×

NMB BANK
NIC ASIA

सभामुख चयनमा सकस

ओली-प्रचण्डसामु राजीनामा नदिने तुम्बाहाम्फेको अडानले नेकपालाई धर्मसंकट !

पुस २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उपसभामुख शिवमाया तुम्बाहाम्फेले अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आफूले राजीनामा नदिने स्पष्ट पारेकी छिन् ।

Muktinath Bank

दुवै अध्यक्षले आइतवार बिहान तुम्बाहाम्फेलाई बालुवाटारमै बोलाएर राजीनामा दिन दबाब दिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'म राजीनामा दिने स्थितिमा छैन,' उनले आफ्नो पहिल्यैको अडान अध्यक्षद्वयसँग दोहोर्याएको स्रोतले जानकारी दियो ।


Advertisment
Nabil box
Kumari

बिहान करीब साढे ११ बजे बालुवाटार पुगेकी तुम्बाहाम्फेले अध्यक्षद्वयसामु आफू पुरानै अडानमा कायम रहेको भन्दै राजीनामा नदिने भन्दै बाहिरिएकी थिइन् ।

Vianet communication
Laxmi Bank

तुम्बाहाम्फेले राजीनामा नदिने अडान दोहोर्याएपछि दुवै अध्यक्ष केही समय मुखामुख गरेका थिए ।

बैठकमा रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल पनि उपस्थित थिए ।

शनिवार बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपसभामुखको राजीनामा माग्ने निर्णय गरेको थियो । उनले राजीनामा नदिने बरू आफूलाई महाभियोग लगाए फेस गर्ने भन्दै सचिवालयको निर्णयलाई चुनौती दिएकी थिइन् ।

उपसभामुख पदबाट हट्नुपर्ने गरी कुनै अपराध नगरेको उनको दाबी छ ।

पार्टी सचिवालयको निर्णय अनुसार आइतवारलाई बोलाइएको प्रतिनिधिसभाको बैठक अघि नै उनले राजीनामा दिने अपेक्षा गरिएको थियो ।

उनले राजीनामा दिएर मार्गप्रशस्त गर्ने छाँटकाँट नदेखिएपछि संसद सचिवालयले सूचना टाँस गरी माघ ६ गते दिउँसो १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको जानकारी दियो ।

अबका विकल्प

तुम्बाहाम्फेले आफूलाई नै सभामुख बनाउनु पर्ने औपचारिक निर्णय गरेपछि मात्र राजीनामा दिने अडान राखेपछि दुवै अध्यक्षले यसबारेमा थप परामर्श जरुरी रहेको भन्दै बिनानिष्कर्ष छलफल टुंग्याए ।

अपेक्षाविपरित तुम्बाहाम्फेको राजीनामा नआएपछि नेकपासँग अब सिमित विकल्प बाँकी रहेको छ । पहिलो विकल्प उनैलाई सभामुख बनाउने निर्णय गर्नु हो । तर त्यसको सम्भावना नरहेको नेकपाका पूर्वमाओवादी खेमाका एक नेताले बताए ।

'उहाँलाई सभामुख बनाउने कुनै कारण र सम्भावना छैन,' लोकान्तरसँग ति नेताले दाबी गरे, 'पार्टीभित्र विशिष्ट परिस्थितिको सिर्जना भएको छ । पार्टी कसैको अडानले चल्दैन । पार्टीभित्रको शक्तिसन्तुलनले जे माग गर्यो त्यही अनुसार चल्छ । उहाँ पुरानो नेता हुनुहुन्छ, राजीनामा दिनुको कुनै विकल्प छैन ।'

उनले पार्टीले गरेको निर्णय नमान्ने हो भने पार्टीभित्र बाह्य शक्ति हावी हुने बताए । 'अहिले त्यही भइरहेको छ,' उहाँको असन्तुष्टिलाई लिएर विपक्षी पार्टीहरू र अन्य शक्तिकेन्द्रहरू खेल्न थालिसकेका छन् ।'

समानुपातिक सांसद रहेकीले तुम्बाहाम्फेलाई फिर्ता बोलाउन पार्टीले निर्वाचन आयोगलाई पत्र लेख्ने विकल्प पनि रहेको छ । उनलाई समानुपातिक संसदबाट हटाएपछि स्वतः उपसभामुख रहनेछैनन् । त्यसपछि कसलाई सभामुख बनाउने भन्ने पार्टीलाई निर्णय गर्न सहज हुन्छ ।

तेस्रो विकल्प भनेको उनीमाथि महाभियोग लगाउनु हो । तर आफ्नै पार्टीको उपसभामुखलाई महाभियोग लगाएर हटाउने प्रक्रियाले पार्टीभित्र थप विवाद सिर्जना हुने देखिन्छ । महाभियोग लगाउनु पर्ने औचित्य पुष्टि गर्न थप गाह्रो देखिन्छ । तुम्बाहाम्फेले  आफूलाई महाभियोग लगाएर हटाउन चुनौती दिएपनि त्यो विकल्पमा नेकपा अहिल्यै जाने सम्भावना नरहेको नेकपाका एक नेताले दाबी गरे ।

बन्धक बन्यो संसद

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाको बैठक स्थगित हुनु दुखद बताएको छ ।

सूचना टाँस गरेर माघ ६ गतेसम्मका लागि बैठक स्थगित भए लगत्तै प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै नेकपा संसदप्रति गैरजिम्मेवार रहेको आरोप लगाएको हो ।

 'संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्त्व हुन्छ l तर ३ महिनादेखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायांमा प्रतिनिधिसभालाई लाचार छायां बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ,' विज्ञप्तिमा उल्लेख छ l

 पूर्व प्रधानमन्त्री तथा समाजवादी दलका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले एक ट्वीट गर्दै संसदलाई पंगु बनाइएको आरोप लगाए l

'हिजो दलीय खिचातानिले संसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो,' उनले ट्वीटरमा लेखेका छन्, 'तर आज नियमित संविधान र एउटै दलको स्पष्ट बहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगु/निष्काम हुने र बैठक सरिरहने ? जनप्रतिनिधि मुकदर्शक भैरहने ? यही हो लोकतन्त्र ? अझै कम्युनिज्म ? धन्य कणहरू !'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x