×

NMB BANK
NIC ASIA

कर्णालीबाट नेकपाले छानेका उम्मेदवार भन्छन् – पार्टीले न्याय दियो

पुस १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाको सदस्यका लागि कर्णालीबाट उम्मेदवारमा सिफारिस भएका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ की सुमित्रा विसीले पार्टीले राम्रो मूल्यांकन गरेकाले लामो समयपछि न्याय पाएको बताएकी छन् ।

Muktinath Bank

उम्मेदवार विसीले २०३५ सालदेखि पार्टीका विभिन्न पदमा रही काम गरेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘२०३९ सालमा पार्टी भूमिगत हुँदा पहिलोपटक पार्टी सदस्यता लिएको हुँ । सदस्यता हराएका कारण फेरि २०४३ सालमा पार्टी सदस्यता लिएकी हुँ,’ उनले भनिन्, ‘पार्टीको गाउँ कमिटी हुँदै हाल पार्टीको केन्द्रीय निर्वाचन आयोगमा सदस्यको रुपमा कार्यरत छु ।’


Advertisment
Nabil box
Kumari

उनी तत्कालीन एमाले निकट अखिल नेपाल महिला संघको केन्द्रीय सचिव थिइन् । ‘विगतमा लामो समय पार्टीको सांगठनिक अभ्यासमा सक्रिय थिएँ,’ उनले भनिन्, ‘अहिले संसदीय अभ्यास गर्ने पालो आउन लागेको छ । राष्ट्रियसभा सदस्यका रुपमा निर्वाचित भएपछि मैले सरकारलाई सफल बनाउन विगतभन्दा थप सशक्त भूमिका खेल्नेछु ।’

Vianet communication
Laxmi Bank

नेकपाका राष्ट्रिय सभाका उम्मेदवार मायाप्रसाद शर्माले जनअपेक्षा अनुसार काम गर्न राष्ट्रिय सभामा भूमिका खेल्ने बताए । ‘म त्यहाँ जाँदा कर्णालीका पीडा, जनताका दुःख–सुखका विषयमा आवाज उठाउने छु,’ उनले भने, ‘पछाडि पारिएको कर्णालीलाई राज्यको मूलधारमा ल्याउन मेरो भूमिका रहने छ । त्यसबाहेक जनचाहना बमोजिमका नीति बनाउन, पारित गर्न मैले भूमिका खेल्नेछु । विकास निर्माणमा आवाज उठाउने छु ।’

२०२० असार १५ गते भेरी नगरपालिका–११ जाजरकोटमा जन्मेका मायाप्रसाद नेकपा मशाल निकट अखिल छैठौंमा २०३८ सालमा आवद्ध भए । बीचमा केही समय शिक्षक भएर काम गरेका उनी २०४७ जेठदेखि पार्टीमा संगठित भएका हुन् । २०६४ सालमा सभासद् बनेका शर्मा २०३८ देखि विद्यार्थी, शिक्षक, किसान लगायतका संगठनमा संगठित भएका थिए । २०४२ देखि समाज सुधार युवा क्लब जगतिपुरको अध्यक्ष भइ कम्युनिस्ट पार्टीको काम गरेका, २०४७ जेठमा नेकपा मशालको खुलामञ्च नयाँ जनवादी मञ्चको उपाध्यक्ष र पार्टी सदस्यता प्राप्त, २०४७ मंसिरमा मशालको जिल्ला समिति सचिवालय सदस्य, २०४९ चैत्रदेखि पूर्णकालीन भई २०५१ देखि भूमिगत भएका थिए ।

‘२०५५ आश्विनदेखि दैलेख र सुर्खेतको संयुक्त जिल्ला सेक्रटरी, २०५७ माघदेखि पश्चिम क्षेत्रीय ब्यूरो सदस्य, २०६० सालमा केन्द्रिय सदस्य, २०६२ आश्विनको चुनवाङ बैठकपछि पार्टीका हरेक सदस्यहरू १–१ तह तल झर्ने नीति अनुसार सेतीमहाकाली ब्यूरो सचिवालय सदस्य, २०६३ चैत्रमा सेती ब्यूरो सेक्रटरी बनेको थिएँ,’ उनी भन्छन्, ‘२०६४ वैशाखदेखि गणतान्त्रिक मञ्च समन्वय समितिको संयोजक, २०६५ मंसिरमा केन्द्रिय सदस्य तथा भेरी कर्णाली राज्य समितिको सहइन्चार्ज, २०६९ असार २ देखि भेरी कर्णाली राज्य समितिको इन्चार्ज, २०६९ माघ २ गते सम्पन्न सातौं अधिवेशनदेखि पोलिटब्यूरो सदस्य तथा भेरी कर्णाली राज्य समिति इन्चार्ज, २०७२ कात्तिक २२ गतेदेखि सचिवालय सदस्य र २०७२ मंसिर ४ देखि भेरी–कर्णाली राज्य संयोजक, २०७३ मंसिर ११ देखि बसेको बैठकद्वारा कर्णाली प्रदेश संयोजक, हाल २०७५ जेठ ३ गतेदेखि नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) को केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सचिवको रुपमा काम गरिरहेको छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x