×

NMB BANK
NIC ASIA

'छपाक' र 'तान्हाजी'को कमाइमा भिन्नता : मोदी शासनमा विभाजित भारतको तस्वीर

पुस २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गत साता सार्वजनिक भएका दुईवटा हिन्दी फिल्महरू छपाक र तान्हाजीबीच कमाइको विषयमा भइरहेको प्रतिस्पर्धा बलिउडबाट पर गएर राजनीतिक वृत्तमा पुगेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ल्याएका नीतिका विषयमा यसले वाग्युद्ध निम्त्याएको छ ।

Sagarmatha Cement
Muktinath Bank

अभिनेता, निर्देशक तथा निर्माता अजय देवगणको ‘तान्हाजी : दी अन्सङ वारियर’ र अभिनेत्री तथा निर्मात्री दीपिका पादुकोणको ‘छपाक’ नितान्त भिन्न चलचित्र हुन् । तर शुक्रवार रिलिज भएयता यी दुवैले विचारधारात्मक रूपमा दर्शकहरूलाई विभाजित गरेको देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी दुई फिल्मबीचको संघर्षलाई उजागर गर्दै सत्तारूढ भारतीय जनता पार्टीका कार्यकर्ताले तान्हाजीका टिकट किनेर सित्तैमा बाँडिरहेका छन् । तान्हाजी मध्यकालका हिन्दू योद्धाको कथा हो । अनि ठाउँठाउँमा विपक्षी कांग्रेस पार्टीका सदस्यहरूले चाहिँ छपाकको टिकट बाँडिरहेका छन् । छपाक चाहिँ एसिड आक्रमणमा परेकी महिला लक्ष्मी अग्रवालको कथा हो । 


Advertisment
Nabil box
Kumari

भाजपाका कैयौं नेताहरूले छपाक बहिष्कार गर्न आह्वान गरेका छन् भने कांग्रेसले शासन गरेका राज्य मध्य प्रदेश, छत्तीसगढ र राजस्थानमा यस फिल्मलाई करछुट दिइएको छ । 

Vianet communication
Laxmi Bank

यी दुवै फिल्मले गरेको कमाइले पनि उनीहरूको संघर्षलाई बढी उजागर गरेको छ । तान्हाजीले राम्रो प्रतिक्रिया पाउँदै सप्ताहान्तमा ६१.७५ करोड भारु कमायो भने छपाकले त्यही अवधिमा १९.०२ करोड भारु मात्र कमाउन सक्यो । 

तर यी दुई फिल्मलाई उही दर्जामा राखेर हेर्न मिल्दैन । तान्हाजी ठूलो बजेटको ऐतिहासिक फिल्म हो र यसले सत्रौं शताब्दीका मराठी सैन्य नेता तानाजी मालुसारेको कथा भन्छ । उनले मुसलमान शासक औरंगजेबको शासनकालमा मुगलहरूका विरुद्ध लडाइँ गरेका थिए । छपाक भने कम बजेटको फिल्म हो र यसले भारतमा महिलाहरूविरुद्ध गरिने एसिड आक्रमणको जल्दोबल्दो विषयलाई उठाएको छ र बलियो सामाजिक सन्देश दिने कोशिश गरेको छ । 

यी दुई फिल्मबीच निकै भिन्नता भए पनि यिनीहरू भव्य द्वन्द्व गरिरहेका छन् । छपाक रिलिज हुनुभन्दा दुई दिनअघि दीपिकाले जवाहरलाल नेहरु विश्वविद्यालय गएर प्रहरीको कुटपिटको शिकार बनेका विद्यार्थीसँग एक्यबद्धता प्रकट गरिन् । 

उक्त विश्वविद्यालय लामो समयदेखि वामपन्थी राजनीतिको अखडा हो र विद्यार्थीहरूले मोदी सरकारका नीतिको विरोध केही समययता गर्दै आएका छन् । हालै नागरिकता कानूनमा गरिएका संशोधन र विश्वविद्यालयमा शुल्कवृद्धि गरिएकोमा उनीहरूले विरोध गरिरहेका छन् । 

