मंसिर ४, २०८०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
पुस २९, २०७६
बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले राखेको २ अर्ब ५० करोड रुपैयाँ बेवारिसे अवस्थामा छ । राष्ट्र बैंकका अनुसार १० वर्षदेखि कारोबार नभएको निक्षेप खाताको संख्या ३ लाख ७४ हजार १५ छ । ती खातामा करिब २ अर्ब ५० करोड रुपैयाँ बेवारिसे अवस्थामा छ । खाताका निक्षेपकर्ताले कारोबार नगरेको मात्र होइन, लामो समयदेखि खातामा रहेको रकमबारे सोधखोजसमेत गर्न आएका छैनन् ।
लामो समयसम्म खाता निष्क्रिय रहे राष्ट्र बैंकले उक्त खाताको रकम खिचेर प्रयोग गर्नेसमेत ऐनमा व्यवस्था छ । २० वर्षदेखि निष्क्रिय रहेका खाताको रकम खिचेर बैंकिङ विकासमा खर्च गरिने सोचसमेत राष्ट्र बैंकले बनाएको छ ।
कस्तो खाता निष्क्रिय ?
सामान्यतया चल्ती र कल निक्षेप खातामा ६ महिनासम्म कारोबार नभए खाता निष्क्रिय भएको मानिन्छ । त्यस्तै, बचत खातामा ३ वर्षसम्म कुनै कारोबार नभएमा पनि निष्क्रिय मानिन्छ । खातामा नगन्य रुपैयाँ हुँदा, निक्षेपकर्ता बिदेसिँदा पनि निष्क्रिय हुन्छ । अझ पछिल्लो समय बैंकहरूले ‘सबैको बैंक खाता’ अभियानअन्तर्गत एक सय रुपैयाँमै पनि खाता खोलिदिने गरेका छन् । दुई वा दुईभन्दा बढी खाता रहेकाको पनि खाता निष्क्रिय हुन्छ ।
‘अहिले बैंकबीच तीव्र प्रतिस्पर्धा छ, त्यसैले एक व्यक्तिको एकभन्दा बढी खाता खोलिएका छन्,’ नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘एकै व्यक्तिले ती सबै खाता सक्रिय गर्न सक्ने कुरा पनि भएन ।’
अचेल व्यावसायिक संस्थाहरूले बैंक खातामै पारिश्रमिक भुक्तानी गरिदिने गरेका छन्, संस्था परिवर्तनका कारण पनि खाता निष्क्रिय रहने गरेको छ । कतिपयले भने परिवारका सदस्यलाई नै जानकारी नदिई खाता खोलेका र वारिस पनि तोकेका हुँदैनन् । यस्तो अवस्थामा खातामा रकम भए पनि निष्क्रिय रहने अवस्था आउँछ ।
‘पछिल्लो समय एउटा बैंकमा लगभग २० प्रतिशतसम्म खाता निष्क्रिय हुन थालेका छन्,’ दाहालले थपे । राष्ट्र बैंकका अनुसार ०७६ असारसम्म बैंकहरूमा २ करोड ७८ लाख निक्षेप खाता थिए । तीमध्ये तीनपुस्ते आधारमा दोहोरो खाता परेको छुट्याइएपछि र विदेशी नागरिकका नाममा खोलिएको खाता हटाउँदा १ करोड ८० लाख खाता थिए । यसबाट पनि एकभन्दा बढी खाता हुनेको संख्या उच्च रहेकाले निष्क्रिय खाता वृद्धि भइरहेको देखिन्छ ।
के हुन्छ खाताको रकम ?
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा खाता निष्क्रिय भएको ५ वर्ष नाघे यस्ता खाताबारे एकपटक राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ । बैंकहरूले पनि हरेक आर्थिक वर्षमा १० वर्षदेखि निष्क्रिय खाताको विवरण राष्ट्र बैंकलाई गराउनुपर्ने हुन्छ ।
बैंकहरूले सार्वजनिक रूपमा जानकारी गराउँदासमेत निक्षेपकर्ता वा उसका आफन्तले रकम नलगेमा २० वर्षपछि ‘बैंकिङ विकास कोष’मा जाने व्यवस्था छ । ऐनले कोषमा रहेको रकमको प्रयोग बैंकिङ क्षेत्रको विकासमा लगाउने उल्लेख गरेको छ । ‘हालसम्म यस्तो रकमको प्रयोग गरिएको छैन,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले भने, ‘तर, यसलाई वित्तीय साक्षरताका लागि खर्चिने सोच छ ।’ २० वर्षपछि लगानीकर्ता रकम दाबी गर्न आए के गर्ने भन्ने अन्योल छ । यस्तो रकम जफत नै हुने हो वा होइन भनेर पनि कतै उल्लेख गरिएको छैन ।
सक्रिय गराउन लाग्दैन शुल्क
कुनै पनि निष्क्रिय खाता सक्रिय गराउन शुल्क नलाग्ने व्यवस्था छ । करिब ९ वर्षअघि यस्तो व्यवस्था गरिएको हो । त्यसअघिसम्म भने खाता व्यवस्थापन शुल्क लाग्ने व्यवस्था थियो । निक्षेपकर्ताले चाहेमा खाता बन्द गर्न सक्छन् भने यसरी खाता बन्द गरेकोसमेत शुल्क लाग्दैन । अहिले शुल्क नलाग्ने भएकाले खातामा थोरै रकम हुँदा खाता बन्द गर्न निक्षेपकर्ता नआउने चलन छ ।
सबैभन्दा धेरै निष्क्रिय खाता राष्ट्रिय वाणिज्य बैंकमा
२७ वाणिज्य बैंकमध्ये २० वटाले यस्तो विवरण वेबसाइटमार्फत सार्वजनिक गरेका छन् । यी २० मध्ये १० वर्षदेखि सबैभन्दा धेरै खाता निष्क्रिय हुनेमा राष्ट्रिय वाणिज्य बैंक छ । बैंकका ६७ हजार ४ सय ४१ वटा खाता निष्क्रिय छन् । त्यस्तै, सबैभन्दा कम खाता (११ खाता) निष्क्रिय हुने बैंकमा सिद्धार्थ बैंक छ । नयाँ पत्रिकामा खबर छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...