×

NMB BANK
NIC ASIA

दिलिप हत्या प्रकरण : क्रसर व्यवसायीको धम्कीदेखि आर्थिक प्रलोभनसम्म, ४ जना पक्राउ

पुस २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ स्थित श्रीपुर गाउँका २४ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोले क्रसर उद्योगीको विरोध गर्दा हत्या गरिएको छ । पुष २५ गते बिहानै ४ बजे तिर उनको हत्या गरिएको थियो ।

Muktinath Bank

क्रसर उद्योगको अवैध उत्खननको विरोध गर्दै आएका कारण क्रसर सञ्चालकसहितका मानिसहरूले उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले समेत पुष्टि गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘औरही खोलामा टिपरले बालुवा गिट्टी चोरी गरी लगिरहेको भन्ने थाहा पाई टिपर समात्न गएका ओमप्रकाशलाई क्रसर व्यवसायीसहितका मानिसहरूले उनको हत्या गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,’ एसपी बस्नेतले भने, ‘दिलिपलाई चार जनाले खोलामा समातेर फलामको लिभरले दाहिने कोखमा घोची घाइते पारी खोलामा सुताई ना ७ ख ६४३१ नम्बरको तिपर्ले किचेर हत्या गरेको कुरा खुल्नमा आएको छ ।’


Advertisment
Nabil box
Kumari

हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेर सार्वजनिक समेत गरेको छ । औरही खोलामा चुरिया माई बालुवा प्रशोधन उद्योगले सञ्चालन गर्दै आएका धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का क्रसर सञ्चालक २७ वर्षीय बिपिन महतो, महोत्तरी बर्दिबास नगरपालिका वडा नम्बर ९ का टिपर चालक ३४ वर्षीय मुनिन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी महोत्तरी बर्दिबासकै ओन टेस्ट लोडर चालक २४ वर्षीय जितेन्द्र कुमार महतो र धनुषा मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का २७ वर्षीय रोशन कुमार यादवलाई समेत पक्राउ गरिएको छ । 

Vianet communication
Laxmi Bank

‘दिलिपको हत्यामा यी चारै जना संलग्न रहेको कुरा अहिलेसम्मको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ,’ एसपी बस्नेतले भने, ‘विगतमा पनि अवैध उत्खननको दिलिपले विरोध गर्दै आएको कारणले नै हत्या गरिएको कुरा खुल्नमा आएको छ ।’ घटनाको थप अनुसन्धान अहिले जारी नै रहेको र अरू पनि थप मानिस संलग्न छन् वा छैनन् भन्ने कुरा थप अनुसन्धानबाट खुल्ने उनले बताए ।

मृतक दिलिप इन्जिनियरीङका विद्यार्थी थिए । भारतको भोपालमा इन्जिनियरीङको चौथो वर्षमा अध्ययनरत रहेका दिलिप छुट्टीमा पुष १७ गते मात्रै घर फर्किएका थिए । घटना भएको दिन बिहानै ४ बजेतिर आफ्नो घरमा शौचालय गरेर बाहिर गएका थिए । ‘बाहिर कोही मानिस बाइक लिएर उनलाई बोलाउन आएको हुनुपर्छ,’ दिलिपका बहिनी लक्ष्मी कुमारी महतोले भनिन्, ‘किनभने मेरो दाई बाहिर जाँदा आफ्नै बाइक लिएर जाने गर्थे तर त्यो दिन बाइक घरमै छाडेर जानुभएको थियो ।’ कसले दाईलाई बोलाएर खोलामा लग्यो त्यो कुरा अनुसन्धानबाट नै खुल्नेछ,' उनले बताइन् ।

प्रलोभनदेखि ज्यान मार्ने धम्कीसम्म  

क्रसर सञ्चालकको अवैध उत्खननको पटक-पटक दिलिपले विरोध गर्दै आएका थिए । उनलाई फकाउन हरसम्भव प्रयास पनि गरिएको थियो । खोला किनारमा खेतहरू खन्दा अन्य किसानको खेतमा क्षति भई रहेको तथा उनको आफ्नै खेतमा समेत असर परिरहेका कारण दिलिप आफ्ना साथीहरूसँगै समूहमा अवैध उत्खननको विरोध गर्ने गरेका थिए । लक्ष्मीका अनुसार गाउँमा अन्याय भएको कुरा देख्ने बित्तिकै आवाज उठाउने र विरोध गर्ने उनको बानी नै थियो । समाजलाई सुधार गर्नुपर्छ भनेर जहिले पनि नेता जस्तो अन्यायको विरोधमा अगुवाई गर्ने उनको पहिले देखि नै बानी थियो । 

