सामाजिक सुरक्षा भत्ता रोक्नेसमेत योजना बनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x