२७ जेठ २०८३, बुधबार

ठेकेदारको गम्भीर लापरवाही : चोभार–दक्षिणकाली सडकको बेहाल

पुस १९, २०७६
ठेकेदारको गम्भीर लापरवाही : चोभार–दक्षिणकाली सडकको बेहाल

काठमाडौँको चोभारदेखि दक्षिणकाली जाने सडकको निर्माण मङ्सिरमै पूरा गर्ने प्रतिबद्धता जनाइए पनि सम्बन्धित निकायको कमजोरी र ठेकेदार कम्पनीको लापरबाहीका कारण अझै पूरा हुन सकेको छैन ।

सो सडक निर्माण हुन नसक्दा शुरूहुन लागेको नेपाल भ्रमण वर्षको सन्दर्भमा पर्यटनको एक महŒवपूर्ण गन्तव्यका रूपमा रहेको दक्षिणकालीसमेत ओझेलमा पर्ने देखिएको छ ।

सङ्घीय राजधानी काठमाडौँ र प्रदेश ३ को राजधानी हेटौँडा जोड्ने सबभन्दा छोटो वैकल्पिक बाटोका रूपमा रहेकोे यो सडक सम्बन्धित निकाय र स्थानीय जनप्रतिनिधिले मङ्सिरभित्रै निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि अहिले निर्माण कार्य भने कछुवा गतिमा अगाडि बढेको छ । काम नगर्नेले उल्टै अनेक बहानाबाजी गर्ने गरेको पाइएको छ ।

वर्षायाममा काम भएन, दशैँ–तिहारले काम भएन, अनि अर्को बहाना शुरूभएको छ– चिसोले काम हुन सकेको छैन । यो सडकखण्ड निर्माण हुन नसक्दा वर्षाको समयमा हिलो तथा हिउँदको समयमा धुलोले यहाँका बासिन्दा र यात्रुले सास्ती व्यहोर्दै आएका छन् । उनीहरूको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छ । यो सडकको कुल लम्बाइ ९.३६ किलोमिटर छ ।

यसअघि गोरखापत्रसँगको कुराकानीमा मङ्सिरभित्रै सो सडकको सम्पूर्ण निर्माण सम्पन्न गर्ने प्रतिबद्धता गर्नुभएका भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली सडक योजनाका प्रमुख जगत प्रजापतिले चिसोका कारण मङ्सिरभित्र निर्माण हुन नसकेको बताए।

उनले भने, “मङ्सिरदेखि शुरूभएको अत्यधिक चिसोका कारण सोचेअनुसार काम गर्न सकिएन, चिसो कम हुँदै गएपछि निर्माण कार्यले गति लिनेछ । ’’ सडकको ‘प्राइम लेयर’को काम पूरा भइसकेको बताउँदै उनलेकालोपत्रे गर्ने क्रममा दुई तहमध्ये पहिलो तहको कालोपत्रे भइसकेको छ । उनले अन्तिम कालोपत्रे पुसभित्र सम्पन्न गर्ने बताए।

“यस सडकखण्डमा कालोपत्रे गर्ने काम डेढ किलोमिटर मात्र बाँकी छ’’, उनले थपे, “विस्तार तथा स्तरोन्नतिको काम अन्तिम चरणमा छ । अबको एक महिनाभित्र सम्पूर्ण काम पूरा हुनेछ । ” भक्तपुर – नगरकोट– सिपाघाट–बल्खु– दक्षिणकाली सडक योजनाअन्तर्गत चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाहदेखि दक्षिणकालीसम्म यो सडक खण्ड विस्तार हुन लागेको हो ।

अहिले बिग्रेका सडकको कालोपत्रे, भत्केका सडक किनारको मर्मतसम्भारलगायतका काम भइरहेको उनलेबताए। यस सडक सामान्य (ग्रानेल सेलिङ) स्तरमा निर्माण गर्ने गरी सम्झौता भएको हो । सडकका दुवैतिर गाउँबस्ती भएको, गाउँका मानिसले घरको छतको पानी सडकमा खसाल्ने गरेको, माटो र निर्माण सामग्रीका कारण सडकको नाली पुरिने गरेकाले सडक बिग्रिने गरेको दाबी योजनाको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्