×

NMB BANK
NIC ASIA

'मेहनत गरे सफल भइन्छ' भन्ने नेपाली कथन छ । लगातार प्रयास र परिश्रमपछि कलाकारिता क्षेत्रमा स्थापित भएका छन् नवराज सुवेदी । मध्यम वर्गीय परिवारमा जन्मेका सुवेदीको जन्म २०४१ मंसिर ५ गते बाँकेको कोहलपुर पिपिरीमा भएको हो ।

Muktinath Bank

सानै उमेरदेखि सुवेदी मेहनती थिए । उनी बुझ्ने भएदेखि घरको काम गर्दै अध्ययन गर्थे रे ! ‘सानोमा हामी विद्यालयबाट विदा हुने बित्तिकै गोठालो जाने गर्थ्यौं,’ बाल्यकाल स्मरण गर्दै उनी भन्छन्, ‘आफूसँग गोठाला गएका भाइबहिनीलाई नृत्य सिकाउन थाल्थेँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनमा बाल्यकालदेखिनै कलाकारिताप्रति थियो । उनी घरबाट जता जाँदा पनि मादल बोकेर हिँड्थे ।


Advertisment
Nabil box
Kumari

‘घाँस काटदा होस् या बोक्दा होस्, नाच्न मन लागिहाल्थ्यो,’ उनी भन्छन् । 

Vianet communication
Laxmi Bank

उनलाई कलाकार नै बन्छु भन्ने सोच चाहिँ ५ कक्षामा पुगेपछि मात्रै लागेको रहेछ ।

*****

विसं २०५५ सालमा नेपालगञ्ज आएको थियो उनको परिवार । गाउँमा बस्दै आएका उनले नेपालगञ्ज शहरमा नयाँ अनुभूति गर्न थाले ।

‘परिवारमा हामी चार जना बुवा आमा भाई र म थियौं । बुवाले नेपालगंजमा रिक्सा चलाउनुहुथ्यो । उहाँकै कमाइले नै घरको भाडा, स्कूलको शुल्क किताब कपी कलम त्यसैमा आमाको औषधि खरीद गर्ने काम हुन्थ्यो । घरमा अरू कोही पनि रोजगार थिएनन्,’ उनी भन्छन्, ‘जब हामी सबै परिवारसहित नेपालगञ्ज २०५५ सालमा आएका थियौं । त्यतिबेला म ७ कक्षामा महेन्द्र स्कूल माध्यमिक विद्यालयमा पढ्थेँ ।'

महेन्द्र स्कूलमा पढ्दै गर्दा उनमा कलाकारिता क्षेत्रप्रति लगाव बढ्दै गएको रहेछ । 'आर्थिक अवस्था कमजोर भएतापनि मनको रहर पूरा गर्न संघर्ष गर्दै गएँ । अहिले पनि संघर्षरत छु,’ उनले भने ।   

उती बेला कलाकारिता सिक्न गाह्रो हुने गरेको उनको भनाई थियो । ‘निःशुल्क रूपमा कोही पनि सिकाउन मान्दैन थिए । आफूसँग त्यति पैसा थिएन,' विगत कोट्याउँदै उनी भन्छन्, 'त्यहीमाथि घरको जेठो छोरा भएकोले जिम्मेवारी पनि त्यति नै ठूलो मेरो काँधमा थियो ।'

नवराजले अहिले विभिन्न भाषाका गीतको भिडियो निर्देशन गर्दै आएका छन् । त्यसैले त उनी भन्छन्- यो क्षेत्रमा सफल भएको जस्तो लाग्छ ।

*****

साथीभाई र घरपरिवारको माया र हौसलाले आफू अहिलेको स्थानमा आइपुगेको उनलाई लाग्छ । ‘मलाई घर परिवारले यो क्षेत्रमा लाग्न प्रेरणा दिएको छ । साथ दिएको छ, माया दिएको छ,’ उनी भन्छन्, ‘कलाक्षेत्रमा आएको त धेरै भएको थियो तर मलाई थाहा थिएन कि म निर्देशक भएर दर्शकहरूको माझमा उभिन्छु भनेर ।

सञ्चारकर्मी तथा गायक प्रमोद डीजीसँग भेट भएपछि आफूले दर्जनौं गीतमा काम गर्ने अवसर पाएको उनको भनाई छ । आफू अहिलेको अवस्थामा आइपुग्न प्रमोदको पनि ठूलो सहयोग गरेको उनले बताए ।

प्रमोदसँगको संगतपछि उनलाई यो क्षेत्रका बारेमा बुझ्न धेरै सहज भयो । उनले नेसनल साधना अवार्ड २०७६ मा उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् । प्रमोद डीजी र मेलिना राईले गाएको 'तिमीसँग मेरो खुशी' बोलको आधुनिक गीतमार्फत उनले उक्त अवार्ड हात पारेका हुन् । ‘सुटुक्कै बाटो काटेर गई’, ‘फेरी तीज आयो बाबा दाम छैन गोजीमा’, ‘छोडीजानु रै'छ’, ‘हे कान्छी तिमीसँग’, ‘हे भोलेबाबा कैलासबासी भजन’, ‘पानी खोलीको लोकदोहोरी गीत’, ‘हातमा सुनको बाला तीज गीत’, 'कम्मरै भाँचेर' लगायत चार दर्जनभन्दा बढी गीत उनले निर्देशन गरिसकेका छन् ।

यति मात्रै होइन, उनी विद्यालय स्तरमा भएका धेरै नाटकमा पनि सक्रिय भएर लाग्ने गर्छन् । मध्यपश्चिम कला केन्द्र नामक संस्था खोलेर केही वर्ष उनले नेपालगञ्जमा बसेर नृत्य पनि सिकाए । उनी कोरियोग्राफर पनि हुन् । ‘मैले धेरै समय लगाएर विभिन्न अनुभव सम्हालेको छु,’ उनी भन्छन्, ‘सधैं सफलता मात्रै मिल्दैन । कहिलेकाहीं असफलता पनि हात लाग्छ । असफलता हुँदा आत्तिनु हुँदैन ।’

उनले नयाँ आउने साथीभाईलाई कलाकारितामा लाग्दा धैर्यवान् बन्न जरुरी रहेको बताए । ‘धेर्यवान्‌का साथै कामप्रतिको लगाव एवम् इमान्दारिता आवश्यक पर्छ,’ उनले भने, ‘यत्ति गर्न सके सफलता अवश्य मिल्छ । आफूभन्दा अग्रज कलाकारहरूको सम्मान र सानालाई माया गर्नुपर्छ ।'  

उनले मेहेनत सबै क्षेत्रमा गर्नपर्ने बताए । ‘मेहनत त जुनसुकै क्षेत्रमा पनि गर्नुपर्छ । मेहनत गरेपछि फल अवश्य नै पाइन्छ भन्ने मलाई लाग्छ,’ उनी भन्छन्, ‘त्यसलै ईमान्दार र लगनशील भएर काम गर्ने हो भने जीवन मज्जाले धान्न सकिन्छ । तर समय अनुसार परिवर्तन हुन पनि जरुरी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x