×

NMB BANK
NIC ASIA

अस्तव्यस्त ट्राफिक सेवा

पिसाब फेर्नै नपाई १० घण्टासम्म सिटी फुक्छन् ट्राफिक प्रहरी, पत्नीले झण्डै दिइन् ‘डिभोर्स’

पुस २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भीडभाड बढी हुने काठमाडौं उपत्यकाका सडकमा ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीले लगातार ४–५ घण्टासम्म पिसाब गर्न नपाउने गरेको गुनासो गरेका छन् ।

Muktinath Bank

उपत्यकाका ट्राफिक प्रहरी दिनदिनै १० घण्टा ड्युटी खटिन्छन् । बिहान ५ घण्टा र दिउँसो ५ घण्टा गरी दैनिक १० घण्टा ड्युटी गर्दा पिसाब फेर्न समेत नपाइने प्रहरीको गुनासो छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्राफिक व्यवस्थापनमा खटिँदा १ मिनेट पनि यताउता गरेमा सवारीसाधन अस्तव्यस्त हुने भएकाले पिसाब फेर्न फुर्सद नहुने महानगरीय ट्राफिक प्रहरी कार्यालयका  प्रहरी जवान लीलाराम थापाले बताए । पिसाब फेर्नै नपाएपनि ट्राफिक प्रहरीले हात हल्लाउने र सिटी फुक्ने सक्रिय ड्युटी गर्नुपरिरहेको हुन्छ ।


Advertisment
Nabil box
Kumari

ठमेल–गल्कोपाखामा सवारीसाधन व्यवस्थापन गरिरहेका थापाले भने, ‘कहाँ जानु सर ? एकै सेकेन्ड छोड्यो भने पनि सवारीसाधन अस्तव्यस्त हुन्छ । त्यसमाथि पिसाब फेर्न जाने ठाउँ पनि छैन । बिहान ड्युटीमा आउँदा फेर्ने हो, त्यसपछि ड्युटी सकिएपछि मात्रै हो । ड्युटीको समयमा च्यापेरै बस्नुपर्छ ।’

Vianet communication
Laxmi Bank

बिहान ९–११ बजेसम्म सडकमा सबैभन्दा धेरै सवारी चाप हुने भएकाले १ सेकेण्ड पनि छोड्न नसकिने ट्राफिक प्रहरी थापाले लोकान्तरलाई बताए । ‘प्रायःजसो एउटा चोकमा २ जना ट्राफिक हुने भएपनि सवारी व्यवस्थापन गर्ने चापले पिसाब फेर्ने समय नै हुँदैन,’ उनले भने ।

बालाजुमा ट्राफिक व्यवस्थापन गर्दै गरेका सुवास तामाङको अनुभव पनि उस्तै छ । तामाङले पनि बिहान ड्युटी आउने समयमा पिसाब फेरेरै आउने गरेको बताए । ‘म बिहानै पिसाब फेरेर आउने गरेको छु । ड्युटीमा पिसाब गर्ने समयमा नै हुँदैन । यदि पिसाब गर्न गयो भने गाडी अस्तव्यस्त भइहाल्छन्,’ ट्राफिक प्रहरी तामाङले भने ।

काठमाडौंको केशरमहल चोक सबैभन्दा बढी सवारी चाप हुने सडक हो । केशरमहल चोकमा दैनिकजसो २–४ जना ट्राफिक प्रहरीले सवारी व्यवस्थापन गर्दै आएका छन् । सबैभन्दा बढी सवारी चाप हुने भएकाले पिसाब फेर्न समय नहुने ट्राफिक प्रहरी मोतीलाल खड्काले बताए । ‘उपत्यकामा सबैभन्दा बढी सवारी आवतजावत गर्ने क्षेत्र हो यो । पिसाब फेर्न कहाँ फुर्सद पाउनु सर ?’ खड्काले लोकान्तरसँग भने । 

पिसाब रोक्दा पत्थरीदेखि मिर्गाैलासम्म समस्या 

लामो समयसम्म पिसाब च्याप्दा मिर्गाैलामा प्रत्यक्ष असर गर्ने र पिसाबको संक्रमण हुने प्रबल सम्भावना रहने वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लले बताए ।

‘पिसाब लामो समयसम्म च्याप्दा पत्थरी हुने सम्भावना अधिक हुन्छ । यसले गर्दा किड्नीमा असर गर्छ,’ विशेषज्ञ डा. काफ्लेले लोकान्तरसँग भने ।

