कति छ आज सुनको मूल्य ?

साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

अघिल्लो दिन शुक्रवार ७४ हजार ६ सय रुपैयाँमा काराबार भएको छापावाल सुन आइतवार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


Advertisement

यसदिन तेजावी सुनको मूल्य प्रतितोला ७४ हजार ३ सय रुपैयाँ कायम भएको छ । 

यस्तै यसदिन चाँदीको मूल्य पनि स्थिर छ । शुक्रवार ८ सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आइतवार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्