‘शुरूशुरूमा क्रसर सञ्चालक विपिनले धम्की दिने गर्थ्यो तर धम्कीको वास्ता नगरेर विरोध गर्दै आएपछि रुपैयाँ पैसाको प्रलोभन समेत दिने गर्थ्यो,’ मृतक दिलिपकी बहिनी लक्ष्मीले भनिन्, ‘पछि त मोटर बाइक नै किनिदिन्छु भन्ने प्रस्ताव समेत विपिनले गरेका थिए ।’ उनीसहित केही युवाले संगठित भएर विरोध गरिरहेकै कारण क्रसर व्यवसायीले दिनको समयमा उत्खनन् गर्दैनथे । रातको समयमा मात्र उत्खनन गरेर बालुवा टिपरमा लग्ने काम गरेका थिए । त्यहीकारण उनी रातिको समयमा उत्खननको काम रोक्नका लागि केही साथीहरूलाई लिएर खोला सम्म पुग्ने गर्थे ।

क्रसर सञ्चालकले दिलिपको केही जग्गा भाडामा समेत लिएका थिए । त्यस वापतको बाँकी रहेको २५ हजार रुपैयाँ लिन घटना भएको २ दिनअघि मात्र मृतक दिलिपका बुवा रामजीवन महतो क्रसर उद्योगमै पुगेका थिए । पैसा लिन पुगेका रामजीवनलाई क्रसर सञ्चालक विपिनले आफ्नो छोरालाई सम्झाउन समेत भनेका थिए ।

‘छोराले नमाने टिपर तल किचेर मारेर खाल्डोमा गाडी दिन्छु, तपाईं आफ्नो छोराबाट हात धोए हुन्छ भनेर धम्की पनि दिएका थिए,’ मृतकक बुवा रामजीवनले भने, ‘मलाई लाग्यो त्यसै भनेका छन्, सम्झाई दिउँला ।’ तर छोरा लालगढमा गएका कारण विपिनले दिएको धम्कीबारे बताउनै नसकेको उनले सुनाए । ‘विपिनले ज्यान मार्ने धम्की दिएकोबारे बताउन पाएको भए छोरा सचेत हुन्थ्यो होला तर बताउनै सकिएन,’ उनले भक्कानिँदै भने, ‘मेरो छोरालाई मारेर सवारी दुर्घटनामा निधन भएको भनेर षड्यन्त्र गरे ।’

शुरूमा दिलिपको हत्या नै भएको भनेर प्रहरीले बताएन । टिपरमा किचेर मृत्यु भएको भनेर भनिएको थियो । घटनास्थलमा मृतक दिलिपका बहिनी तथा दाईहरू पुग्दा प्रहरीले घटनास्थलमा मुचुल्का नै नगरेर शवलाई समेत उपचारको बहाना बनाएर लगेका थिए । ‘इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले धनुषाको ललगढस्थित उपचारका लागि मोडेल अस्पताल लग्दैछु भनेर प्रहरी भ्यानमा लगे,’ मृतक दिलिपका बहिनी लक्ष्मीले भनिन्, ‘हामी पनि सँगै जान्छौं भनेर भन्दा परिवारका कुनै पनि सदस्यलाई गाडीमा प्रहरीले लगेनन् ।’ 

तर पछि जनकपुरस्थित प्रादेशिक अस्पतालमा लागेका थिए । शवको मुचुल्का नै नगरेर सवारी दुर्घटनामा मृत्यु भयो भनेर प्रहरीले पनि क्रसर व्यवसायीसँग मिलेको स्थानीयको आशंका भयो । त्यसपछि विरोध गर्दै स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरोध गर्दै आन्दोलित भएका थिए । राजमार्ग खुलाउन प्रहरीले दर्जनौं राउण्ड अश्रु ग्याससमेत प्रहार गरेको थिए ।

वातवरण संरक्षणका लागि विरोध गर्दै गरेका युवाको हत्या गरिएकाले नेपाल सरकारले दिलिपलाई वातावरण शहीद घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने स्थानीयहरूले माग गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x