×

NMB BANK
NIC ASIA

नतिजा सुधार योजना

सरकारले गणित र विज्ञानको ट्युसन पढाउँदै, ५ करोडले २ महिनामै सुध्रिएला एसईई नतिजा ?

पुस २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

५ नम्बर प्रदेशका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी गणित र विज्ञान विषयमा ज्यादै कमजोर रहेको पाइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेशका ७२ प्रतिशत विद्यार्थी गणित र विज्ञान विषयमा ‘ई’ ग्रेड (प्राप्तांक ३० भन्दा तल) रहेको २०७५ सालको एसईई परीक्षाको नतिजामा देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ई ग्रेडले राम्रो विषय लिएर उच्च शिक्षा अध्ययन गर्न पाइँदैन । एसईई परीक्षा आउन झण्डै २ महिना बाँकी रहँदा प्रदेश सरकारले दुवै विषयमा विद्यालयमै विशेष कक्षा (कोचिङ, ट्युसन) चलाएर नतिजा सुधार गर्ने योजना बनाएको छ ।


Advertisment
Nabil box
Kumari

यस वर्षको एसईई चैत पहिलो सातादेखि छ । यो शैक्षिक सुधारको नौलो अभियान आउँदो माघ पहिलो हप्तादेखि शुरू हुनेछ ।

Vianet communication
Laxmi Bank

एसईई परीक्षा २०७५ साललाई हेरेर सरकारले विशेष कक्षा अभियान शुरू गरेको हो । सामाजिक विकास मन्त्री सुदर्शन बरालले एसईई सुधार अभियान शुरू गरिएको बताए । ‘शैक्षिक सत्र २०७५ सालको एसईई परीक्षामा ५ नम्बर प्रदेशका परीक्षार्थीले गणित र विज्ञानमा अत्यन्तै नाजुक नतिजा ल्याएको पाइएपछि प्रदेश सरकारले चालू शैक्षिक सत्रदेखि यस्तो अभियान शुरू गर्न थालिएको हो,’ मन्त्री बरालले भने । शैक्षिक सुधार नभएसम्म मुुलुकको विकास हुन नसक्ने भन्दै युवा मन्त्री बराल नयाँ योजनाका साथ अगाडि बढेका हुन् । 

‘२०७५ सालको एसईई परीक्षामा कमजोर नतिजा ल्याएको विद्यालयमा विशेष कक्षा अभियान सञ्चालन हुन्छ । यो हाम्रो ‘ट्रायल फेज’ हो । हामी विशेष कक्षाका लागि रकम विद्यालयलाई उपलब्ध गराउँछौं । विद्यार्थीले विशेष कक्षाको पैसा तिर्नु पर्दैन । कम्तीमा धेरै विद्यार्थीले ‘डी प्लस’ नतिजा ल्याउने गरी यो अभियान आएको हो ।’

प्रदेशका १२ जिल्लाका झण्डै ७५ हजार विद्यार्थी यसपालि एसईई परीक्षामा सहभागी हुँदैछन् । जसमध्ये सरकारको अभियानबाट ५७ हजार ७४७ विद्यार्थी लाभान्वित हुनेछन् । ८८८ विद्यालयमा गणित र ७४२ विद्यालयमा विज्ञान विषयका थप कक्षा सञ्चालन हुनेछन् । प्रदेशमा ९८८ माध्यमिक विद्यालय रहेका छन् । २ विषयमा विद्यार्थी बढी किन फेल हुन्छन् भन्ने बहस चल्न सकेको छैन ।

विशेष कक्षालाई ५ करोड

प्रदेश सरकारले शुरू गरेको अभियानका लागि ५ करोड रुपैयाँ बजेट छ । बजेट संघीय सरकारबाट विशेष अनुदानका रुपमा उपलब्ध गराइएको हो । नतिजामा सुधार ल्याउनको लागि संघीय सरकारसँग १० करोड रुपैयाँ माग गरेको भएपनि ५ करोड रुपैयाँ उपलब्ध भएपछि कार्यक्रम शुरू गर्न लागिएको हो ।

