२६ जेठ २०८३, मंगलबार

मन्त्री पुन र अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघका महानिर्देशकबीच यूएईमा भेटवार्ता

मन्त्री पुन र अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघका महानिर्देशकबीच यूएईमा भेटवार्ता

संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ र अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच शुक्रवार भेटवार्ता भएको छ ।

भेटमा मन्त्री पुनले सम्मेलनमा नेपाललाई आमन्त्रण गरेकामा महानिर्देशक क्यामेरालाई धन्यवाद दिँदै भविष्यमा नवीकरणीय ऊर्जाको विकासमा सहकार्यको प्रस्ताव गरे ।

नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा स्थिर सरकार र स्थिर नीति रहेको भन्दै मन्त्री पुनले ऊर्जा क्षेत्रमा विदेशी लगानीका लागि उपयुक्त अवसर र वातावरण रहेको उल्लेख गरे । मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रका लगानीका लागि अपिलसमेत गरे ।

नेपाल सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएको स्मरण गराउँदै उनले त्यसको १० देखि १५ प्रतिशत योगदान सौर्य ऊर्जाको हुने उल्लेख गरे । वर्षमा ३६० दिन घाम लाग्ने भएकाले नेपाल जलविद्युत्सँगै सौर्य उर्जाका लागि पनि उपयुक्त स्थान भएको स्पष्ट गरे ।

सरकारले सौर्य उर्जाको विकासका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र स्थापना गरेको र त्यसले संस्थागत रुपमा काम गरिरहेको उनको भनाइ थियो । 

भेटमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले नवीकरणीय उर्जा प्रयोगका लागि सहकार्यको प्रस्ताव राखे । नवीकरणीय ऊर्जाको बजार विस्तारका लागि लगानी सम्मेलनका लागि सहकार्य गर्न वैकल्पिक उर्जा र संघबीच सहकार्य गर्न सकिने बताए ।

जवाफमा महानिर्देशक क्यामेराले नेपालले सौर्य उर्जाको विकासलाई उच्च प्राथमिकतामा राखेकामा सराहना गरे । महत्त्वपूर्ण सदस्य राष्ट्रको हैसियतमा नेपाललाई भविष्यमा सौर्य उर्जा प्रवद्र्धनका लागि संघले प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

salt training

कमेन्ट गर्नुहोस्