कात्तिक २१, २०८०
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
विसं २०५५ सालमा जिल्ला विकास समिति धनुषामा बसेको जिल्ला परिषदको बैठकले धनुषाको स्थानीय तहमा सरकारी कामकाजको भाषा मातृभाषा मैथिलीमा समेत गर्ने भनेर निर्णय गरेको थियो । तत्कालीन नेकपा एमालेको बहुमत रहेको जिल्ला सभापति राम चरित्र साहको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको थियो । तर सर्वोच्च अदालतमा त्यसविरुद्ध मुद्दा दर्ता भएपछि अदालतको आदेशले उक्त निर्णय बदर गर्यो । मातृभाषा मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने जनकपुरका मैथिली भाषा अभियन्ताहरूको सपना चकनाचुर भयो ।
तर त्यही जिल्ला परिषद्ले मैथिली भाषाको विकासका लागि एउटा संस्था दर्ता गरेर अभियान चलाउनुपर्छ भन्ने निर्क्यौलसहित ’मैथिली विकास कोष’ दर्ता गर्ने भनेर २०५७ सालमा निर्णय नै गर्यो । तत्कालीन सभापति साहकै अगुवाईमा र तत्कालीन जिल्ला परिषद् सदस्य तथा ईलाका सदस्यहरू रमेश रंजन झा, शत्रुघन महतोले सक्रियता देखाउँदै कोषको लागि विधान बनाउनेदेखि संस्था दर्ता गराउने काम समेत गरे । विसं २०५८ साल असार २१ गते उक्त संस्थाको विधिवत रूपमा जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता गरियो । साहित्यकार प्रा.डा.राजेन्द्र विमलको अध्यक्षतामा अर्का प्रा.डा.राम अवतार यादवलाई सदस्य सचिवको रूपमा चयन गरेर कार्यसमिति बनाइएको थियो । साहित्यकारहरू राम भरोस कापडी ‘भ्रमर’, रोशन जनकपुरी र सुनील मल्लिक उक्त कार्यसमितिका सदस्य चयन गरिएका थिए ।
कोषका लागि तत्कालीन जिल्ला विकास समितिले २ लाख रुपैयाँ र धनुषाका १ सय १ गाउँ विकास समिति (गाविस) बाट १/१ हजारका दरले १ लाख १ हजार गरेर कुल ३ लाख १ हजार रुपैयाँ कोषका नाममा जम्मा समेत भयो । उक्त रकममध्ये २ लाख ५० हजार रुपैयाँ जनकपुरकै जानकी फाइनान्समा मुद्दती खाताको रुपमा र बाँकी रुपैयाँ कृषि विकास बैंकमा जम्मा समेत गरियो ।
मैथिली विषयमा गोष्ठीहरू आयोजन गरिँदै आएपनि २०६८ साल वैशाख ६ गते जीवनाथ चौधरीको अध्यक्षतामा गठित कार्य समिति आएपछि विभिन्न काम गर्न थालेको छ । पुस्तक प्रकाशन गर्नेदेखि स्रष्टाहरूलाई पुरस्कृत गर्ने, प्रत्येक २ वर्षमा कला संस्थापक कार्यसमितिले नै निर्णय गर्दै मैथिली भाषाको साहित्यिक पुस्तक प्रकाशन गर्ने तथा बिभिन्न दुई विधामा साहित्यकार तथा अभियान्तालाई पुरस्कारसहित सम्मानित गर्ने निर्णय गरिएको थियो । कोषका वर्तमान अध्यक्ष जीवनाथ चौधरीका अनुसार त्यही बेलादेखि उक्त कामलाई निरन्तरता दिने काम गरिँदै आइएको छ ।
पुस्तक प्रकाशन
