×

NMB BANK
NIC ASIA

किसान साग बेच्छन्, सहकारी गुन्द्रुक

पुस २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

करेसाबारीमा उत्पादन भएको साग बेचेर नाग्रेगगर्चेका नानीमाया लामाले रु आठ हजार आम्दानी  गरिन् । गाउँमा नै सञ्चालनमा आएको सिर्जनशील कृषि सहकारी संस्थाले गुन्द्रुक बनाएर बेच्न थालेपछि  सो गाउँका किसानको आम्दानी समेत वृद्धि भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

करिब ४०० किलोभन्दा बढी साग बेचेर रु आठ हजारभन्दा बढी आम्दानी गरेको उनले जानकारी दिइन्। उनले मात्रै होइन, अहिले सो गाउँका सबै किसानले घर वरिपरिको करेसाबारी र खेत बारीमा साग रोपेर आम्दनी गर्न थालेका छन् ।  खेरा जाने गरेको साग बेचेर पैसा आउने भएपछि गाउँले सबै साग खेतीतर्फ आकर्षित भएको स्थानीय बासिन्दा राजीव लामाले बताए। उनका अनुसार अहिले त्यहाँका गाउँलेले प्रतिघर परिवारले कम्तीमा तीन÷चार सय किलो साग बेच्ने गरेको छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाको कोसीपारिस्थित चौरीदेउराली गाउँपालिका–२ नाग्रेगगर्चेमा रहेको सिर्जनशील कृषि सहकारी संस्थाले आम्दानीमा वृद्धि र शेयर सदस्यको आर्थिक उपार्जनमा सहयोग पुर्‍याउने ध्ययले  सागबाट गुन्द्रुक बनाई बिक्री गर्न थालेको शुरूआत गरेको हो  ।  साग सङ्कलन गरी गुन्द्रुक बनाउने कामलाई तीव्रता दिएको संस्थाका अध्यक्ष ननिता लामाले जानकारी दिइन् । संस्थाले गाउँमा तरकारी सङ्कलन केन्द्र स्थापना गरी दैनिकरुपमा साग सङ्कलन गरेको छ ।


Advertisment
Nabil box
Kumari

संस्थाले सागको प्रतिकिलो रु २० को दरले खरिद गर्ने गरेको छ ।  १३० जना शेयर सदस्य आबद्ध रहेको संस्थाले छोटो समयमा नै दश लाख पूँजी जम्मा गरिसकेको छ ।  शेयर सदस्यले उत्पादन गरेको तरकारीलाई सङ्कलन गरी खरिद गर्न थालेसँगै गाउँमा सागखेती गर्नेको सङ्ख्या बढ्न थालेको छ ।

Vianet communication
Laxmi Bank

माया तामाङ र प्रिती तामाङलाई महिनाको दश हजार दिने गरी सस्थाले रोजगारी समेत दिएको छ । उहाँहरुको काम साग सङ्कलन, केलाउने, पखाल्ने, गुन्द्रुक बनाउने, सुकाउने र प्याकिङ गर्ने रहेको अध्यक्ष लामाले बताउनुभयो ।

स्थानीय शशी तामाङले काठमाडौँमा होटलमा लागि रु एक लाखको गुद्रुक माग गरेपछि  गुन्द्रुक बनाउने काम अहिले धमाधम जारी रहेको छ  ।

अध्यक्ष लामाका अनुसार सागको गुन्द्रुकसँगै फर्सी, स्कुस र मुलाको सुकुटी बनाउने तयारी अगाडि बढेको छ ।  

उत्पादन सबै खरिद गर्ने सम्झौता भइसकेकाले कुनै समस्या नरहेको संस्थाले जनाएको छ । यससँगै सहकारीले संस्थामा आबद्ध किसानका लागि आवश्यक मल, बीउ सुपथ मूल्यमा बिक्री गर्ने र बचत तथा ऋणलाई पनि सँगसँगै लाने गरी कयौँ योजना अघि सारेको जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x