×

NMB BANK
NIC ASIA

को हुन् बार्सिलोनाका नयाँ प्रशिक्षक सेटिएन ?

पुस २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बार्सिलोनाले साबिकका प्रशिक्षक अर्नेस्टो भाल्भेर्देलाई सोमवार बर्खास्त गरेर उनको स्थानमा किके सेटिएनलाई ल्याएको छ । 

Sagarmatha Cement
Muktinath Bank

बार्सिलोनाका पूर्वखेलाडी जाभी र रोनल्ड कोएमानले क्लबको प्रशिक्षक बन्न अस्वीकार गरेपछि बोर्डले सेटिएनलाई प्रमुख प्रशिक्षक बनाएको हो । उनको सम्झौता सन् २०२२ सम्मको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्याम्प नाओमा भाल्भेर्देको काम लामो समयदेखि निगरानीमा थियो तर सुपरकोपामा एट्लेटिको मड्रिडसँग सेमिफाइनलमा पराजित भएपछि बार्सिलोनाले भाल्भेर्देको विकल्प खोजेको हो । 


Advertisment
Nabil box
Kumari

सेटिएनलाई भित्र्याउनुअघि बार्सिलोनाले जाभीलाई स्थायी प्रशिक्षक बनाउन खोजेको थियो तर अहिले अल–साद क्लब व्यवस्थापन गरिरहेका जाभीले ६ महिनापछि मात्र उपलब्ध हुने बताए । 

Vianet communication
Laxmi Bank

तर बार्सिलोनाले सेटिएनलाई सन् २०२२ सम्मका लागि सम्झौता गरेकाले जाभी क्याम्प नाओ आइहाल्ने स्थिति छैन । 

सेटिएनले यसअघि स्पेनकै रियाल बेटिस क्लबलाई प्रशिक्षण दिइसकेका छन् । 

सेटिएन रेसिङ स्यान्ट्यान्डर क्लबका प्रतिभाशाली मिडफील्डर थिए । त्यहाँ उनले आठ वर्ष बिताउँदा २०५ म्याच खेलेर ४३ गोल गरेका थिए । 

त्यसपछि उनले एट्लेटिको मड्रिड र लोग्रोनेस लगायत क्लबमा पनि राम्रो प्रदर्शन गरेका थिए । लेभान्ते क्लबबाट उनले संन्यास लिएका थिए । 

उनले सन् २००० मा रेसिङ स्यान्ट्यान्डरबाट प्रशिक्षण करीयर शुरू गर्दै उनले विभिन्न क्लब र इक्वेटोरियल गिनी राष्ट्रिय टीमलाई समेत प्रशिक्षण दिएका थिए । उनकै प्रशिक्षणमा लुगो टीम सेगुन्डा डिभिजन बीमा बढुवा भएको थियो । 
त्यसपछि उनले लास पाल्मासको जिम्मेवारी सम्हाल्दै उक्त क्लबलाई रेलिगेसनबाट जोगाएर ११औं स्थानमा पुर्‍याएका थिए । 

उनको राम्रो प्रदर्शनलाई मूल्यांकन गर्दै रियाल बेटिसले सन् २०१७ मा उनलाई स्थायी व्यवस्थापक बनायो । क्लबको पहिलो सीजनमा उनले बेटिसलाई युरोपेली प्रतिस्पर्धामा फर्काए । उनले टीमलाई छैठौं स्थानमा पुर्‍याएर युरोपा लीगका लागि छनोट गराए । 

बेटिसमा उनको दोस्रो सीजनको शुरूआत राम्रो रह्यो तर पछि गएर क्लबको प्रदर्शन खस्किँदै गयो । त्यसपछि सम्झौताको एक वर्ष बाँकी रहँदै उनी बिदा भए । 

सेटिएनले पोजेजनमा आधारित आक्रामक फूटबल खेलाउने गर्छन् । उनको यो शैलीको तुलना बार्सिलोनाका लेजेन्ड योहान क्रुफसँग गरिन्छ । सेटिएनले क्रुफलाई प्रशंसा गर्ने गरेका छन् । 

‘योहान क्रुफको बार्सिलोनालाई म सम्झन्छु,’ उनले सन् २०१९ मा द कोचेज भोइसलाई बताए । 

‘उनीहरूसँग खेल्दा पूरै म्याच बलका पछाडि दौडिरहनुपर्थ्यो । अनि मैले आफैंलाई भनें– मैले मन पराएको यस्तै हो । म यो टीममा बस्न चाहन्छु र यो कसरी भइरहेको छ जान्न चाहन्छु । कुनै टीमले जतिखेर पनि बल आफूसँग राखिरहन कसरी सक्छ अनि विपक्षी चाहिँ पूरै म्याचभरि त्यस टीमको पछाडिपछाडि घुमिरहन्छ ? त्यसपछि मैले फूटबल हेर्न थालें । म प्रशिक्षक भएपछि यसलाई व्यवहारमा ल्याउन चाहें ।’

भाग्यले सेटिएनलाई त्यही क्लबको व्यवस्थापक बनाएको छ जहाँ उनले मन पराएको खेल शैलीको जन्म भएको थियो ।

गोल डट्कमबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x