इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेताले किन छाड्नु पर्‍याे देश?

इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलीजादेहले देश छोड्ने फैसला गरेकी छन्।

२१ वर्षीया किमियाले सामाजिक सञ्जालमा पोस्ट लेख्दै आफू इरानमा 'पाखन्ड, झूठ, अन्याय र चापलूसीको हिस्सा' बन्न नचाहेको बताएकी छन्।


Advertisement

इरानी मिडियामा सार्वजनिक खबर अनुसार उनी प्रशिक्षणको क्रममा नेदरल्यान्डमा हुनसक्ने अनुमान गरिएको छ।

उनले सन् २०१६ मा रियो ओलम्पिकमा तेक्वान्दोमा काँस्य पदक जितेर इरानका लागि इतिहास रचेकी थिइन्।


Advertisement

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘इरानका अधिकारीहरुले  मेरो क्षमतालाई प्रोपोकान्डाका लागि मात्र प्रयोग गरे।’

किमियाले इरान छोडने फैसला  त्यतिखेर लिइन्-जतिखेर इरानमा सरकारविरुद्ध तीव्ररुपमा विरोध प्रदर्शन भइरहेको छ। बुधबार मात्र यूक्रेनको यात्री विमानलाई भुलबस मिसाइल हानेर खसाएपछि इरानी जनता सडकमा उत्रिएका छन्।

यो बाहेक इरान र अमेरिकाबीच संघर्ष जारी छ।

किमियाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म इरानका लाखौँ महिलामध्ये एक हुँ।  वर्षाैसम्म देशका लागि खेलिरहे। अधिकारीहरुले भनेको पनि मान्दै आए। हरेक आदेशको पालना गरे। तर उनीहरुका लागि मेरो कुनै हैसियत रहेन। म उनीहरुका लागि केवल प्रयोगको हतियार बनिरहे।’

किमियाले यो पनि भनेकी छन् कि  सरकारले उनको  क्षमतालाई  राजनीतिक रुपमा प्रयोग गरेको थियो। तर, अधिकारीहरुले आफ्नो अपमान गरेको किमियाले बताएकी छन्। 

सरकारी अधिकारीहरुले भने उनलाई यूरोपबाट आकर्षक प्रस्ताव आएपछि देश छाडेको आरोप लगाएका छन्। पछिल्लो हप्ता किमिया गायब भएको खबर आएको थियो।

इरानका राजनेता अब्दुलकरीम हुसेनजादेहले मानव संशाधनले देश छाड्नुमा अयोग्य अधिकारीहरु जिम्मेवार रहेको बताएका छन्। इरानी समाचार एजेन्सी इसनाका अनुसार किमिया अलीजादेह नेदरल्यान्डमा बसिरहेकी छन्।

यो खबरमा उल्लेख भए अनुसार किमिया सन् २०२० मा टोकियो ओलम्पिकमा भाग लिने छिन् तर उनी इरानको ब्यानरमा देखिने छैनन्।

इरान छाडेको घोषणा गरेकी किमियाले आगामी योजनाबारे बताएकी छैनन् ।  तर उनले भनेकी छन् जहाँ रहेपनि इरानी छोरी बनेर रहने छु। -एजेन्सीकाे सहयाेगमा

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्