मन्त्रालयले २० देखि ४९ सम्म विद्यार्थी भएका विद्यालयलाई २० हजार, ५० देखि ९९ विद्यार्थी भएका विद्यालयलाई २८ हजार, १ सयदेखि १ सय ९९ विद्यार्थी भएका विद्यालयलाई ३८ हजार र २०० भन्दा माथि भएका विद्यालयका ५४ हजार रुपैयाँ उपलब्ध गराइने छ । रकम विद्यालयले विषय शिक्षकलाई उपलब्ध गराउने छन् ।

सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख थानेश्वर ज्ञवालीले विद्यार्थीको एसईई नतिजा सुधार गर्न डोर्‍याएर, लतारेर र घिसारेर भएपनि २ विषयको ग्रेड वृद्धि गराउने अभियानमा प्रदेश सरकार जुटेको बताए ।

‘प्रदेशमा सञ्चालनमा रहेका सबै ९८८ वटा सामुदायिक विद्यालय र मदरसामा अध्ययनरत ६१ हजार २९४ विद्यार्थीको शैक्षिक अवस्था सुधार आउनेछ,’ उनले भने । अभियानमा १ हजार ९७६ विज्ञान र गणित शिक्षक परिचालन हुनेछन् ।

एसईईमा गणित विषयको उत्तीर्ण प्रतिशत

२०७५ सालको एसईई परीक्षामा प्रदेशमा सम्मिलित ७५ हजार ८३४ विद्यार्थीमध्ये गणित विषयमा ४३ हजार ८७८ विद्यार्थीले ‘डी’ र ‘ई’ ग्रेड ल्याए । विज्ञानमा २५ हजार ४९४ विद्यार्थीले डी प्लस, डी र ई ग्रेड ल्याए ।  

प्रदेशमा गणित विषयमा सबैभन्दा धेरै गुल्मीमा ४० प्रतिशत विद्यार्थी उच्च शिक्षा पढ्न योग्य हुने गरी ग्रेड ल्याउन सफल भएका छन् । रुपन्देहीमा ३१, नवलपरासीमा ३१.५, कपिवलवस्तुमा २०.७, अर्घाखाँचीमा ३२, रुकुमपूर्वमा २३.८, रोल्पामा १८.८, दाङमा २६.७, बाँकेमा २६ं.७, बर्दियामा २२.७ र प्युठानमा २९.८ प्रतिशत विद्यार्थीले डी प्लस ल्याएका छन् । 

अर्को वर्षदेखि ८ कक्षाबाटै विशेष कक्षा

प्रदेशको प्रवेशिका परीक्षा एसईईको नतिजा गणित र विज्ञानको अत्यन्तै न्यून हुँदा प्रविधिक शिक्षा इन्जिनीयरिङ, चिकित्सा क्षेत्र जस्तो विषय पढ्नको लागि प्रतिस्पर्धा गर्न नसक्ने अवस्था छ । कार्यक्रम ८ कक्षादेखि नै सञ्चालनमा ल्याउने तयारी भएका जानकारी दिए ।

प्रदेश सरकारले यसवर्ष एसईईमा सहभागी हुने र आगामी वर्षको लागि ८ र ९ कक्षामा अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गरी गणित विज्ञान समाजको सहयोगमा विशेष कक्षा सञ्चालन गरिने बताए । नतिजा सुधार अभियानको मूल्यांकन समितिको संयोजकमा मन्त्री बराल आफैं बसेका छन् ।

‘कार्यक्रम प्रभावकारी बन्नुपर्छ’

नविन औद्योगिक कदरबहादुर रीता माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले प्रदेश सरकारको अभियान प्रभावकारी बन्नुपर्ने बताए । ‘शिक्षक लगनशील भएर पढाए २ महिनामा धेरै सुधार गर्न सकिन्छ,ख उनले भने, ‘सरकारसँगै सामुदायिक विद्यालय पनि अभियानमा जट्नुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

पुस ११, २०८०

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरिएको छ । स्ववियु त्रिवि केन्द्रीयले त्रिभुवन विश्वविद्यालयको समग्र सिस्टममा सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिला सुस्ती अन्त्यको माग राख्दै बुधवार...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x