×

NMB BANK
NIC ASIA

देवघाटमा अष्टधातुको शिव मूर्ति बनाउन महायज्ञ

पुस २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धार्मिक पर्यटकीय तीर्थस्थल देवघाटधाममा अष्टधातु जडित शिव मूर्ति निर्माणका लागि पोखरामा अष्टधातु संकलन श्रीमद्भागवत विराटज्ञान महायज्ञ शुरू गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

चितवन, तनहुँ र नवलपुरको संगमस्थलमा अवस्थित पवित्र धार्मिक क्षेत्र भरतपुर नगरपालिका–१ देवघाटधाममा सुन, चाँदी, तामा, पित्तल, ढलोट, चरेस, काँच, फलाम मिश्रित ८ धातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण गरिने लक्ष्यलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ महायज्ञ शुरू गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुनका आँखा, गलामा टलक्क टल्किएको चाँदीबाट निर्मित  नागको माला, दायाँ हातमा ओमकार र बायाँ हातमा त्रिशूलसहित अष्टधातुको मूर्तिको मुनि  पूजाकोठा र धार्मिक संग्रहालय लगायतका संरचना निर्माण गर्न लागिएको बताइएको छ । त्यस्तै परिसरमा यात्रु विश्रामगृह, बाल उद्यान, नारायणी नदी किनारामा पैदलमार्गसँगै रमणीय बाँदर उद्यानसहित आकर्षक संरचना निर्माण गरिने देवघाट संरक्षण प्रतिष्ठानका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार ८ करोड बढी खर्च हुने अनुमान गरिएको उक्त शिव मूर्ति सहितका संरचना निर्माणका लागि यसअघि विभिन्न स्थलमा आयोजना गरिएका महायज्ञबाट ८४ क्विन्टल धातुलगायत ३३ लाख रुपैयाँ सहयोग संकलन भइसकेको छ । कूल १४ हजार किलोग्राम धातु खर्च गरिने सो मूर्ति निर्माणका लागि ९० प्रतिशत पित्तलसहित ५ तोला सुन, २ किलोग्राम चाँदी र बाँकी अन्य धातु प्रयोग हुनेछ ।

Vianet communication
Laxmi Bank

अध्यक्ष अधिकारीका अनुसार मूर्ति निर्माणका लागि कूल २३० थान डाइ लाग्नेमा हालसम्म १०० थान तयारी भइसकेका र बाँकी १३० थान तयारको चरणमा छन् । भूमिगत पूजा र संग्रहालय कोठा निर्माणका लागि १ करोड ५० लाख, यात्रु विश्रामगृह २ करोड २५ लाख, रमणीय उद्यान र धाराका लागि १ करोड २५ लाख लाग्ने अनुमान गरिएको छ ।

धातुलाई तरल बनाएर डाइमा भर्ने कार्यका लागि १ करोड ७० लाख, फ्रेम तयार गर्न ८० लाख रुपैयाँ खर्च हुने प्रतिष्ठानको अनुमान छ । आगामी कात्तिकसम्ममा निर्माण सम्पन्न गर्ने गरी ज्याला मात्र १ करोड २५ लाख रुपैयाँमा सेन्चुरी मूर्तिकला उद्योगसँग ठेक्का सम्झौता भइसकेको महासचिव मदनराज मिश्रले जानकारी दिए ।

कूल ४६ कठ्ठा क्षेत्रफलको जग्गामा सो योजनाका लागि वाग्मती प्रदेश सरकारको ५० लाख रुपैयाँ सहयोग प्राप्त भएको जानकारी दिँदै उनले सो स्थानमा देवघाट क्षेत्र विकास समितिद्वारा २ करोड ५० लाख रुपैयाँ लागतमा स्नानघाट निर्माणको प्रक्रिया अघि बढाइएको बताए ।

समुद्री सतहबाट २५० मिटरको उचाइमा रहेको देवघाटधाममा निर्माण गरिने अष्टघातुसहितको शिव मूति मात्र ४ करोड ४० लाख २५ रुपैयाँ लागतमा निर्माण गरिने अनुमान गरिएको उनले बताए । सो मूर्ति नेपाली कलाकार तिलवीर सेन्चुरी र युवराज लामिछानेले निर्माण गर्दै छन् । ऐतिहासिक, पुरातात्विक, धार्मिक, आध्यात्मिक, पौराणिक महत्व बोकेको देवघाटधामा अष्टधातुको शिव मूर्तिसहित विभिन्न भौतिक संरचना निर्माणपश्चात सो क्षेत्र आकर्षक धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास हुने विश्वास लिइएको छ । 

महासचिव मिश्रले प्रत्येक घरमा रहेको अष्टधातुका टुक्रा दान गरेर पुण्य प्राप्त गर्न भक्तजनलाई अपिल गरेका छन् । महायज्ञमा ५ लाख रुपैयाँ दान गर्ने दातालाई संस्थापक सदस्य एवं संरक्षक र १ लाख रुपैयाँ दान गर्ने दातालाई संस्थापक सदस्य हुने प्रतिष्ठानले व्यवस्था गरेको जानकारी दिँदै उनले संकलित धातुलाई प्रशोधन गरी शिव मूर्ति निर्माण गरिने लक्ष्य रहेको बताए । प्रतिव्यक्ति ५ हजार आजीवन सदस्य शुल्क राखिएको सो प्रतिष्ठानमा हालसम्म ६५८ सदस्य आबद्ध भएका छन् ।

मूर्ति निर्माणार्थ पोखरा महानगरपालिका–९ एयरपोर्टको उपल्लो प्रवेशद्वारसँगै सडक किनारामा प्रतिष्ठानको आयोजना एवं नागढुंगा आमा समूह एवं एयरपोर्ट टोल विकास संस्थाको व्यवस्थापनमा श्रीमद्भागवत विराट ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । यही पुस २५ देखि माघ ४ गतेसम्म सञ्चालन हुने महायज्ञको मंगलवार चौथो दिनसम्म १८ किलो धातुसहित ३ लाख ५० हजार नगद संकलन भएको नागढुंगा आमा समूहका अध्यक्ष लक्ष्मी गिरीले जानकारी दिए ।

महायज्ञमा पण्डित बालकृष्ण अर्यालको प्रमुख बाचकत्वमा शिव महिमासहित शिव र पार्वतीको सचित्र नृत्य प्रस्तुत गरिएको एयरपोर्ट टोल विकास संस्थाका अध्यक्ष सावित्री घिमिरेले जानकारी दिए । प्राकृतिक सभ्यता र संस्कृति बोकेको कालीगण्डकीसहित विभिन्न सात नदीको संगमस्थल ऋषिमुनिको तपोभूमिका रुपमा परिचित देवघाटधामका बारेमा स्कन्दपुराण, हिमवत्खण्ड, बराहपुराण एवं पद्यपुराणमा महत्त्वका साथ व्याख्या गरिएको छ । – हरि बाँस्तोला/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x