२०६९ सालमा साहित्यकार रमेश रंजनले लेखेको नाटक ‘मुर्दा’, २०७० सालमा साहित्यकार राजेन्द्र विमलले लेखेको कथा संग्रह ‘इतिहासक घाओ’, २०७० सालमैं साहित्यकार रोशन जनकपुरीले लेखेको कबिता संग्रह ‘समय गीत’ कोषले प्रकाशन गरेको थियो । त्यसैगरी २०७१ सालमा कोषले साहित्यकार श्याम सुन्दर शशिले लेखेको कथा संग्रह ‘भुकना महात्म’, २०७३ सालमा साहित्यकार डा.राम अवतार यादवको ‘मैथिली आलेख संचन’ प्रकाशन गरेको थियो । २०७३ सालमा साहित्यकार रेवती रमण लालको कविता संग्रह ‘सतन्जा’, २०७५ सालमा रमेश रंजनको कथा संग्रह ‘फुलवा हरण’ प्रकाशित गरेको छ । कोषका अध्यक्ष चौधरीका अनुसार एउटा पुस्तक प्रकाशन गर्न कम्तिमा ८५ हजार रुपैयाँसम्म लाग्ने गरेको छ । ‘५ सय थान पुस्तक हामीले प्रकाशन गर्ने गरेका छौं,’ कोषका अध्यक्ष चौधरीले भने, ‘तर यहाँ मैथिली भाषाका पुस्तक किनेर पढ्ने पाठकको बानी भने नरहेकाले आर्थिक रूपले फाइदा भने हुने गरेको छैन ।’ बिभिन्न पुस्तक पसलमा ती पुस्तकहरू पठाइएको भए पनि बिक्री नै नहुँदा दोस्रो संस्करण कुनै पनि पुस्तकको आएको छैन ।
स्रष्टा र भाषा अभियान्तालाई पुरस्कार
कोषका संस्थापक अध्यक्ष डा.विमल आफैं पनि डा.धीरेश्वर झा ‘धीरेन्द्र’ को प्रेरणाबाट साहित्यकार बन्न सफल भएका कारण उनको नाउँमा उनले डा. धीरेन्द्र साहित्य संस्कृति पुरस्कार घोषणा गरेका थिए । त्यसैगरी मैथिली भाषा अभियान्ता तथा कला संस्कृतिमा लागेका मानिसहरू, संघ संस्थाहरूलाई सम्मान गर्नका लागि सल्हेश संस्कृति पुरस्कार घोषणा गरेका थिए । दुवै पुरस्कार ५१ हजारको दरले दिने गरिएको छ ।
डा.धीरेन्द्र साहित्य संस्कृति पुरस्कार २०६९ सालमा डा.रेवती रमण लाललाई, २०७० सालमा डा. राजेन्द्र विमललाई, २०७१ सालमा राम भरोस कापडीलाई, २०७२ सालमा अयोध्यानाथ चौधरीलाई, २०७३ सालमा रोशन जनकपुरीलाई, २०७४ सालमा रमेश रंजनलाई र २०७५ सालमा डा.सुरेन्द्र लाभलाई प्रदान गरिएको छ ।
त्यसैगरी सल्हेश संस्कृति पुरस्कार अन्तर्गत २०६९ सालमा मिथिला आन्दोलनका पाँच जना शहीद परिवारलाई प्रदान गरिएको थियो ।२०६९ साल बैशाख १८ गते जनकपुरको रामानन्द चोकमा मिथिला राज्य संघर्ष समितिद्वारा मिथिला राज्यको माग गर्दै भएको शान्तिपूर्ण आन्दोलनमा बम बिस्फोट भएपछि कलाकार रन्जु झा, सुरेश उपाध्याय, दिपेन्द्र दास कथाबनिया, झगरु दास र विमल शरणको मृत्यु भएको थियो । कोषले ती पाँचै शहीद परिवारलाई उक्त सम्मान गर्दै जनही ११ हजार रुपैयाँका दरले पुरस्कार वितरण गरेको अध्यक्ष चौधरीले बताए ।
२०७० सालमा जनकपुरको रामानन्द युवा क्लबलाई, २०७१ सालमा जनकपुरकै मिथिला नाट्यकला परिषद् (मिनाप)लाई, २०७२ सालमा शास्त्रीय गायक गुरुदेव कामतलाई, २०७३ सालमा मिथिला राज्य संघर्ष समितिका संयोजक परमेश्वर कापडीलाई, २०७४ सालमा गायक तथा संगीतकार सुनील मल्लिकलाई उक्त पुरस्कार दिइएको थियो । २०७५ सालमा बुटबलको संस्था मैथिली समाज नेपाललाई उक्त पुरस्कार प्रदान गरिएको थियो । कोषका अध्यक्ष चौधरीका अनुसार गैर मिथिला भूगोलमा पनि मैथिली भाषाको उत्थानका लागि थारु समुदायका मुखिलाल चौधरीलाई उक्त सम्मान दिइएको हो ।
