×

NMB BANK
NIC ASIA

संरक्षणमा बेवास्ता

संरक्षकबाटै वन क्षेत्र सखाप, धनगढीमा व्यापक चोरी

पुस २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी बजारसँगै रहेको वन क्षेत्र केही महिनाको अवधिमै सखाप भएको छ ।

Muktinath Bank

वन तथा वातावरण मन्त्रालय मातहतको वनस्पति अनुसन्धान केन्द्रको स्वामित्वमा रहेको धनगढी उपमहानगरपालिका–७ स्थित १४९.५ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रमा रातदिन हुने चोरी तस्करी र खुला चरिचरणले सखाप भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वन क्षेत्रभित्र पर्यटकीय र जैविक विविधताले भरिएको जाखौर ताल, वनस्पति उद्यान र बाँकी वन क्षेत्र रहेको छ । जुन वन क्षेत्रमा दुर्लभ, लोपोन्मुख, रैथाने तथा संकटापन्न सूचीमा सूचीकृत वनस्पतिको संरक्षण हुँदै आएको थियो । केही महिना अगाडिसम्म घना देखिने वन क्षेत्र हाल खुला मैदानमा परिणत हुँदै गएको हो । 


Advertisment
Nabil box
Kumari

वन क्षेत्रमा घाँस, दाउरा संकलन तथा पशुचौपाय चरिचरन पूर्णरूपमा निषेध गरिएको छ तर सम्बन्धित निकायको बेवास्ता तथा नियमित अनुगमन नभएपछि वन नै सखापको संघारमा पुगेको स्थानीय मोहन कोरालले चिन्ता व्यक्त गरे । संरक्षणमा अझैं बेवास्ता गरिए केही महिनाभित्रै नामको मात्रै वन हुने कोरालले बताए ।

Vianet communication
Laxmi Bank

वनभित्र खुला चरिचरण हुनुमा धनगढी उपमहानगरपालिका उत्तिकै गैरजिम्मेवार देखिएको छ । धनगढी उपमहानगरपालिका र वनस्पति अनुसन्धान केन्द्रबीच भएको सम्झौता पालना नहुँदा भएको खुला चरिचरणले पनि विनाश निम्त्याएको हो ।

छाडा पशुचौपाया व्यवस्थापनमा चुनौती थपिएपछि उपमहानगरपालिकाले अनुसन्धान केन्द्र मातहतको देवरिया वनस्पति उद्यानभित्रै अस्थायी गौशाला निर्माण गरेको छ । वनस्पति उद्यानमा कुनै पनि समस्या नपर्ने गरी गौशाला निर्माण गर्नुपर्ने २ पक्षबीच २०७४ साउन २५ गते भएको सम्झौता पत्रमा उल्लेख छ तर सम्झौता पालना नभएपछि वन विनाश हुँदै गएको अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत लक्ष्मण झाको आरोप छ ।

वरिष्ठ वैज्ञानिक अधिकृत झा गौशालाभित्र राखिएका चौपाया चरिचरनको लागि वनस्पति उद्यानको वन क्षेत्रमा जथाभावी छोडिएको बताए । जथाभावी रूपमा गाईगोरु छोड्न नपाइने र तोकिएकै स्थानमा मात्रै चराउन पाइने र पानीको व्यवस्था गर्ने भनि सम्झौता गरेको बताउँदै उनले गौशालाका हेरालुले जथाभावी खुला रुपमा चराउन थालेपछि जैविक विविधतामा असर पुगेको दाबी गरे ।

सम्झौताको म्याद २०७५ साउनमै सकिएको छ । धनगढी उपमहानगरपालिकाले नवीकरण नगरेपछि वनस्पति उद्यान कार्यालयले पटक–पटक पत्राचार गरी छाडा चौपाया अन्यत्र व्यवस्थापन गर्न र अस्थायी संरचना हटाई खाली गर्न अनुरोध गर्दै आएको छ तर धनगढी उपमहानगरपालिकाले कुनै सुनुवाइ गरेको छैन ।

वरिष्ठ वैज्ञानिक अधिकृत झाले भने, ‘हामीसँग उसैपनि जनशक्तिको अभाव छ । नियमन गर्ने संसाधन छैन । हाम्रो काम वनस्पतिको अनुसन्धान गरी सुन्दर बनाउने हो तर स्थानीय जनता र स्थानीय निकायले असहयोग गरेपछि हाम्रो स्वामित्वको वन क्षेत्र संकटमा परेको छ ।’

उनले धनगढी उपमहानगरपालिकाले नटेरेको आरोप समेत लगाए । पटक–पटक गरिएका पत्राचारको कुनै प्रतिक्रिया नआउनुको साथै सम्झौतामा उल्लेखित शर्त समेत पालना नभएको उनको भनाइ छ ।

अनुसन्धान केन्द्रले छाडा चौपाया व्यवस्थापनको लागि उपमहानगरपालिकालाई १० हेक्टर जमिन उपलब्ध गराएको छ ।

धनगढी उपमहानगरपालिकाका योजना शाखा प्रमुख इन्जिनीयर दिजराज भट्टले छाडा पशुचौपाया व्यवस्थापनको लागि देवरियामा गौशाला निर्माण गरेको र गौशालामा आवश्यक पराल, पानी लगायतको व्यवस्थापन धनगढी उपमहानगरपालिकाले गर्दै आएको बताए । उनले गौशालाबाट जैविक विविधतामा कुनै असर नपरेको जिकिर समेत गरे । 

अनुसन्धान केन्द्रको पत्रबारे जानकारी नभएको बताउँदै उनले गौशालाबाट कुनै किसिमको असर नगर्ने भएकाले पत्रको जवाफ दिनुपर्ने आवश्यकता नरहेको आशय व्यक्त गरे । अनुसन्धान केन्द्रले पहिलो पटक २०७५ मंसिर १९ गते पत्राचार गरेको थियो ।

गौशालामा हाल करीब ७ सय छाडा चौपाया छन् भने व्यवस्थापनको लागि १० जना हेरालु राखिएका छन् । सवडिभिजन वन कार्यालय धनगढीका प्रमुख रामऔतार चौधरीले वनसँग सम्बन्धित निकाय, धनगढी उपमहानगरपालिका र अनुसन्धान केन्द्रबीच देखिएको समन्वयको अभावले वन विनास भएको स्वीकार गरे । उनले संरक्षणको लागि निगरानी बढाइने बताए ।

वनस्पति अनुसन्धान केन्द्रले वन क्षेत्रको संरक्षणमा ध्यान दिन नसक्दा चोरी तस्करी उत्तिकै बढेको छ । गत वैशाखमा आएको भीषण आँधीहुुरीले सो वन क्षेत्रमा रुख ढलेर सोत्तर परेका थिए तर पुस महिनासम्म आइपुग्दा ती सबै चोरिएर सखाप भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x