निर्मल निर्देशित 'नरोक मलाई' गीतको भिडियो सार्वजनिक, फिचरिङमा श्रृष्टि र अभि [भिडियो]

सन्तोष कालिकोटेको 'नरोक मलाई' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

कालिकोटेकै लय तथा शब्द रहेको गीतमा श्रृष्टि खड्का र अभि सुनारको अभिनय रहेको छ । 


Advertisement

गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन् । 

निशा पौडैलले खिचेको भिडियोलाई निर्मल पौडेलले निर्देशन गरेका हुन् । 


Advertisement

यसअघि निर्मलले 'बालखैमा दिल बस्यो' बोलको चर्चित गीतको म्युजिक भिडियो निर्देशन गरेका थिए । 

उक्त गीत एक करोड २० लाखभन्दा बढी पटक हेरिएको छ । 

भिडियो हेर्नुहोस् :

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्