×

NMB BANK
NIC ASIA

घुँडा दुखेको औषधिले जब मिर्गौला बिग्रियो...

पुस १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

घुँडा दुखेर अस्पताल पुगेकी एक महिलालाई डाक्टरले दिएको औषधिको असरले मिर्गौलामा खराबी देखिएपछि पीडित परिवारले अदालतमा मुद्दा हाल्ने तयारी गरेको छ। झापा चारआली नगरपालिका–१३ की सुनम गौतमको मिर्गाैलामा खराबी देखिएपछि पीडित परिवार यतिबेला चिन्ताग्रस्त छ। झापा बिर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरमा घुँडाको उपचार गराएकी सुनमको उपचार यतिबेला काठमाडौं मेडिकल कलेजमा भइरहेको छ। ‘अवस्था क्रिटिकल नै छ। मिर्गौलामा असर देखिएको छ,’ सुनमका जेठा छोरा संगमले भने। ३९ वर्षीया सुनमको दायाँ घुँडाछेउ एक्कासी दुख्न थाल्यो। घुँडाको केही भाग सुन्निएपछि उनी उपचारका लागि बी एन्ड सी अस्पताल पुगिन्। बी एन्ड सी अस्पताल पुगेकी सुनमलाई जनरल फिजिसियन डा.लक्ष्मण ठाकुरले मंसीर २७ गते जाँच गरि औषधि प्रेस्क्राइब गरेका थिए।

Muktinath Bank

बी एन्ड सीका चिकित्सकले ‘प्रेस्क्राइब’ गरेको औषधि सेवनले प्रतिक्रिया गर्दा सुनमको अनुहार बिग्रँदै गएको छोरा संगमले जानकारी दिए। अस्पतालमा डा. ठाकुरले प्रेस्क्राइब गरेको इन्डोमेथासिन क्याप्सुल र लिवोफ्लोक्स–७५० औषधि सेवन गरेपछि उनको अवस्था बिग्रँदै गएको उनले बताए। अस्पतालमा विभिन्न परीक्षण गरिएको परिवारले जनाएको छ। डा. ठाकुरले प्रेस्क्राइब गरेको औषधिको प्रभावले शारीरिक क्षति पुगेकाले नयाँ औषधि खुवाउनु पर्ने सुझाव काठमाडौं मेडिकल कलेजका चिकित्सकले दिएका छन्। सोहीअनुसार औषधि सेवन गराउन थालेको अर्का छोरा सुगमले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिरामी सुनमलाई शारीरिक, मानसिक र भावनात्मक क्षति पुगेको परिवारका सदस्यले बताए। चिकित्सकको हेलचेक्र्याइँका कारण सुनम दिनहुँ डे«सिङ गर्दा रुने गरेको सुगमले बताए। उनको अनुहार यतिबेला नचिनिने अवस्थामा छ। अनुहार पोलेकोजस्तो देखिन्छ। ‘शरीरको सबै ठाउँ पोलेजस्तो देखिन्छ। कुनै ठाउँ बाँकी छैन,’ संगमले भने। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि मंसिर १ गते उडानबाट काठमाडौं ल्याइएको थियो। काठमाडौं मेडिकल कलेजमा उपचाररत सुनमको मिर्गौलामा असर परेको चिकित्सकले जनाएका छन्। ‘मिर्गौलामा असर पुगेको छ। जुनसुकै बेला पनि डायलासिस गर्नुपर्ने हुन सक्छ भनेर डाक्टरले भनेका छन्,’ संगमले भने।


Advertisment
Nabil box
Kumari

     औषधिको असरबाट सुनमको शरीरमा क्षति पुगेको भन्दै पीडित परिवारले क्षतिपूर्ति मुद्दा हाल्ने भएको हो। मुलुकी अपराध (संहिता) ऐन र उपभोक्ता हित संरक्षण ऐनका आधारमा चिकित्सकीय लापरबाहीमा क्षतिपूर्ति भराइ पाउन मुद्दा दायर गर्ने कानुनी बाटो छ। उपभोक्ता हित संरक्षण मञ्चका उपमहासचिव विष्णु तिमिल्सेना गलत औषधिका कारण सेवाग्राहीको स्वास्थ्यमा क्षति पुग्नु चिकित्सकको गम्भीर लापरवाही भएको बताउँछन्। ‘गलत औषधिकै कारणले मिर्गौला बिग्रन पुगेको हो भने मुद्दा दायर गर्न सकिन्छ,’ अधिवक्ता तिमिल्सेनाले भने।

Vianet communication
Laxmi Bank

२० वर्षअघि टाउको दुख्ने समस्याले त्रिपुरेश्वरस्थित ब्लु क्रस नर्सिङ होममा गएकी युवती सिर्जना केसीको डा. दिनेश विक्रम (डीबी ) शाहले दिएको औषधिले आँखामा क्षति पुगेपछि क्षतिपूर्ति भराउने फैसला भएको थियो। सर्वोच्च अदालतले ०६६ सालमा केसीलाई क्षतिपूर्तिबापत ६ लाख १७ हजार १ सय १९ रुपैयाँ दिलाउने फैसला गरेको थियो। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x