२६ जेठ २०८३, मंगलबार

टुँडिखेलमा राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न

टुँडिखेलमा राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न
फाइल फोटो

छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न भएको छ ।

काठमाडौंको टुँडिखेलमा शुक्रवार भएको प्रतियोगिताको हाइजम्पतर्फ खिलध्वज खड्का पहिलो, रामबहादुर दाहाल दोस्रो तथा सविनकुमार पोखरेल तेस्रो भए ।

शो जम्पतर्फ योगबहादुर बस्नेत पहिलो, लालबहादुर कुँवर दोस्रो र रामबहादुर दाहाल तेस्रो भए । प्रतियोगिताको टेन पेकिङतर्फ रुद्रबहादुर कार्की पहिलो, गोविन्दबहादुर खड्का दोस्रो तथा लक्ष्मण तेस्रो भए ।

उनीहरूले जनही २० हजार, १५ हजार तथा १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रदर्शन खेलअन्तर्गत महिला राइडरलाई प्रोत्साहनवापत जनही ५ हजार पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत हुनेमा हरिमाया गुरुङ, शारदा केएम, कविता थापा र सरिता श्रेष्ठ रहेका छन् । प्रतियोगितामा २६ राइडरको सहभागिता थियो । नेपाली सेना र राष्ट्रिय खेलकूद परिषद्ले प्रतियोगिता सञ्चालन गर्न सहयोग गरेको आयोजक संघका अध्यक्ष रवि राजकर्णिकारले जानकारी दिए ।

कतार एयरवेज, लिओन मोटर्स, टीभीएस मोटर्स लगायतले प्रतियोगिताको प्रायोजन गरेका थिए । विजेता खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरे । घोडचढी हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्म मात्र सीमित रहेकाले जनस्तरमा यस खेललाई लैजान प्रतियोगिता आयोजना गरिएको अध्यक्ष राजकर्णिकारले बताए ।

यस्तै, खेलकूद बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । सहकारीको १० औं वार्षिक साधारणसभाको उद्घाटन अवसरमा राष्ट्रिय खेलकूद परिषद्का निमित्त सदस्यसचिव राजेशकुमार गुरुङले संस्थाका अध्यक्ष महावीर पुनलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्