×

NMB BANK
NIC ASIA

काठमाडौंमा जेब्राक्रस सचेतना फैलाउँदै जापानी महिला, सडकमै उभ्याएर २० मिनेट ‘लेक्चर’

पुस २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

‘यताबाट बाटो काट्नु हुँदैन । ऊ तल पुल छ, त्यहीँबाट बाटो काट्नुहोस् । दुर्घटना हुनसक्छ ।’

Muktinath Bank

माथिको संवाद हो वीर अस्पताल अगाडि जेब्राक्रसबाट बाटो काट्न सिकाउने जापानकी अयुमी ओहाशी अर्थात् सुप्रभा लामाको ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली नाम सुप्रभा राखेकी उनले जापानबाट आएर नेपालमा ट्राफिक नियम सिकाउँदै आएकी छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमवार सञ्चालन गरेको जेब्राक्रस र ओभर ब्रीजबाट सडक पार गर्न सिकाउने अभियानमा उनले साथ दिइरहेकी थिइन् । 


Advertisment
Nabil box
Kumari

जापानी लवजमा नेपाली बोल्ने अयुमीले लोकान्तरसँग भनिन्, ‘मैले नेपालमा ८ महिनादेखि जेब्राक्रसबाट बाटो काट्न सिकाइरहेकी छु । यहाँका यात्रीहरूले जेब्राक्रसको प्रयोग गरेको देखिँदैन, यसले दुर्घटना हुन्छ ।’

Vianet communication
Laxmi Bank

सोमवारदेखि महानगरीय ट्राफिक प्रहरीले जेब्राक्रस र ओभर ब्रीजबाट बाटो नकाट्ने व्यक्तिलाई सचेतना कक्षा सडकमै दिन लागेको छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालका अनुसार पैदल यात्रीले बाटोमा हिँड्दा र बाटो काट्दा ट्राफिक नियम पालना नगरे बटुवालाई समातेर २० मिनेटको ‘लेक्चर’ (कक्षा) लिनुपर्ने व्यवस्था सोमवारदेखि शुरू गरेको बताए ।

एसएसपी ढकालले भने, ‘सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइने छ साथै उनीहरूकै माध्यमबाट घरघरमा सचेतनाको लागि पर्चा पम्पलेट समेत वितरण गरिएको छ ।’

ट्राफिक नियम मिच्नै जेब्राक्रस र आकाशे पुल प्रयोग नगर्ने पैदलयात्रीलाई ट्राफिक नियमबारे सचेतना कक्षा हाललाई भोटाहिटी र वीर अस्पताल अगाडि सञ्चालन गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । 
ट्राफिक प्रहरीले समाते भने कक्षा नलिई आफ्नो काममा पैदलयात्री जान पाउने छैनन् । सोमवार मात्रै करीब १ हजार पैदल यात्रीलाई सचेतना कक्षा दिइएको डीएसपी श्रेष्ठले बताए ।

उपत्यकामा दुर्घटनामा परेर पैदल यात्रीको धेरै ज्यान जान थालेपछि ‘ट्राफिक उज्यालो अभियान’ अन्तर्गत ट्राफिक प्रहरीले पैदलयात्री सुरक्षा अभियान नै सञ्चालन गरिएको जनाएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापन तथा पैदलयात्रीले जथाभावी बाटो काट्दा हुने सवारी जाम हटाउनको लागि अभियान प्रभावकारी हुने प्रहरीको दाबी छ । 

चालू आर्थिक वर्षमा मात्रै उपत्यकामा ७६ मध्ये ३२ जना पैदलयात्रीको सवारी दुर्घटनामा ज्यान गएको छ । गत वर्ष भने २५४ मध्ये ९३ जना पैदलयात्रीको सवारी दुर्घटनामा ज्यान गएको महाशाखाले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x