मंसिर २७, २०८०
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
महिला हुनु सजिलो कुरा हैन । महिलाले दिनदिनै अनेकौं समस्याको सामना गर्नुपर्ने हुन्छ । महिलाले आफूमाथि गरिएका कतिपय कुरा गर्न पनि हिचकिचाउँछन् । राति बाहिर निस्कन नहुने, शालीन कपडा लगाउनुपर्ने अनि अन्य तमाम अनुशासन पालन गर्नुपर्ने बाध्यता महिलालाई छ ।
महिलामाथि हुने अनेक प्रकारका हिंसामध्ये एसिड आक्रमण पनि एक जघन्य अपराध हो । युवतीको अनुहारका साथै उसको पूरै जिन्दगी नै बिगारिदिने यो दुष्कर्म आजकल धेरै हुने गरेको छ । त्यसरी एसिड आक्रमणमा पर्ने युवती लक्ष्मी अग्रवालको जिन्दगीबाट प्रेरित भएर निर्देशक मेघना गुलजारले छपाक फिल्म बनाएकी हुन् ।
फिल्मको कथा मुटु कँपाउने किसिमको छ । मालती अग्रवाल (दीपिका पादुकोण) माथि एसिड आक्रमण भएको छ । मालतीको अनुहार पूरै डढेको छ र उसको जिन्दगी ध्वस्त भएको छ । मानिसहरूले एसिड आक्रमण उनका प्रेमी राजेश (अंकित विष्ट) ले गरेको शंका गर्छन् । तर राजेशले नभई बब्बू उर्फ बशीर खान र उसको नातेदार परवीन शेखले आक्रमण गरेका हुन् ।
एसिड आक्रमणमा परेर नाक कान गुमाउन पुगेकी मालतीको सहायता गर्छन् उनका पिताकी मालिक्नी शिराज र वकिल अर्चना (मधुरजीत सरघी) ले । अर्चनाले मालतीको केस लडेर उनलाई न्याय दिलाउनका लागि मेहनत गर्छिन् ।
त्यसैक्रममा मालतीले अमोललाई भेट्छिन् । उनी पत्रकारिता छोडेर एसिड आक्रमणबाट बाँचेकाहरूको उपचारका लागि गैरसरकारी संस्था चलाइरहेका हुन्छन् । मालती र अमोल बिस्तारै प्रेममा पर्दै जान्छन् ।
दीपिका पादुकोणले फिल्ममा दमदार अभिनय गरेकी छन् । यो उनको अहिलेसम्मकै सर्वोत्कृष्ट अभिनय हो । मालतीको भूमिकामा मालतीले पीडा, खुशी र हिम्मत सबै बाँचेकी छन् ।
मालतीमाथिको आक्रमण, उनले आक्रमणपछि पहिलोपटक ऐनामा हेर्दा गरेको अनुभूति, न्यायका लागि लडाइँ, सानो सानो जीतमा देखाउने खुशी सबैलाई दीपिकालाई जीवन्त बनाएकी छन् । तर विद्यालयकी विद्यार्थी बनेको चाहिँ दीपिकालाई सुहाएन ।
विक्रान्त मेसी पनि दमदार छन् । उनी पात्रमा प्रवेश गरेका छन् र उनको डाइलग डेलिभरी र लूक्स गजबको छ । दीपिकासँग उनको जोडी जमेको छ । उनले आफूलाई बलिउडको उम्दा कलाकार साबित गरेका छन् र उनले थप राम्रा काम पाउनुपर्छ ।
अन्य कलाकार अंकित विष्ट, मधुरजीत सरघी, देवस दीक्षितको काम पनि राम्रो छ । अनि वास्तविक जीवनका एसिड आक्रमणबाट बाँचेका ऋतु, बाला, जीतु र कुन्तीको काम पनि गजबको छ ।
निर्देशक मेघना गुलजार जुनसुकै कथालाई पनि सुन्दर तरिकाले प्रस्तुत गर्न जान्दछिन् । छपाक जस्तो पीडादायी कथालाई उनले सुन्दरताका साथ ठूलो पर्दामा उतारेकी छन् । उनको निर्देशन उम्दा छ ।
फिल्मको छायांकन, संगीत, सम्पादन र प्रोस्थेटिक्स उपयोग सबै राम्रो छ । गुलजारले लेखेको गीत र अरिजीत सिंहको आवाजले श्रोताको मनलाई भित्रैसम्म छुन्छ ।
फिल्मले विभिन्न किसिमका अनुभूति दर्शकलाई गराउँछ । सबभन्दा ठूलो भाव त डरकै गराउँछ । अनि फिल्मले एसिड आक्रमण जस्तो जघन्य अपराधप्रति पनि सचेत बनाउँछ ।
छपाक हेरेपछि तपाईं आफ्नो भावनालाई काबुमा राख्न सक्नुहुन्न । तपाईंलाई यो फिल्म नछुटाउन आग्रह गर्छौं ।
आजतकमा प्रकाशित समीक्षा
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...