‘ती पुरस्कारहरू छनोट गर्नका लागि छनोट समिति चयन गरिएको हुन्छ,’ कोषका अध्यक्ष चौधरीले भने, ‘वरिष्ठता, स्तरीयता तथा निरन्तरताको आधारमा साहित्यकारहरूलाई पुरस्कृत गर्ने गरिएको छ ।’
कला तथा साहित्य महोत्सवको आयोजना
कोषले पछिल्लो केही वर्षदेखि प्रत्येक २ वर्षको अन्तरालमा जनकपुर साहित्य कला महोत्सव समेत आयोजना गर्दै आएको छ । २०७३ सालमा मंसिर २६ देखि २८ गतेसम्म जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना गरेको थियो । त्यसैगरी २०७५ फागुन १८ देखि २३ गतेसम्म ६ दिवसीय उक्त महोत्सव आयोजना गरेको थियो ।
जनकपुरमा आयोजना गरिएको उक्त महोत्सवमा नेपाल, भारत, बंगलादेश, अफगानिस्तान गरी कुल ४ देशको १० वटा नाट्य समूहले ७ फरक-फरक भाषामा नाट्क मन्चन गरेको थियो ।
सोही महोत्सवमा नेपाल र भारतका ख्याति प्राप्त विज्ञहरूलाई आमन्त्रण गरेर अन्तरक्रियात्मक गोष्ठीको आयोजना समेत गरेको थियो । ‘मिथिला भाषा, संस्कृति, कला, साहित्य, चित्रकलासहित समसामयिक राजनीति विषय समेत गरेर कुल १७ वटा फरक-फरक विषयमा गोष्ठी आयोजना गरिएको थियो,’ कोषका अध्यक्ष चौधरीले थपे, ‘ती सबै कार्यक्रम यहीँका स्थानीय सरकार तथा प्रदेश सरकारसहित स्थानीय व्यक्तिसँग आर्थिक सहयोग लिएर गरिएको थियो ।’
यति पुरानो संस्था भए पनि उक्त संस्थाको आफ्नो छुट्टै कार्यालय वा भवन भने छैन । अध्यक्ष चौधरीले आफ्नै निजी होटेलको कार्यालयमा उक्त संस्था सञ्चालन गर्दै आएका छन् । ‘हामीले अब गुठी संस्थानसँग समन्वय गरेर जग्गा प्राप्ति गरेर भवन निर्माण गर्ने प्रयासमा छौं,’ चौधरीले भने, ‘मैथिली भाषाको क्षेत्रमा काम गर्नुका साथै अब संस्थाको भौतिक पूर्वाधार विकासका लागि पनि अगाडि बढ्ने छौं ।’
यसै पुष १९ गते कोषले १८ औं वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको थियो । फेरि पनि चौधरीकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । अहिले प्रदेशमा प्रदेशको नामकरण र राजधानीको बिषयमा चर्चा चलिरहेको अवस्थामा प्रदेशको नाम मिथिला हुनुपर्ने तथा कामकाजको भाषा मैथिली नै हुनुपर्ने तर्फ कोषले दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएको उनले बताए । उसो त २०७५ सालको जेठ महिनामा पनि कोषले भाषा र प्रदेशको नामाकरणको सन्दर्भमा वृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । तर अब उक्त अभियानलाई निरन्तरता दिने लक्ष्यका साथ अगाडि बढ्ने उनले बताए ।
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...