
चौथो सैनामैना आद्योगिक व्यापार महोत्सव बुद्धकालिन सभ्यता सँग जोडिने भएको छ ।
विश्व शान्तिका अग्रदुत तथा गौतम बुद्धको जन्मस्थल लुम्विनी देखि करिब १५ कि.मी. उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित नगरपालिकामा संचालन हुन लागिरहेको मेलामा बुद्धकालिन सभ्यताहरूको पार्क निर्माण गरी मेलाको आर्कषणको रुपमा केन्द्रित गर्दै बुद्धकालिन सभ्यता सँग जोडिन लागेको सैनामैना उद्योग वाणिज्य संघले जनाएको छ ।
सयौँ पर्यटकीय गन्तब्यहरू मध्ये सैनामैना नगरपालिका पनि पर्यटकीय क्षेत्रका रुपमा घोषण भइसकेको हुँदा भिजिट नेपाल २०२० र लुम्बिनी भ्रमण बर्ष २०७६ लाई सफल बनाउन लुम्बिनी सँग जोडिएको सैनामैना महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने संघका अध्यक्ष राज बहादुर क्षेत्रको भनाई छ । उनले भने, ‘सैनामैनाको धार्मिक तथा ऐतिहासिक क्षेत्रको उजागर गराउन समेत महोत्सवले टेवा पुराउने छ ।’
ऐतिहासिक क्षेत्र सैनामैना प्रदेश राजधानी अर्थात् बुद्धबलीको बुटवल उपमहननगरसँग जोडिएको क्षेत्र रेहको छ । बौद्धकालिन सभ्यताका चिनारी र पहिचानहरूको संरक्षणका लागि नगरपालिकाको योजनालाइ आत्मसाथ गर्दै औद्योगिक व्यापार महोत्सवमा विभिन्न ऐतिहासिक,धार्मिक,साँस्कृतिक एवम् पुरातात्विक सैनामैना क्षेत्र, स्वयं उत्पतिमान् शिव ज्योर्तिलिङ्ग पर्रोहा परमेश्वर बोलबम धाम,मलमला मन्दिर,मलमला चौरा बाबा, महेरावादेवी, बोलबम पर्यटकीय पार्क, विभिन्न मठ मन्दिरहरू,रानी कुवा, जलैया सिमसार क्षेत्र आदिलाई समेटेर यसको प्रर्वद्धन तथा प्रचार प्रसारका लागि बौद्धकालिन सभ्यताको पार्क निर्माण सँगै फोटो प्रदर्शनी गरिने भएको छ ।
लुम्बिनी र पर्यटकीय सम्भावनाका हिल स्टेशनका पहाडहरूलाई जोड्ने महत्वपुर्ण विश्राम स्थलका रुपमा चिनिएको नगरपालिकामा ‘आर्थिक विकासका राष्ट्रिय आधार कृषि, पर्यटन, उद्योग व्यापार’भन्ने मुल नाराका साथ यहि पौष २४ देखी माघ ६ गते सम्म मेला संचालन हुँदैछ । उद्योगी व्यवसायीहरूको आफ्नो उद्योग,व्यवसाय प्रबद्र्धन तथा विस्तार, उपभोक्ताहरूको उपभोग्य वस्तुहरूमाथिको पहुँच बढाउने र यस सैनामैना क्षेत्रको चिनारी र विभिन्न भेषभुषा र लोका संस्कृतिको जर्गर्ना गर्ने कार्यमा योगदान पुर्याउने उद्धेश्यले मेला आयोजना गरिएको मेला मुल आयोजक समितीले जनाएको छ । महोत्सव सैनामैना ४ मुर्गिया पर्रोहा माविको अगाडि निर्माणाधिन बहुउद्देश्यीय रंगशालामा सञ्चालन हुनेछ ।
२ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ५ करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको चौथो सैनामैना औद्योगिक व्यापार महोत्सको तयारी तिब्र पारिएको छ । हाल सम्म करिब ६० प्रतिशत कार्य सम्पन्न भइसकेको संघका महासचिव दिपक अधिकारीले बताए । अहिले मेला लाग्ने स्थल सजावट कार्य, संघ सस्थाहरू संगको सहकार्य तथा छलफल, प्रचार प्रसार, ब्यानर टास्ने लगायतका कार्यहरूलाई तिब्र बनाइएको अधिकारीले बताए ।
मेलामा सैनामैनाको विविधता झल्काउने झाँकीसहितको बृहत शोभायात्रा, सैनामैनाका आदिवासीहरूको रहन सहन, भेषभुषाको प्रर्दशनी, स्थानिय,राष्ट्रिय एवम् अन्तरराष्ट्रिय उत्पादित वस्तु तथा सेवाहरूको बृहत व्यापार, व्यवसायिक गोष्ठी तथा सेमिनार, स्थानिय कलाकारद्धारा सृजित मुर्तिकलाको प्रदर्शनी, खेलकुद, चोथौ सैनामैना डान्सिङ्ग आइडल, नगर स्तरीय विद्यालय लोक नृत्य प्रतियोगिता, वडा स्तरीय लोक दोहोरी गीत प्रतियोगिता,मम्मी डान्स प्रतियोगिता, कृषि सामाग्री प्रदर्शन,हस्तकला प्रदर्शनी, बाल उद्यान, घोडा सवार,संस्कृतिको प्रबद्र्धन लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरूको बेजोड प्रस्तुति रहने मेलाका साँस्कृतिक समितीका संयोजक हिमाल गैरेले जानकारी दिए ।
नयाँ नयाँ कृषि प्रविधिहरूको बारेमा कृषकहरूलाई जानकारी दिनुका साथै मेलामा सेल्फिोजोन समेत राखिने गैरेले बताए । २ सय २० स्टल रहने मेलामा २० वटा होटल तथा रेष्टुरेण्टका स्टलहरू रहने स्टल व्यवस्थापन समितीका संयोजक प्रेम बहादुर खड्काको भनाइ छ ।
अन्य स्टलहरू कृषि,दैनिक उपभोग्य बस्तु, दुग्घ उत्पादन,सुचना तथा प्रविधि,शिक्षा लगायतका स्टलहरू रहनेछन् । स्थानिय स्टललाई दर्तामा छुट सँगै विशेष प्रथामिकता दिइएको छ । चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सवमा अम्दिानी हुने प्रत्येक टिकटको आम्दानीबाट रु.१ रुपैयाँ सामाजिक कार्यमा सहयोग गरिने संघले जनाएको छ ।
मेला प्रवेशका लागि टिकटको दर रु.५० र विद्यार्थीहरूका लागि परिचय पत्रका आधारमा रु.३० कायम गरिएको छ ।