२६ जेठ २०८३, मंगलबार

यी हुन् अम्बा खानुका फाइदा

पुस १८, २०७६
यी हुन् अम्बा खानुका फाइदा

अम्बामा प्रशस्त मात्रामा आइरन र हेमोग्लोबिन पाइन्छ । आधा पाकेको अम्बाले पेटसम्बन्धी रोगका लागि फाइदा पुर्‍याउँछ । पाकेको अम्बाले तागत बढाउँछ । 

पेट सफा गर्न, दाँत बलियो बनाउन र भोक जगाउन अम्बाको सेवन राम्रो मानिन्छ । यसमा भिटामिनको मात्रा पनि प्रशस्त हुने भएकाले रोगसंग लड्ने क्षमता बढाउँछ । 

दम, खोकी र ग्यास्ट्रिक कम गर्न अम्बा सहयोगी हुन्छ ।  पेटमा चुर्ना परेका वेला, टन्सिल हुँदा यसको पात र बोक्राको प्रयोगले फाइदा गर्छ । 

झाडापखाला हुँदा ३० ग्राम अम्बाको पात र एक मुठी चामलको पिठोमा दुई गिलास पानी हालेर उमाली दिनको दुईपटक पिउँदा निकै सन्चो हुन्छ । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्