दीपिकाको 'छपाक'ले कति कमायो ?

बहुप्रतीक्षित चलचित्र 'छपाक'ले बक्स अफिसमा मध्यम कमाइ गरिरहेको छ ।

दीपिका पादुकोण र विक्रान्त मेसी अभिनित यस चलचित्रले पहिलो दिन साढे ४ करोडको व्यापार गरेको थियो ।  


Advertisement

दोस्रो दिन यस चलचित्रले करिब ७ करोडको कमाइ गरेको छ । शुक्रवार रिलिज भएको यस चलचित्रले दुई दिनमा १० करोडभन्दा बढीको व्यापार गरेको छ । 

ट्रेड एनालिस्ट तरण आदर्शले फिल्म बक्स अफिस कलेक्शन सार्वजनिक गरेका हुन् ।


Advertisement

उनका अनुसार, चलचित्रले शनिवार ६.९० करोडको कमाइ गरेको थियो । यस्तै रिलिज भएको पहिलो दिन ४.७७ करोडको व्यापार गरेको थियो । 

एसिड पीडितको कथामा आधारित यस चलचित्र भारतमा मात्रै १७ सय र विदेशमा ४ सय ६० हलमा प्रदर्शन भइरहेको छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्