रंग पत्रकार खड्काको 'नियत' सार्वजनिक

रंग पत्रकार डिबी खड्काको कृति 'नियत' सार्वजनिक भएको छ । 

सोमवार प्रज्ञा भवनमा एक कार्यक्रमबीच अभिनेत्रीहरू रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले 'नियत' सार्वजनिक गरे ।


Advertisement

करीब एक दशकदेखि रंग पत्रकारितामा सक्रिय खड्काले पुस्ताकमा रंगीन दुनियाँको रंगहीन पाटो उल्लेख गरेका छन् ।

कलाकारिता क्षेत्रमा प्रवेश गर्दा वा संघर्ष गरिरहँदा कलाकारले भोगेका कथा र उनीहरूमाथि त्यही क्षेत्रका मानिसहरूले राखेको गलत नियतका कथाहरूलाई पुस्तकमा समेटेको खड्काले बताए । 


Advertisement

कार्यक्रममा रेखा, स्वस्तिमा र लक्ष्मीले कलाकारिता क्षेत्रमा प्रवेश गरेपछि आफूले भोगेका कथाहरू सुनाएका थिए । 

पुस्तकलाई युरेका पब्लिकेसनले बजारमा ल्याएको हो । 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्