दीपिका विद्यार्थीहरूको विरोधसभामा पुगेपछि मोदी समर्थकहरूले हल्लाखल्ला मच्चाउन थाले । दीपिकाले फिल्मको व्यापार बढाउनका लागि सस्तो पब्लिसिटी स्टन्ट गरेको आरोप उनीहरूले लगाए अनि जेएनयूका विखण्डनकारीहरू तत्त्वको समर्थन गरेको भन्दै उनको फिल्मको बहिष्कार गर्न समेत आह्वान गरे । 

तान्हाजीको तुलनामा छपाकले राम्रो व्यापार नगरेपछि सोमवारसम्ममा दीपिकालाई व्यंग्य गर्दै मोदीसमर्थकहरूले सामाजिक सञ्जाल रंगाएका छन् । 

दीपिकालाई आलोचना गर्नेहरूले उनको फिल्मको पूर्ण बहिष्कार गरेका छन् र तान्हाजीलाई खुलमखुला समर्थन गरेका छन् किनकि देवगणको फिल्ममा राष्ट्रवादको विषयवस्तु छ र यसले देशमा रहेका विखण्डनकारी शक्तिहरूका विरुद्ध बनेको राष्ट्रिय भावलाई प्रतिबिम्बित गर्छ भनिएको छ । यस फिल्मको सफलतालाई उनीहरूले राष्ट्रिय गौरव र देशभक्तिले भरिएको मोदी सरकारको सफलताको प्रमाणका रूपमा प्रस्तुत गरेका छन् ।

‘यो बक्स अफिसमा तान्हाजी र छपाकको मात्र कुरा रहेन, यो भारतपक्षधर र भारतविरोधीको कुरा हो । सन्देश चर्को र स्पष्ट छ भन्ने आशा छ,’ सरकारसमर्थक गुञ्जन मेहताले ट्वीट गरे । अन्यले चाहिँ छपाक व्यापारिक रूपमा विफल फिल्म भएको बताए । रिलिज भएको दिन पटनाको एक सिनेमाघरमा जम्मा तीनजना यो फिल्म हेर्न गएको दाबी उनीहरूले गरे । 

फिल्म विश्लेषकहरूले तान्हाजीको सफलताबाट राष्ट्रवादी फिलमहरूलाई दर्शकले रुचाउन थालेको बताएका छन् । उनीहरूले पोहोर साल आएको फिल्म उरीको सफलतालाई पनि उद्धृत गर्ने गरेका छन् । सन् २०१६ मा भारतीय सेनाले पाकिस्तानको बालाकोटमा रहेको आतंकवादी शिविरमा गरेको सर्जिकल स्ट्राइकको कथामा बनेको त्यस फिल्ममा विकी कौशल प्रमुख भूमिकामा थिए । 

तान्हाजीका निर्देशक ओम राउत पनि देशमा अहिले गर्व र देशभक्तिको माहोल रहेको अनुभव गर्छन् । 

‘भारतीय हुनुको अनि देशभक्तिको निकै बलियो भाव बनिरहेको छ,’ उनले भने । ‘माहोल नै त्यस्तै छ । चलचित्र र चलचित्रकर्मीहरू समाजलाई प्रतिबिम्बित मात्र गर्छन् र समाजका एक अंग न हुन् ।’

तर छपाकलाई असफल फिल्म भन्न मिल्दैन । फिल्मको व्यापार विश्लेषण गर्नेहरूले तान्हाजीको तुलनामा यसले कम व्यापार गरेको भए पनि यसको बजेट नै सानो भएको बताएका छन् । 

उनीहरूका अनुसार, छपाक सानो बजेटमा बनाइएको हो अनि दीपिका र निर्देशक मेघना गुलजार दुवैजना यसका सहनिर्मात्री हुन् । यसमा दीपिका बाहेक अन्य कुनै पनि सुपरस्टार नभए पनि यसले लागत खर्च उठाउन सक्छ अनि पहिलो हप्ता सकिँदासम्म नाफा नै कमाउन सक्छ । 

तर त्यतिन्जेलसम्म हिन्दू वीरता र गर्वप्रति श्रद्धाभाव प्रकट गर्ने तान्हाजी ब्लकबस्टर बनिसक्छ । त्यसले भारतीय फिल्म उद्योगभित्र र बाहिर रहेका मोदी समर्थकहरूलाई खुशी बनाउनेछ ।

आरटीमा प्रकाशित विश्लेषण

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x