पिसाब लामो समयसम्म च्यापेर राख्दा असर गर्ने हुनाले आफूलाई पिसाब आउने समयमा पिसाब गर्ने स्थान खोजिहाल्नुपर्ने डा. काफ्लेले बताए । ‘ट्राफिक प्रहरीको स्वास्थ्यलाई ख्याल गर्दै सरकारले पिसाब गर्ने उपयुक्त व्यवस्था मिलाउनुपर्छ,’ डा. काफ्लेले भने ।

पिसाब फेर्न शौचालयको समस्या

ट्राफिक प्रहरीलाई पिसाब फेर्न शौचालय समेत छैनन् । उपत्यकामा धेरै स्थानमा सार्वजनिक शौचायल छैनन् । स्थानीयको घर वा होटलमा जान पनि समस्या रहेको ट्राफिक प्रहरीको भनाइ छ ।

बालाजुमा ट्राफिक व्यवस्थापन गर्दै गरेका ट्राफिक प्रहरी सुवास तामाङले भने, ‘यो क्षेत्रमा सार्वजनिक शौचालय पनि छैन, अरु कसको घरमा जानु ? पिसाब च्याप्नुको विकल्प नै छैन ।’

गल्कोपाखामा सवारी व्यवस्थापन गर्दै गरेका ट्राफिक प्रहरी लिलाराम थापाले ट्राफिक प्रहरीको लागि पनि शौचालय बनाइदिए सवारी जाम नभएको समयमा पिसाब फेर्न सजिलो हुने बताए । ‘सवारी हल्का भएको बेलामा पिसाब फेर्ने ठाउँ पनि छैन । होटल र अरुको घरमा जान दिँदैनन्,’ उनले भने ।

ट्राफिक प्रहरीले पछिल्लो समय सवारीसाधनलाई सामान्य नियम उल्लंघन गर्दा पनि कारवाही गर्ने भएकाले ट्राफिक प्रहरीलाई पिसाब फेर्न नदिने गरेको ट्राफिक प्रहरीको अनुभव छ । ‘पहिला सामान्य नियम उल्लंघन गर्दा हामीले कारवाही गर्ने गरेका थिएनौं, अहिले नियम उल्लघन गरेको देख्ने वित्तिकै कारवाही गर्छौं, त्यसले गर्दा पिसाब फेर्न घरभित्र जान पनि दिँदैनन्,’ ट्राफिक प्रहरी निरीक्षक जितेश दाहालले लोकान्तरसँग भने ।

पत्नीले झण्डै दिइन् ‘डिभोर्स’

ट्राफिक प्रहरीमा पिसाब रोक्ने मात्र होइन, घरपरिवारलाई आवश्यक समय दिन नसक्ने समस्या समेत रहेको छ । पत्नीले फोन गरेको बेला उठाउन नपाउँदा ‘डिभोर्स’ दिने प्रक्रिया अगाडि बढेको नाम नखुलाउने शर्तमा एक ट्राफिक प्रहरीले लोकान्तरलाई अनुभव सुनाए ।

ती ट्राफिक प्रहरीले भने –

पोहोर साल मेरी पत्नी विराटनगरबाट काठमाडौं आउँदै थिइन् । मैले बिहान ९ बजे विमानस्थल जानुपर्ने थियो । मेरो ड्युटीमा ८ बजेदेखि नै सवारी चाप भयो, आइतवारको दिन थियो । पत्नी जहाज डिले भएर १० बजे आइपुगिछन् । १०–१२ चोटी फोन पनि गरिछन् ।

सवारी चापले गर्दा मैले उनी आउने कुरा समेत भुलेछु । सवारीको आवाजले फोन आएको पनि थाहा पाइनँ । उनले त त्यहाँबाट सिधै काठमाडौं जिल्ला अदालत आएर ‘डिभोर्स पाउँ’ भन्दै उजुरी दिइछन् । दिउँसो १ बजे बल्ल थाहा पाएँ, झण्डै बेहोस भइनँ ।

बिहानदेखि पानीसम्म पनि नखाएको । विवाह भएको ६ महिना नपुग्दै पत्नीले डिभोर्स माग्दा के भयो होला हालत ? पछि उनलाई सम्झाएँ, उजुरी फिर्ता लिइन् । अहिले मेरो समस्या बुझ्छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x